Main Menu

Thursday, September 13th, 2018

 

प्रतिनिधिसभा बैठकःथप दुई प्रतिवेदन पेश

भदाै २८, काठमाडौँ प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा मौलिक हक सम्बन्धमा व्यवस्था गर्न बनेको थप दुई विधेयकसम्बन्धी सम्बन्धित समितिको प्रतिवेदन पेश भएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा समितिका ज्येष्ठ सदस्य सत्यनारायण शर्मा खनालले ‘खाद्य अधिकारसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ र ‘भूमि सम्बन्धित (सातौँ संशोधन) विधेयक सम्बन्धित समितिको प्रतिवेदन, २०७५’ पेश गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत ‘पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालीमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता, २०१७’ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । त्यसअघि मन्त्री पोखरेलले पारमाणविक शक्तिलाई रचनात्मक कामका लागि प्रयोग गर्ने लक्ष्यका साथ उक्त सम्झौतालाई सरकारलेपूरा पढ्नुहोस्


पाटा ‘ट्राभल मार्ट’ शुरुः नेपालसहित ७० देश सहभागी

भदाै २८, लांकावी, मलेशिया प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) ‘ट्राभल मार्ट’को ४१ औँ संस्करण मलेशियाको पर्यटकीय क्षेत्र लांकावीमा शुरु भएको छ । मलेशियाको पर्यटन मन्त्रालय तथा पाटा मुख्यालय आयोजक रहेको ‘पाटा ट्राभल मार्ट–२०१८’ मा नेपालसहित ७० देशका एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । सो मार्टमा २५२ बिक्रेता र २०० क्रेताको सहभागिता छ । सो कार्यक्रमको उद्घाटन गर्दै मलेशियाका उपप्रधानमन्त्री डा वान अजिजा स्माइलले पर्यटन क्षेत्रको विकासका लागि अन्तरदेशीय सहकार्य आवश्यक रहेको र त्यसका लागि मलेशियाले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो । यस मेलाले विश्वभरका पर्यटन व्यवसायीलाई एकै ठाउँमा जम्मा हुने अवसर दिलाएको उहाँको भनाइ थियो । मलेशियाका पर्यटन, कलापूरा पढ्नुहोस्


स्थानीय तहलाई कागजविहीन बनाउन ‘अफिस अटोमेशन प्रणाली’ ल्याइँदै

भदाै २८, काठमाडौँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कागजविहीन बनाउने काम शुरु गरेको छ । मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै कागजविहीन बनाउनका लागि ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा मन्त्रालयले उक्त प्रणाली ल्याउन थालिएको मन्त्रालयका सूचना प्रविधि शाखाका कम्प्युटर अधिकृत देवेन्द्र झाले जानकारी दिनुभयो । प्रणाली प्रयोगमा ल्याइसकेपछि स्थानीय तहका काम पूर्णतया डिजिटलमा जाने छन् । “सेवाग्राहीका कामको लागि मूल दर्तामा कुनै कागज ‘स्क्यानिङ’ गरिने छ” उहाँले भन्नुभयो, “अनि त्यही कागज नै अन्य शाखाका कम्प्युटरको माध्यमबाट पुर्याइ काम हुने छ ।” उहाँका अनुसार ‘अफिसपूरा पढ्नुहोस्


नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूनाःअध्यक्ष दाहाल

भदाै २८, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको बताउनुभएको छ । नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौँ आएको अफगानिस्तानको उच्च शान्ति परिषद्को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर विश्वलाई सकारात्मक सन्देश दिएको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियाबाट जनताले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीजस्ता उपलब्धि प्राप्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली जनताको राजनीतिक स्वतन्त्रताको आन्दोलन भएकाले जनयुद्धमा धेरै ठूलो जनताको सहभागिता भएको थियो । हामीले जनताको अधिकारको निम्ति भएको युद्धको नेतृत्व ग¥यौँ र धेरै हदसम्म जनताका अधिकार स्थापित गराउन सफलपूरा पढ्नुहोस्


विद्युत् चोर्ने तीन सय कारवाहीमा,२८ लाख राजश्व सङ्कलन

भदाै २८, चितवन नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गर्ने ३०२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा लगाइएको सिल तोड्ने कार्य गरेका उनीहरुलाई कारवाही गरेको हो । कारवाही गरिएका व्यक्तिबाट कार्यालयले रु २८ लाख २० हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार चुहावट नियन्त्रणका लागि कार्यालयले समय समयमा छड्के अनुगमन गर्ने गरेको छ । जसका कारण चुहावटमा समेत कमी आएको कार्यालयको दाबी छ । कार्यालयले दिएको जानकारीअनुसार अघिल्लो आवको तुलनामा गत आवमा विद्युत् चुहावटमा एक दशमलब १८ प्रतिशतले कमी आएकोपूरा पढ्नुहोस्


