Main Menu

Monday, September 17th, 2018

 

रेडक्रसको साझेदारी बैठक शुरु

असोज १, काठमाडौँ बद्लिँदो अवस्थामा मानवीय सेवाका गतिविधिलाई अझै प्रभावकारीरुपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न नेपाल रेडक्रस सोसाइटीको साझेदारी बैठक यहाँ शुरु भएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ र अन्तर्राष्ट्रिय समितिसहितको दुईदिने बैठकमा नेपाल सरकार, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयसहित विभिन्न २० देशका रेडक्रस तथा रेडक्रिसेण्टका उच्च प्रतिनिधिको सहभागिता छ । दुई दिने सो बैठकमा नेपाल रेडक्रसले कार्यान्वयन गरिराखेको सातौँ योजना (२०१६–२०२०), अति सङ्कटापन्न जनताको सामाजिक जीवनस्तर कसरी माथि उठाउने, सबै किसिमका विपद्लाई कसरी सम्बोधन गर्ने, विपद् सम्बोधनका क्रममा अन्तर्राष्ट्रिय अनुभव, विश्वव्यापी मानवीय सेवाको अवस्था, रेडक्रसकर्मीको क्षमता सुदृढीकरणलगायतका क्षेत्रमा छलफल हुनेछ । विसं २०७२ वैशाखको विनाशकारी भूकम्प एवंपूरा पढ्नुहोस्


अपराधी जुनसुकै ओहोदाको भए पनि कारवाही हुन्छःप्रम

असोज १, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गर्नुभएको छ । घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका निर्मलाका बुबाआमासहित प्रदेश नं ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भए पनि दोषी उम्कन सक्दैन भन्नुभयो । उहाँले घटना मानवतामाथिकै कलङ्क र जघन्य अपराधको भएकाले कडाइका साथ छानबिन र निर्ममताका साथ कारवाही गर्न आफूले शुरुदेखि गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउँदै जिल्लास्थित तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि सन्दिग्धपूरा पढ्नुहोस्


संविधानको विशेषता

असोज १, पोखरा एतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतासहितको संविधान जनताका हक अधिकार र संरक्षणको प्रमुख माध्यम भएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी भएको संविधानमा सङ्घीय लोकतान्त्रिक मूल संरचनामा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको व्यवस्था गरिएको छ । विसं २००७ मा राणाशासनको अन्त्यपछि घोषणा गरिएको प्रजातन्त्रमै नेपाली जनताले संविधानसभामार्फत आफ्ना लागि आफैंले संविधान बनाउने आकाङ्क्षा उक्त संविधान जारीभएसँगै पूरा भएकाले अब समृद्ध नेपाल निर्माणमा मूर्तरुप दिन नेपाली जनता जुटेका छन् । यो अवधिमा संविधानमार्फत् स्थानीय तह, प्रदेश र संसद्को निर्वाचन भइसकेको छ । प्रधानमन्त्रीको चयन, राष्ट्रियसभाको निर्वाचनका साथै राष्ट्रपति र उपराष्ट्रपतिकोपूरा पढ्नुहोस्


पुनःनिर्माणमा थप रु छ खर्ब आवश्यक

असोज १, काठमाडौँ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाको बाँकी काम सम्पन्न गर्न थप रु छ खर्ब लाग्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग आइतबार छलफल गर्नुहुँदै ज्ञवालीले चालू आर्थिक वर्ष सम्ममा पुनःनिर्माणमा रु तीन खर्ब ३६ अर्ब खर्च हुने भएकाले आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको बताउनुभयो । प्राधिकरणले पुनःनिर्माणमा पहिलो वर्ष रु २२ अर्ब, दोस्रो वर्ष रु ४९ अर्ब र तेस्रो वर्ष रु एक खर्ब १४ अर्ब खर्च गरेको थियो । पुनःनिर्माणका लागि चालू आवमा रु एक खर्ब ५१ अर्ब विनियोजन गरिएकोपूरा पढ्नुहोस्


डोकोसँगको जिवन

असोज १, बलेवा, बागलुङ बागलुङ नगरपालिकाको तित्याङकी ५५ वर्षीय लक्ष्मी किसानको दैनिकी डोकोमा तरकारी बोकेर बजार झरेपछि शुरु हुन्छ । यो दैनिकी उनले २५ वर्षदेखि गरिरहेकी छन् । बिहान र बेलुकी गरी कम्तीमा दुई डोका तरकारी लिएर बजारमा पुग्ने किसानले साहुको पैसा बुझाएर आउने नाफाबाट जीवन धानिरहेकी छन् । बिहान उज्यालो हुँदानहुँदै बागलुङ बजार पुगेर तरकारी पसल, होटल तथा व्यक्तिका घरघरमा तरकारी बेच्छिन् उनी । बिहानको खेप ८ बजेभित्र सकेपछि उनी फर्केर घरको काम भ्याउँछिन् । दिउँसो २ बजेपछि फेरि दोस्रो खेप तरकारी तयार हुन्छ । त्यो सकेपछि बेलुकी घरको नियमित काममा लाग्नुपर्छ उनलाई । यस्तै काम गरेर उनले चारपूरा पढ्नुहोस्


