Main Menu

पहिलो पटक इन्जिनियरिङ विषयको पढाइ सुरु

असोज ५, पाल्पा

ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ ।

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनीयरिङ विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादनमा सहज हुने र बढ्दो बेरोजगार समस्या पनि समाधान हुने बताउनुभयो ।

यस वर्ष प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषदबाट विद्यालयलले सिभिल इञ्जिनीयरिङ विषय सञ्चालन गर्ने अनुमिति पाएपछि पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक जनार्दन पाण्डेयले जानकारी दिनुभयो । उहाँले प्राविधिक शिक्षा अध्ययनका लागि गाउँपालिका भन्दा बाहिर सदरमुकाम धाउनुपर्ने बाध्यता हटेकोे बताउनुभयो ।

विद्यालयले यस वर्ष बढीमा ४८ विद्यार्थीलाई पढाउन सक्ने गरी व्यवस्थापन गरिएको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थर्कबहादुर पुन मगरले गाउँमा प्राविधिक धारको शिक्षाको विकासले दक्ष जनशक्ति उत्पादन हुने र गाउँको विकासमा सहयोग पुग्ने समेत बताउनुभयो । उक्त विद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी छन् ।

बालबालिकालाई टिफिनबक्स वितरण

घरमै बनाएको स्वच्छ खाना उपभोग गराउने उद्देश्यले रैनादेवी छहरा गाउँपालिकाभित्रका सबै बाल विकास केन्द्रका विद्यार्थीलाई टिफिनबक्स उपलब्ध गराइएको छ ।

उक्त गाउँपालिका भित्र ५१ बाल विकास केन्द्रका ६७३ बालबालिकालाई टिफिनबक्समा खाजा ल्याउन सहज होस् भन्ने उद्देश्यले टिफिनबक्स वितरण गरिएको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो ।

घरबाट खाजा बोकेर ल्याउँदा सफा र ताजा हुनाका साथै खाजाका किन्ने पैसा बचत हुने भएकाले रु तीन लाख खर्चेर टिफिनबक्स वितरण गरिएको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो ।

तयारी खाजा सेवन निषेध गर्ने लक्ष्यका साथ घरमा पकाएको खाजा विद्यार्थीले ल्याउन भन्ने उद्देश्यले टिफिनबक्स वितरण गरिएको स्रोत व्यक्ति झलक रायमाझीले जानकारी दिनुभयो ।

टिपिनबक्समा दैनिक खाजा ल्याएर खान पाएपछि बालबालिकासमेत खुशी भएका छन् । गाउँपालिकाले प्रत्येक वडाका एक-एक बाल विकास केन्द्रलाई खेल सामग्री पनि वितरण गरेको उहाँले बताउनुभयो ।

(Visited 138 times, 1 visits today)

टिप्पणी

comments