Main Menu

Wednesday, September 5th, 2018

 

नेपालकै अग्लो मनाङको झोलुङ्गे पुल

भदाै २०, मनाङ मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ । केही दिनअघि नाशोङ गाउँपालिकाका इञ्जिनीयर सुभास पाण्डेयलगायतका टोलीले नाप जाँच गरेपछि पुलको वास्तविक उचाइ पत्ता लागेको हो । चार वर्षअघि नै पुल निर्माण गरिए पनि यसको वास्तविक उचाइ सार्वजनिक भएको थिएन । विसं २०७२ मा निर्माण भएको यस पुल विश्वकै पाँचौं नम्बरमा पर्छ । हालसम्म विश्वको तथ्याङ्क हेर्दा सबैभन्दा अग्लो पुल चीनमा छ । चीनको डुङ्ग्रेपूरा पढ्नुहोस्


दुई किलो सुन बरामद

भदाै २०, चितवन नारायणगढ बजारबाट मङ्गलबार बरामद गरिएको सुन, चाँदी, नगदसहित पक्राउ परेका व्यक्तिलाई आज यहाँ सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरी दुई किलो ७६ ग्राम सुन, चार किलो ६१७ ग्राम चाँदी र रु १२ लाख नगद सार्वजनिक गरेको हो । पक्राउ परेका नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलका सञ्चालक भारत महाराष्ट्र घर भएका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिललाई सार्वजनिक गरिएको हो । सो अवसरमा प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले प्रहरीको ३ नं प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले सुराकीको आधारमा खोजतलास गर्दा उक्त परिमाणको सुन, चाँदी र नगद बरामद गरिएकोपूरा पढ्नुहोस्


त्रिविका केन्द्रीय विभाग स्वायत्त बनाउन सुझाव

भदाै २०, काठमाडौँ उच्चशिक्षा सुधार परियोजना कार्यान्वयन परिषद्ले त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरुलाई स्वायत्त बनाउन सुझाव दिएको छ । त्रिवि स्वायत्ततासम्बन्धी नियम, २०६२ (संशोधन) लाई संशोधन गर्न गठित संशोधन प्रस्ताव मस्यौदा समितिले त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियासमक्ष आज संशोधन प्रस्तावको मस्यौदा पेश गरेको हो । संशोधन प्रस्ताव मस्यौदा तयारी समितिका संयोजक एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा डा रामप्रसाद खतिवडाले उपकुलपति प्रा डा खनियासमक्ष उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभयो । समितिमा जनप्रशासन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा टेकनाथ ढकाल, भूगर्भशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा लालुप्रसाद पौडेल, अङ्ग्रेजी केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा अम्मराज जोशी, पाटनपूरा पढ्नुहोस्


सजिवन खेर जाँदै

भदाै २०, कञ्चनपुर डिजेल उत्पादन गर्न प्रयोग गरिँदै आएको सजिवन वनमा खेर जान थालेको छ । शुक्लाफाँटा नगरपालिका–११ श्रीकृष्ण र वसन्त सामुदायिक वनमा रोपिएको सजिवन प्रशोधनबारे जानकारी नहुँदा खेर जान थालेको हो । सजिवन फल डिजेल उत्पादनका लागि ‘क्रिष्टल वायो इनर्जी नेपाल’ कम्पनीसँगको साझेदारीमा सात वर्षअघि ती सामुदायिक वनमा रोपिएको हो । सजिवन उपयोगमा आउन नसक्दा वनमै खेर गएको वसन्त सामुदायिक वनका पूर्वअध्यक्ष टेकबहादुर भण्डारीले बताउनुभयो । सजिवन फल प्रशोधन गरी उत्पादन हुने डिजेल बिक्री गरेर २५ प्रतिशत आम्दानी कम्पनीले र बाँकी ७५ प्रतिशत सामुदायिक वनले लिने सम्झौता भएको थियो । “कम्पनीकै सल्लाहमा वनमा सजिवन रोपियो । अहिले कम्पनीका कर्मचारीपूरा पढ्नुहोस्


प्रविधिमैत्री स्थानीय निकाय

भदाै २०, तुलसीपुर यहाँका स्थानीय तह प्रविधिमैत्री बन्दै गएका छन् । पहिले कागजी रूपले कामकाज हुने गरे पनि पछिल्लो समय स्थानीय निकायका प्रतिनिधिले प्रविधिको उपयोग गरी काम गर्न थालेका छन् । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले प्रविधिमैत्री सेवा थालेका छन् । नागरिकलाई सरल, सहज र छिटो छरितो तरिकाले सेवा दिने भन्दै स्थानीय तहले वडास्तरबाटै अनलाइनमार्फत एकीकृत सम्पत्ति कर सङ्कलनदेखि अन्य सेवा दिन थालेका छन् । सामाजिक सुरक्षा भत्ता, जग्गा तथा अन्य राजश्व सङ्कलन, पञ्जिकरणलगायत काम अनलाइनमार्फत गर्न थालिएको छ । स्थानीय तहले कर्मचारीलाई प्रविधिमैत्री सेवा दिन तालिम प्रदान गरेका छन् । सेवालाई कागजरहित बनाउन धेरैजसो वडामा इन्टरनेटदेखि विद्युतीयपूरा पढ्नुहोस्


