Main Menu

Friday, September 21st, 2018

 

आलेखः जनशक्ति अभावले अस्तव्यस्त बन्दै बेनी अस्पताल

असोज ५, म्याग्दी एक महिनाअघि बागलुङको धौलागिरि अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा सिफारिश गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको शल्यक्रियामार्फत आमा र बच्चाको ज्यान जोगाएकामा म्याग्दीको बेनी अस्पतालको प्रशंसा निकै भयो । नहोस् पनि किन ? बागलुङ, पर्वत हुँदै कास्कीको सिमानासम्म पुर्याइएकी बिरामी सरस्वती जिसीलाई पहिराले सडक अवरुद्ध बनेपछि फर्काएर बेनी अस्पतालमा शल्यक्रिया गराउनुपरेको थियो । यो एक प्रतिनिधिमूलक उदाहरण हो, बेनी अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवाको । पछिल्लो समय देशभरका जिल्ला अस्पतालहरुको सेवा प्रवाहमध्ये उत्कृष्ट सेवा दिने अस्पतालको रुपमा बेनी अस्पतालको नाम माथि नै छ । शल्यक्रियामार्फत हुने जटिल प्रसूतिलगायतका शल्यक्रिया सेवाहरुसमेत प्रवाह हुँदै आएको यस अस्पताल यतिबेला भने जनशक्ति अभावलेपूरा पढ्नुहोस्


चियाखेतीतर्फ किसानको आकर्षण

असोज ५, बागलुङ जिल्लामा पहिलोपटक चियाखेती शुरु गरिएको छ । जिल्लाका किसानले बाँझो जग्गामा चियाखेती शुरु गरेका हुन् । कृषि विज्ञहरुले जिल्लाको एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइसम्ममा चियाखेती गर्न सकिने बताएपछि किसान सामूहिकरुपमा चियाखेतीतर्फ अग्रसर भएका हुन् । आफ्नै ठाउँमा चियाखेती गर्न थालेको बागलुङ नगरपालिका–८ का खिमबहादुर खड्काले भन्नुभयो । उहाँले तीन हजार चियाका बिरुवा लगाउनुभएको छ । चियाखेती विस्तारका लागि बागलुङ नगरपालिकाले अध्ययन, अनुसन्धान गर्नुका साथै अनुदान उपलब्ध गराउन थालेपछि किसान सामू्हिक चियाखेतीतर्फ आकर्षित भएका हुन् । “चिया प्रशोधन उद्योग स्थापना गर्ने तथा निकासी गर्ने योजना बनाएका छौँ,” नगरपालिकाका आर्थिक विकास समिति संयोजक जीवन आचार्यलेपूरा पढ्नुहोस्


समाजसेवी गुरुङको धानखेत विद्यालयलाई

असोज ५, पर्वत पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीस्थित मणिगाउँका ९१ वर्षीय समाजसेवी शेरबहादुर गुरुङले आफ्नो ९१आैँ जन्मदिनको अवसर पारेर दुई सामुदायिक विद्यालयलाई जग्गा प्रदान गर्नुभएको छ । स्थानीय मदनआश्रित माध्यमिक विद्यालयलाई १५ रोपनी र फलामखानी आधारभूत विद्यालयलाई १० रोपनी गरी २५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । तत्कालीन राजसभा स्थायी समितिका पूर्व सदस्यसमेत रहनुभएका गुरुङले दुई विद्यालयलाई भौतिक पूर्वाधारले सम्पन्न गराउन र बाँकी जमीनमा आयआर्जनका कार्यक्रम गरेर शैक्षिक सुधारमा सहयोग पुगोस् भन्ने उद्देश्यले जग्गा सहयोग गरेको बताउनुभयो । उहाँले लामो समय आफू गाउँमै बसेर समाजसेवामा लागेको र आफ्नै पहलमा स्थापना भएका विद्यालयलाई व्यक्तिगत जग्गा हस्तान्तरण गरेको बताउनुभयो । उक्त जग्गाकोपूरा पढ्नुहोस्


