Monday, September 24th, 2018
तेजाब आक्रमणबाट घाइते सम्झनाको मृत्यु
असोज ८, काठमाडौँ तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–६ जादवलाल दासका दुई छोरी सम्झना र सुस्मिता दासमाथि गत भदौ २६ गते राति एशिड आक्रमण भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करीब ५० वर्षीय स्थानीयवासी रामबाबु पासवानले उनीहरुमाथि राति घरमा सुतिरहेको बेला एशिड प्रहार गरेका थिए । तेजाबले सम्झनाको अनुहारसहित शरीरको अधिकांश भाग जलेको थियो । उनकी बहिनी सुस्मिताको अवस्था भने खतरामुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सककापूरा पढ्नुहोस्
विमानस्थल निर्माणमा ७७ करोडको योजना
असोज ८, प्यूठान प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि रु ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्याङ्कन गरी यसबारे स्थानीयवासीलाई जानकारी गराएको हो । स्वर्गद्वारी आन्तरिक विमानस्थलको आयोजनाको वातावरणीय प्रमाव मूल्याङ्कन अध्ययनसहित कूल बजेटबारे सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । स्वर्गद्वारी नगरपालिकाको बर्जिवाङ चाल्नेटारमा निर्माण हुन लागेको विमानस्थल करीब ६०.७९ हेक्टर क्षेत्रफल ओगटेको छ । आयोजना निर्माणले चाल्नेटारका १२ र माथिल्लो दमारका दुई गरी १४ घरधुरीमा प्रभाव पर्नेसहित १३ घरधुरीका १०७ जना विस्थापित हुनुपर्ने मूल्याङ्कनमा समेटिएको छ । आयोजना निर्माणका क्रममा ५५.१८ हेक्टरपूरा पढ्नुहोस्
कम्पोष्ट मल बनाउने केन्द्र उद्घाटन
असोज ८, भक्तपुर प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले हिजो मध्यपुरथिमि नगरपालिकाले उत्पादन गरेको जापानीज प्रविधिबाट फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने केन्द्रको उद्घाटन गर्नुभएको छ । मध्यपुरथिमि वडा नं ४ विष्णु कुण्डलमा निर्माण भएको केन्द्रको हिजो उहाँले उद्घाटन गर्दै यसलाई नमूनाको रुपमा विकास गर्ने बताउनुभयो । थिमिको एउटा वडाबाट शुरु गरेको भए पनि यो परियोजना सफल भएसँगै प्रदेशका सबै स्थानीय तहमा सञ्चालन गरी प्रदेश नं ३ लाई अर्गानिक कृषि फार्मका रुपमा विकास गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रासायनिक मलको अभाव भइरहने र यसले क्षणिक उत्पादन बढाए पनि माटो क्षयीकरण गर्दै लामो समय असर पार्ने भएकाले प्रत्येक वडामापूरा पढ्नुहोस्