अस्पतालमा चिकित्सकको अभाव

भदाै २८, गाईघाट, उदयपुर जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ । दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर बस्नुपर्ने नत्र अन्यत्र निजी क्लिनिक जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । कटारी–८ सिरीसेका रामप्रसाद पौडेल भन्नुहुन्छ, “एक महिना अगाडिसम्म अस्पतालमा आउने बित्तिकै केही समयमै डाक्टरले उपचार सेवा दिने गर्दथे, अहिले बिरामी लिएर आयो डाक्टर छैनन्, पर्खनुस् भनेर अस्पतालले भन्छ, दिनभरि बस्दा पनि पालो नआएपछि हैरानी खेप्नुपरेको छ ।” अस्पतालमा जनशक्ति अभाव भएपछि आफ्ना बिरामीलाई निजी क्लिनिकमा महँगो खर्चमा उपचार गर्नपूरा पढ्नुहोस्


क्लासिक ग्यालरीमा ‘सदन : द फाइभ पेटल्स’

आफ्नो स्थापना कालदेखि नै निरन्तररुपमा महिला कलाकारहरुलाई विशेष स्थान दिँदै आएको कला संस्था क्लासिक ग्यालरी यस वर्ष २०७५ मा वर्तमानमा नविन पुस्ताको प्रतिनिधित्व गर्ने ५ महिला कलाकारहरुलाई लिएर कला पारखीहरु सामु उपस्थित भएको छ । स्थापनाको ५ वर्षमा नै नेपाली युवा कलाकारहरु, विशेषगरी महिला कलाकारहरुलाई प्रोत्साहत गर्न तथा नेपाली कला क्षेत्रमा उनीहरुको उपस्थितीलाई अहम् बनाउन त्यस ग्यालरीले महत्वपूर्ण भूमिका खेल्दै आएको तथ्यलाई नकार्न नसकिने स्थापित कलाकारहरु बताउँदछन्। ग्यालरीले थुप्रै  सामुहिक तथा एकल कला प्रदर्शनीका साथसाथै रेसिडेन्सी मार्फत् पनि युवा कलाकारहरुलाई आफ्नो कलाकारिता निखार्ने तथा प्रदर्शनी गर्ने मौका दिँदै आएको छ। यसैको निरन्तरतामा ५ युवा महिला कलाकारहरुको समसामायिक अन्तर्हृदयका आवाजहरु स्वरुपपूरा पढ्नुहोस्


३३७ ट्याक्सीलाई कारबाही

भदाै २८, काठमाडौँ महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने  ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान सञ्चालन गर्दै आएकोे छ । भदौ २१ मा ७१, २२ मा ६१, २३ मा ५१, २४ मा ४०, २५ मा ४१, २६ मा ४९ र २७ मा २४ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरिएको थियो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमापूरा पढ्नुहोस्


पूर्वी पहाडी जिल्लामा विद्युत् अवरुद्ध

भदाै २८, पशुपतिनगर केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएको छ । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ठप्प भएको हो । इलामको रोङ गाउँपालिकास्थित किटेनीमा चार दिनअघि गएको पहिरोका कारण झापाको विर्तामोडदेखि ताप्लेजुङ जोड्ने ३३ केभीको विद्युतीय लाइनको चार पोलमा क्षति पुगेको थियो । यस्तै दमक नगरपालिकास्थित पाडाजुँडी–राजदूवाली १३२ केभी प्रसारण लाइनमा पनि समस्या आएपछि पूर्वी पहाडी क्षेत्रका तीन जिल्ला २४ घण्टादेखि अन्धकारमा छन् । विद्युत् अवरुद्ध भएपछि पूर्वी पहाडका ४० हजार भन्दाबढी उपभोक्ताका साथै सयौँ उद्योग कलकारखाना ठप्प छन् । विद्युत् प्राधिकरणलेपूरा पढ्नुहोस्


शिक्षकद्वारा विद्यार्थी हातपात प्रकरण

भदाै २८, नवलपरासी पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित एक सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थीमाथि गरेको दुव्र्यवहारसहित हातपात गरेको घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानविन समिति बनाउन माग गरिएको छ । सुनवलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारीले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घटना बाहिर आएपछि स्थानीयवासीको माग बमोजिम छानविन समिति बनाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिनुभयो । दुव्र्यवहार गर्ने शिक्षकद्वयलाई विद्यालयबाट हटाउनुपर्ने माग गर्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । उनीहरूलाई नहटाएसम्म थप सशक्त आन्दोलन गर्ने पीडित विद्यार्थी अर्जुन गुप्ताले जानकारी दिनुभयो । केही दिनअघि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रदीप कोंहार, धीरज पाण्डे रपूरा पढ्नुहोस्