सुत्केरीको मृत्युपछि तनाव

भदाै २०,पाँचथर सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान सेलिङको आइतबार स्वास्थ्यचौकीमा मृत्यु भएको थियो । मृतकका आफन्त सन्तोष सेलिङका अनुसार सुत्केरीलाई यही भदौ १५ गते स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले समयमै उपचारमा ध्यान नदिएपछि उनको मृत्यु भएको आफन्तको आरोप छ । स्वास्थ्यकर्मीले भने थप उपचारका लागि फिदिम ल्याउने क्रममा मृत्यु भएको दाबी गरेका छन् । मृतकका श्रीमान समीर सेलिङले स्वास्थ्यचौकी इन्चार्ज जेतबहादुर शाहीपूरा पढ्नुहोस्


पर्यटकीय गन्तव्य बन्दै दुरलेक

भदाै २०, बेनी मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने हुँदा त्यहाँ पुग्ने जो कसैको मन लोभिन्छ । समुद्री सतहदेखि तीन हजार छ मिटरभन्दा बढी उचाइमा रहेको दुरलेक डाँडो अथाह पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको छ । दुरलेकले बागलुङको ताराखोला, रनसिङकिटेनी, पाण्डपखानी, बुङ्गादोभान र तमानको सीमा क्षेत्रलाई समेटेको छ । अग्लो डाँडो दुरलेकबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे चुरेनलगायतका हिमशृङ्खलासँगै म्याग्दी र बागलुङका विभिन्न गाउँबस्तीको अवलोकन गर्न सकिन्छ । यहाँ आन्तरिक पर्यटक बाक्लै रुपमा आउन थालेको रुमका वडाध्यक्ष नरबहादुर पुन बताउनुहुन्छ । “प्रचारप्रसारको अभावमा दुरलेक ओझेलमा परेको छ, पर्यटकीय दृष्टिकोणलेपूरा पढ्नुहोस्


बलात्कारीलाई बाह्र वर्ष जेल

भदाै २०, गाईघाट, उदयपुर जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीपछि कार्की पक्राउ परेका थिए । यस्तै जिल्ला अदालतले सोमबार बालिका बलात्कारको अभियोगमा ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायका साथै रु ३० हजार जरिवानाको फैसलासमेत गरेको छ ।


दुई सय महिला तथा बालबालिकाको उद्धार

भदाै २०, बैतडी पछिल्लो तीन वर्षमा नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका इन्चार्ज, प्रहरी नायब निरीक्षक उमेशकुमार पालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२\७३ मा २३ महिला तथा २७ बालबालिकासहित ६० जनाको उद्धार गरिएको थियो । आव २०७३\७४ मा २४ महिला र ४० बालबालिसहित ७३ जनाको उद्धार गरिएको थियो । आव २०७४\७५ मा ७० बालबालिका तथा १७ महिलासहित ८७ जनाको उद्धार गरिएको पालले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण बालबालिका विद्यालय छोडेर रोजगारीका लागि भारत जाने गरेकापूरा पढ्नुहोस्


विचार/विश्लेषण

बैशाखीमा उभिएको नेपाली समालोचना

‘पहेँलो घाम’ बजारमा आएको पाँच महिना भएको थियो । फागुन महिनाको बिहानै एकजना साहित्यकार मित्रको फोन आयो । मैले हेलो भन्न नपाउँदै उनले भने– ‘था पाउनु भो, आजको कोशेलीमा फलानोले नराम्रोसँग ठोकेछ नि !’ उनले त्यसो भन्दा म झस्किएँ । भर्खरै आएको पत्रिका उठाएर हेरेँ । तर त्यहाँ उनले भनेजस्तो थिएन । दुईपटक दोहोर्याएर पढ्दा पनि त्यहाँ समीक्षा मात्र भेटेँ मैले । यो एउटा प्रतिनिधि घटना हो । यस्ता घटना प्रायः घटिरहन्छन् बजारमा । कसैले कसैको सामान्य आलोचना ग¥यो कि काठमाडौं मात्र हैन मोफसलको साहित्यिक माहोल पनि एक्कासी गरम हुन्छ । अनि केही दिन चियागफका लागि गतिलो मसला तयार हुन्छपूरा पढ्नुहोस्