Main Menu

Sunday, September 16th, 2018

 

जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

भदाै ३१, जाजरकोट यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय राखेर काम गर्दै आएको वर्ष दिन बित्यो । उता लिम्सामा सम्पर्क कार्यालय भए पनि सबै काम सदरमुकामबाटै हुने गरेको छ । गाउँपालिकाका लेखापाल राजबहादुर सिंहको घरमा एक वर्षअघि देखि कार्यालय सञ्चालन हुँदै आएको छ । त्यस्तै कुशेगाउँपालिकाको कार्यालय पनि सदरमुकाममै छ । यो गाउँपालिकाको काम पनि सदरमुकाममै हुने गरेको छ । कुशेगाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीको सदरमुकामको घरमा कार्यालय सञ्चालन हुँदै आएको हो । गाउँमा पनि सम्पर्क कार्यालयपूरा पढ्नुहोस्


बेसहारा तीन भाइले पढ्न पाए

भदाै ३१, पाल्पा अभिभावक गुमाएका एकै घरका तीन दाजुभाइले रैनादेवी छहरा गाउँपालिका–४ को सहयोगमा विद्यालय गएर पढन पाएका छन् । उनीहरुलाई स्थानीय सल्लेरी प्राविमा शिशु कक्षामा भर्ना गरिएको छ । रैनादेवी छहरा गाउँपालिका–४ बिसानाका १० वर्षीय सुशील बिटालु, ८ वर्षीय सुसान बिटालु र ६ वर्षीय विशाल बिटालु आमाबुबाको मृत्यु भइ टहुरो भएपछि पढ्नबाट वञ्चित थिए । वडा कार्यालयले शैक्षिक सामग्री कलम, कापी, झोला, स्कूल पोशाक सहयोग गरी विद्यालयमा भर्ना गरेको हो । उनीहरु तीनै जनाको जन्मदर्ता भएको छैन । पहिलो पटक विद्यालयमा अन्य साथीहरुसँग पढ्न पाएपछि उनीहरु खुशी देखिन्छन् । उनीहरु सात भाइमध्ये तीन भाइले बुटवलमा जुत्ता सिलाउने र एउटापूरा पढ्नुहोस्


बृहत् गुरुयोजनाको खाका तयार

भदाै ३१, गाईघाट उदयपुर जिल्लाको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको धार्मिक तीर्थस्थल रौता पोखरीलगायतका अन्य क्षेत्रको धार्मिक र पर्यटकीयस्थलका रुपमा विज्ञ र इञ्जिनियरको अध्ययनबाट दिर्घकालीन विकास गर्न रु १५ करोडको योजना प्रस्तुत भएको छ । सो गुरुयोजना सञ्चालनका लागि शनिबार रौतामाई गाउँपालिकाको मुर्कुची बजारमा एक कार्यक्रमबीच योजनाको खाका विज्ञसहितका टोली र गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले प्रस्तुत गर्नुभयो । रौतामाईको धार्मिक तीर्थस्थल रौतापोखरीमा धार्मिक र पर्यटकीयस्थलका रुपमा विकास गर्न होटल, गेष्ट हाउस, भ्यू टावर, सवारी पार्किङस्थलसम्मको योजनाको खाका तयारी गरी विज्ञ डा प्रेम शर्माले प्रस्तुत गर्नुभएको हो । रौताको रौतामाई पोखरीदेखि ओडारे झर्ना, माझखर्क क्षेत्रको स्थान महत्वपूर्ण धार्मिक तथा पर्यटककीयस्थल रहेकापूरा पढ्नुहोस्


अवैध मदिरा नष्ट

भदाै ३१, सुर्खेत अवैध घरेलु मदिरा उत्पादनका लागि राखेको दुई हजार लिटर कच्चा पदार्थ सुर्खेत प्रहरीले शनिबार नष्ट गरेको छ । स्थानीय प्रतिनिधि, पत्रकारलगायत यहाँका सम्पूर्ण सरोकारवालाको रोहवरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई हजार लिटर मदिरा बनाउन राखिएको कच्चा पदार्थ नष्ट गरेको हो । आठ थान भाँडावर्तनसहित तयारी अवस्थामा राखिएको ३५० लिटर अवैध घरेलु मदिरा पनि नष्ट गरिएको जिप्रका सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । तीज पर्वलाई अवसर पारेर प्रहरीले शुरु गरेको ‘अवैध मदिरा खोजतलास तथा नष्ट अभियान’ अन्तर्गत प्रहरीले यो अभियान थालेको हो । “अवैध घरेलु मदिरा उत्पादन विगतभन्दा निकै नियन्त्रण आएको छ,” प्रवक्ता चौधरीलेपूरा पढ्नुहोस्


