Main Menu

Friday, September 21st, 2018

 

प्रहरी र चालकबीच झडप हुँदा तीन घाइते

असोज ५, बाजुरा अछामको साँफेबगरमा चालकको आन्दोलनका क्रममा प्रहरी र चालकबीच झडप हुँदा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर घाइते भएका छन् । घाइते कुँवरको वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएकोे प्रहरीले जनाएको छ । उनको दायाँ आँखामा चोट लागेको थियो । प्रहरीले हस्तक्षेप गर्दै गोली चलाएको आरोप चालकहरूको थियो । मङ्लसेनबाट आएका गाडी साँफे पक्की पुल नजिकै रोकिएपछि गाडी चालक प्रहरीमाथि जाइलागेकाले मङ्गलसेनबाट आफ्नो नेतृत्वमा आएका थप प्रहरी टोलीले हुल नियन्त्रण गर्न पाँच सेल अश्रुग्याँस चलाएको प्रहरी निरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । प्रहरीले गोली चलाएको भन्दै आक्रोशित सवारी चालकले साँफेबगर नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्नाकापूरा पढ्नुहोस्


टिकट लिन आएका यात्रु रित्तो हात फर्के

असोज ५, काठमाडौँ नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्कनुपरेको हो । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहनविक्रम केसीले एकबिहानै टिकट लिन नयाँ बसपार्क आएका यात्रु टिकट नपाएपछि फर्किनुपरेको जानकारी दिनुभयो । “टिकट लिन आएका १०-१५ यात्रु अहिलेसम्म फर्किसकेका छन्”, उहाँले भन्नुभयो । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भदौपूरा पढ्नुहोस्


पहिलो पटक इन्जिनियरिङ विषयको पढाइ सुरु

असोज ५, पाल्पा ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ । गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनीयरिङ विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादनमा सहज हुने र बढ्दो बेरोजगार समस्या पनि समाधान हुने बताउनुभयो । यस वर्ष प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषदबाट विद्यालयलले सिभिल इञ्जिनीयरिङ विषय सञ्चालन गर्ने अनुमिति पाएपछि पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक जनार्दन पाण्डेयले जानकारी दिनुभयो । उहाँले प्राविधिक शिक्षा अध्ययनका लागि गाउँपालिका भन्दा बाहिर सदरमुकाम धाउनुपर्ने बाध्यता हटेकोे बताउनुभयो । विद्यालयले यस वर्ष बढीमा ४८ विद्यार्थीलाई पढाउन सक्ने गरी व्यवस्थापन गरिएको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्षपूरा पढ्नुहोस्


एकीकृत नमूना बस्ती भवन शिलान्यास

असोज ५, खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा रामनाथ एकीकृत नमूना बस्ती निर्माण गरिने भएकोे छ । स्थानीयवासी शारदाप्रसाद ढकालले निःशुल्क उपलब्ध गराउनुभएको साँढे सात रोपनी जग्गामा बिहीबार नगरप्रमुख दीपनारायण रिजालले उक्त बस्तीको भवन शिलान्यास गर्नुभएको हो । बीस घर भूकम्पपीडित र चार घर अन्य गरी २४ परिवारका लागि नगरपालिकाको पहलमा निर्माण गर्न लागिएको सो बस्ती देशकै नमूना बनाइने उहाँले बताउनुभयो । भूकम्पपीडितले पाउने प्रतिघर रु तीन लाखको दरले रु ६० लाख र बाँकी रकम पुनःनिर्माण प्राधिकरण तथा नगरपालिकाले लगानी गर्ने जनाइएको छ । नगरपालिकाले घडेरी सम्याउन, नक्सा निर्माण तथा पास गर्न र प्राविधिक सहयोगसमेत गर्ने जनाइएको छ । सामुदायिकपूरा पढ्नुहोस्