रु आठ करोडको रिसोर्ट

असोज ५, दमौली तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा रु आठ करोडको लगानीमा ‘मर्स्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई लक्षित गर्दै व्यवसायी महेन्द्रमोहन भट्टराईले सो रिसोर्ट स्थापना गर्नुभएको हो । स्वीमिङ पुलसहित सञ्चालन गरिएको रिसोर्ट २२ रोपनी १० आना क्षेत्रफलमा फैलिएको छ । पहिलो चरणमा रिसोर्टमा १० कोठा निर्माण गरिएको र यसलाई विस्तार गर्दै ४० सम्म पुर्याइने उहाँले जानकारी दिनुभयो । दोस्रो चरणमा अर्को वर्ष १० कोठा र बाँकी तेस्रो चरणमा निर्माण गरिने र सो अवधिसम्म संरचना निर्माण सकिँदा रु नौ करोडसम्म लगानी पुग्ने अनुमान गरिएको व्यवसायी भट्टराईले बताउनुभयो । “पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुलेपूरा पढ्नुहोस्


सामुदायिक विद्यालयलाई कम्प्युटर

असोज ५, हुम्ला हुम्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खार्पुनाथ गाउँपालिकाका दुई माध्यमिक विद्यालयलाई गुडनेवर्स इन्टरनेशनल र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले कम्प्युटर वितरण गरेको छ । गुडनेभर्स इन्टरनेशनलको आर्थिक सहयोग र किर्डाक नेपाल हुम्लाद्वारा सञ्चालित शिक्षा कायक्रमअन्तर्गत गाउँपालिकाको सीता मावि, छिप्रा र मालिका मावि, लालीलाई कम्प्युटर वितरण गरिएको गुडनेभर्स इन्टरनेशनल हुम्लाका संयोजक मनकुमार राईले बताउनुभयो । विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ र नयाँ टेक्नोलोजीतर्फ केन्द्रित गर्ने उद्देश्यले कम्प्युटर वितरण काय शुरु भएको हो । जिल्ला शिक्षा समन्वय एकाई प्रमुख वर्ष फडेराले सम्बन्धित विद्यालयका प्रधानअध्यापकलाई कम्प्युटर वितरण गर्नुभएको हो । मालिका माविलाई १० थान कम्प्युटर एक थान प्रोजेक्टर रपूरा पढ्नुहोस्


पर्यटकीय गन्तव्य बन्दै नुवाकोटगढी

असोज ५, रुपन्देही पाल्पा र रुपन्देही जिल्लाको सिमानामा पर्ने ऐतिहासिक नुवाकोटगढी पर्यटकीय क्षेत्रको रूपमा विकाशित हुन थालेको छ । बुटवलको अत्याधिक गर्मी वा जाडो मौसम छल्न नुवाकोटको मौसम अनुकूल भएकाले पनि सो क्षेत्रमा पर्यटकीय आकर्षण बढ्दै गएको हो । बुटवलबाट उत्तर ११ किलोमिटरको दूरीमा पर्ने नुवाकोटमा निजी क्षेत्रले पर्यटन पूर्वाधारका ठूला आयोजनामा लगानी गरिरहेका छन् । गर्मी र जाडो मौसमका लागि अनुकूल र रमणीयस्थल भएकाले व्यवसायी यहाँ लगानी गर्न हौसिएका हुन् । वनभोज खान जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेपछि यहाँ पर्यटनको सम्भावना देखेर बुटवलका ठूला व्यवसायीको आकर्षण बढेको छ । दिनभर बुटवलमा व्यवसाय गरेर साँझ फर्कने गरी विश्रामस्थल बनाउने गरीपूरा पढ्नुहोस्