घुम्ती शिविर

भदाै ३१, दमौली जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा दिने उद्देश्यसहित शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा शनिबार शिविर आयोजना गरेको छ । शिविरमा ८९ जना सेवाग्राहीलाई नागरिकता वितरण गरिएको प्रजिअ भरतकुमार शर्माले जानकारी दिनुभयो । शिविरमा पूर्ण अपाङ्गता भएका १८ वर्षीय आशिष ढकालले समेत नागरिकता बनाएका थिए । सो अवसरमा ९७ सेवाग्राहीले मतदाता परिचयपत्र बनाएका , ८८ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले जनतालाई घरदैलोमा नै सेवा दिने उद्देश्यले प्रशासनले गरेको कार्य सराहनीय भएको बताउनुभयो । प्रशासनले दुर्गम स्थानलाई प्राथमिकता दिँदै नागरिकता प्रमाणपत्र, राहदानी, बजार अनुगमन एवं अन्य सेवा लिँदा पुर्याउनुपर्ने प्रक्रिया र कागजातकोपूरा पढ्नुहोस्


क्रसर बन्दले तामाकोशीेको काम अलपत्र

भदाै ३१, दोलखा दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित सिङ्गटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा पुनः निमार्णको काम अलपत्र परेको छ । क्रसर बन्दले राष्ट्रिय गौरवको आयोजना तामाकोशीेको कामसमेत अलपत्र परेको हो । कालीञ्चोक गाउँपालिका–४ बाट एक्कासि बन्द गर्न पत्रचार भएपछि ठेकेदारले क्रसर बन्द गरेका कारण माथिल्लो तामाकोशीका काम, दोलखा सिङ्गटी सडक निर्माण, भूकम्प पीडितको आवास निर्माण र एडिबीबाट दर्जनौँको सङ्ख्यामा विद्यालय निर्माण भइरहेका काम अलपत्र परेका हुन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको काम गरिरहेको सिनोहाइड्रो कम्पनीको सब कन्ट्र्याक्टरको क्रसर बन्द गराएपछि राष्ट्रिय गौरवका आयोजनाको काम ठप्प हुने भएको छ । मन्त्रिपरिषद्ले गरेका निर्णयको अवज्ञा नर्गनपूरा पढ्नुहोस्


उपमहानगरपालिकाले कर घटाउने सहमति

भदाै ३१, जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिकाले वृद्धि गरेका कर घटाउने सहमति भएको छ । नेपाली काङ्गे्रस नगर समिति, उद्योग वाणिज्य सङ्घ र उपहमहानगरपालिकाका पदाधिकारीबीच शनिबार भएको छलफलबाट सो सहमति भएको हो । उपमहानगरपालिकाद्वारा नयाँ शीर्षकमा सरसफाइ कर, पार्किङ शुल्क कर, सम्पत्ति र घर कर वृद्धि गरेको भन्दै नेपाली काङ्गे्रस नगर समिति भदौ ७ गतेदेखि आन्दोलन गर्दै आएको थियो । उपमहानगरपालिका र नेपाली काङ्गे्रस नगर समितिबीच भएको सहमतिअनुसार वृद्धि गरिएका करको अध्ययन गरी संशोधनको प्रक्रिया अगाडि बढाइने जनाइएको छ । नगर समितिका सभापति मनोज साहले उपमहानगरपालिकाको आर्थिक ऐन, २०७५ ले निर्धारण गरेका कर, गैरकर तथा सेवा शुल्कका दरमा संशोधन प्रयोजनका लागि यथाशीघ्रपूरा पढ्नुहोस्