कट्बारी पर्वमा रमाउँदै थारु समुदाय

अासोज १, भीमदत्तनगर धार्मिक एवं सांस्कृतिक महत्व बोकेको थारु समुदायको अट्बारी पर्व पश्चिम नेपालका थारु समुदायले धुमधामका साथ मनाउँदै छन् । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात् श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबारलाई अट्बारी व्रत बस्ने परम्पराअनुसार थारु समुदायले अट्बारी पर्व मनाइरहेका हुन् । दुई दिनसम्म मनाइने अट्बारी पर्वमा हिन्दू महिलाको महान् चाड हरितालिका तीज पछिको शनिबार मध्यरातिमा दर (भिन्सर्या) खाएर थारू समुदायको विधिवतरूपमा पर्वको शुरुवात हुने गरेको छ । अट्बारी पर्व मनाउनेबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको भीमदत्तनगरपालिका–१८ भगतपुरका बेदप्रकाश चौधरीले बताउनुभयो । द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथिपूरा पढ्नुहोस्


दक्षिण एशियामा बढ्दो फासिवादको विरोध गरौं—विद्वत वर्ग

असोज  १, काठमाडौं भारतमा गत भदौ १२ गते महाराष्ट्र राज्यको भाजपा सरकारले एक्कासी अगुवा बौद्विक एवं अधिकारकर्मीहरुको गिरफ्तार गरेर भारतभरिका वामपन्थी लेखक, पत्रकार, साहित्यकार, प्राध्यापक एवं आम बौद्धिक वर्गलाई नै आतङ्कित पार्ने प्रयासले दक्षिण एशियामा उग्रदक्षिणपन्थले खतरनाक फासिवादी चरित्र धारण गरेको हिजो भदौ ३१ गते काठमाडौंमा भएको एक अन्तर्क्रिया कार्यक्रममा निष्कर्ष निकालियो । ‘साम्राज्यवादविरोधी मोर्चा’ ले आयोजना गरेको उक्त अन्तर्क्रियामा लेखक, पत्रकार, अधिकारकर्मी, साहित्यकार, प्राध्यापक एवं अन्य आम बौद्विक वर्गको उपस्थिति रहेको थियो । अन्तर्क्रियामा बोल्दै लेखक एवं वाम अभियन्ता हरि रोकाले अहिले भारतमा ‘शहरीया नक्सल’को बिल्ला लगाई घरघरबाट घिसारेर पक्राउ गरिएका भारतीय अधिकारकर्मी बौद्धिकहरुसँग सन् २००१ देखि नै आफ्नोपूरा पढ्नुहोस्


प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ

असोज १, कञ्चनपुर प्रतिबन्धित गरिएको भारतीय नोटसहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टे नालाबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंहलाई प्रहरीले भारतीय प्रतिबन्धित गरिएको नोटसहित गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो । पक्राउ परेका भारतीय नागरिक सिंहलाई जाँच गर्दा भारतीय प्रतिबन्धित गरिएको रु ५०० दरको नोट रु दुई लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखी आवश्यक अनुसन्धानको कार्य भइरहेको छ । सिंह नक्कली नोटको कारोवारमा समेत संलग्न रहँदै आएको बताइएको छपूरा पढ्नुहोस्


रघुगङ्गा जलविद्युत् आयोजना निर्माण शुरु

असोज १, म्याग्दी चालिस मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजना निर्माणका लागि रु छ अर्बमा २०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्शले प्रारम्भिक चरणको काम शुरु गरेको हो । ठेकेदार कम्पनीले नक्साङ्कन (डिजाइन)को काम सकेर बाँध, सुरुङसम्म पुग्ने सडक निर्माण र व्यवस्थापकीय काम शुरु गरेको रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार मनसुन सकिएलगत्तै बाँध, सुरुङ र विद्युत्गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको ठेकेदारले पूर्वतयारीको कामलाई तीव्रता दिएको छ । प्रवेशबिन्दु घुमाउनेतालदेखि पिप्लेतर्फपूरा पढ्नुहोस्