फुटबल एकेडेमी बनाइने

असोज ५, कास्की अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यहाँ प्रदेशस्तरीय फुटबल एकेडेमी निर्माणमा चासो दिएको छ । उक्त कार्यका लागि युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मासहित एन्फा पदाधिकारीको टोलीले पोखरा महानगरपालिका–१५ को तल्लो भाग र माछापुच्छ्रे गाउँपालिकाको वडा नं ६ भेडाबारीस्थित सरकारी जग्गा बिहीबार निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले सडक पूर्वाधारको पहुँच र माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने भेडाबारीमा एकेडेमी बन्ने सम्भावना देखिएको बताउनुभयो । लगभग रु १० करोडको लागतमा निर्माण हुने एकेडेमीमा १४, १६ र १८ गरी तीन उमेर समूहका ९० किशोरका लागि खाने, बस्ने, कार्यालय भवन र अभ्यास मैदान निर्माण गर्ने तयारी भएको एन्फाकापूरा पढ्नुहोस्


झोलुङ्गे पुल विस्तारसँगै घट्यो जोखिम

असोज ५, रोल्पा जिल्लामा झोलुङ्गे पुल विस्तारसँगै खोला तर्दा हुने जोखिम घट्न थालेको छ । भौगोलिक बनावटका कारण जिल्लाका अधिकांश ठाडो खोला हुने र त्यहाँ आवतजावत गर्दा जोखिम हुँदै आएको थियो । जिल्ला समन्वय समितिअन्तर्गत झोलुङ्गे पुल सहयोग कार्यक्रमबाट झोलुङ्गे पुल विस्तार भएको हो । आवतजावतमा समस्या भोग्दै आएका समुदायलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन भइरहेको जिससका सब–इञ्जिनियर तीलक केसीले बताउनुभयो । जिल्लामा हालसम्म २०७ झोलुङ्गे पुल निर्माण भइसकेका छन् । प्रतिपुल निर्माणका लागि रु २५ लाखदेखि रु ४५ लाखसम्म खर्च हुने गरेको छ । ट्रस्टपुल कम लागतमा तयार भए पनि झोलुङ्गे पुलमा अत्यधिक बजेट खर्च भइरहेको केसीले बताउनुभयो । पुरानापूरा पढ्नुहोस्


शिक्षक पुरस्कृत र दण्डित हुने

असोज ५, मेलम्ची सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले शिक्षकलाई कामको आधारमा पुरस्कृत र दण्डित गर्ने भएको छ । गाउँपालिका अध्यक्ष टासी लामाले थाङपालधापमा आयोजित पञ्चवर्षीय शैक्षिक कार्ययोजना प्रस्तुत कार्यक्रममा शिक्षण पेशामा इमान्दार नहुने शिक्षकलाई कारबाही गरिने र शिक्षकहरुका बीचको विभेद अन्त्य गर्दै सबैलाई समान व्यवहार गरिने जानकारी दिनुभयो । सरकारले स्थायी शिक्षकलाई मात्र पोशाक सुबिधा दिँदा अस्थायी, करार र ज्यालादारीका शिक्षकमा हीनतावोध भएको र यसबाट विद्यार्थीको सिकाइ उपलब्धिमा प्रत्यक्ष असर परेकाले सबैलाई समान व्यवहार गरिनेमा उहाँले जोड दिनुभयो । गाउँपालिकालाई कृषि र पर्यटनको गन्तव्य बनाइने लक्ष लिइएकाले सबै विद्यालयमा पर्यटन र कृषि शिक्षालाई अनिवार्य लागू गराउन पनि उहाँले सुझाव दिनुभयो ।पूरा पढ्नुहोस्


सुतली बम र खुकुरीसहित पक्राउ

असोज ५, लहान प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले ताप्लेजुङ खप्तालुङ–२ निवासी ३५ वर्षीय यम लिम्बू र सिन्धुली हरिपुर–२ निवासी ३५ वर्षीय आकाश राईलाई हतियारसहित बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । प्रहरीले शङ्का लागेर झोला जाँच गर्दा ती सामान फेला परेको थापाले बताउनुभयो । पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।