Main Menu

Friday, September 7th, 2018

 

शिक्षा व्यवहारमा लागू हुनुपर्छ – कानूनमन्त्री भण्डारी

भदाै २२, सुर्खेत कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हरेक नागरिकले प्राप्त गरेको शिक्षा व्यवहारमा अनुवाद हुनुपर्ने बताउनुभएको छ । शिक्षामा रुपान्तरण संस्था काठमाडौँको सहयोग तथा नेपाल राष्ट्रिय मावि सुर्खेतद्वारा वीरेन्द्रनगरमा बिहीबार आयोजित ‘क्रियाकलापमा आधारित शिक्षण सिकाइ’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानूनमन्त्री भण्डारीले यो कुरामा जोड दिनुभएको हो । उहाँले बदलिँदो समाजमा व्यावहारिक शिक्षा कार्यान्वयन गर्नु अपरिहार्य रहेको बताउनुभयो । “कर्णाली प्रदेश सरकारले सुसंस्कृत, समृद्ध र समुन्नत प्रदेश बनाउने उद्देश्यसाथ चालु आवमा २४ वटा डिजिटल विद्यालय निर्माण गर्ने अभियान थालेको छ,” उहाँले भन्नुभयो, “जसमा सिकाइ उपलब्धि हासिल गर्न प्रविधिको प्रयोगसाथै सफल अभ्यास गरिनेछन् ।” प्रविधिमैत्री विद्यालय सञ्चालनपूरा पढ्नुहोस्


क्षमताभन्दा तेब्बर कैदीबन्दी

भदाै २२, दमौली जिल्ला कारागार तनहुँमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ । कारागारको क्षमता ३५ जनाको भएपनि यहाँ ११० कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि शौचालय व्यवस्थापन गर्नसमेत समस्या भएको कारागारका निमित्त प्रमुख सक्षम घिमिरेले बताउनुभयो । “शौच गर्न लाइनमा बस्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो । एउटै कोठामा धेरै कैदीबन्दी राख्दा रोग सर्ने स्थिति छ । कारागारमा सबैभन्दा बढी जबर्जस्ती करणीको मुद्दाका ३५ कैदी, लागूऔषधका १८ थुनुवा, कर्तव्य ज्यान मुद्दाका १४ कैदी, ज्यान मार्ने उद्योगका ११ थुनुवा तथा चोरीमा संलग्न तीन कैदी रहेको जिल्ला कारागारले जनाएको छ । यस्तै कारागारमा सवारी ज्यान मुद्दा, कुटपिट, अङ्गभङ्ग, काठ ओसारपसार, बहुविवाह,पूरा पढ्नुहोस्


‘अपराधीले पनि उन्मुक्ति पाउँदैन’

भदाै २२, भीमदत्तनगर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताउनुभएको छ । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएका प्रहरी महानिरीक्षक खनालले मिडियासँगको कुराकानीमा अपराधीलाई कानूनी दायरामा ल्याएरै छाड्ने बताउनुभयो । महानिरीक्षक खनालले घटनाको सुक्ष्म रूपमा विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । “प्रहरीप्रति अविश्वास राख्नु हुँदैन ।” उहाँले भन्नुभयो, “चाँडो नतिजा ल्याउनेमा सक्रिय छौँ ।” अनुसन्धानमा समय लागे पनि दोषीलाई कारबाही हुनेमा ढुक्क हुन उहाँले आग्रह समेत गर्नुभयो । सो क्रममा राष्ट्रिय मानवअधिकार आयोगसित नेपाल प्रहरीले समन्वय गरेर आजबाट सुरुवातपूरा पढ्नुहोस्


आन्द्राको शल्यक्रिया सफल

भदाै २२, बाजुरा बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया गरिएकोे अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो । उक्त अस्पतालमा डा दुर्गा महर्जन र डा टीका राई आएपछि हर्निया, हाइड्रोसिल, एपेन्डेकटोमी, पायल्स, सिएस (सिजिरियन्स सेक्सन) लगायतको शल्यक्रिया सस्तो मूल्यमा हुँदै आएको हो । हालसम्म २० भन्दा बढी शल्यक्रिया भइसकेको अस्पतालले जनाएको छ । अहिलेसम्म गरिएका शल्यक्रियामध्ये सबैभन्दा बढी अप्ठ्यारो यहीपूरा पढ्नुहोस्


प्रविधिमैत्री बन्दै रत्ननगर

भदाै २२, चितवन रत्ननगर नगरपालिकावासीले अब घरमै बसीबसी नगरपालिकाका सेवा सुविधाबारे जानकारी लिन पाउने भएका छन् । उनीहरूले जनप्रतिनिधि र नगरपालिकाका शाखा प्रमुख कार्यालयमा छन्\छैनन् भन्नेबारे पनि घरबाटै जानकारी पाउनका साथै उनीहरू कार्यालय आएपछि सेवाग्राहीले चाहेमा आफ्नो मोबाइलमा कार्यालयमा आएको सूचना समेत पाउनेछन् । नगरपालिकाकाले मोबाइल एप्स तयार पारेर आज सार्वजनिक गरेसँगै नगरवासीले यो सुविधा पाउने भएका हुन् । नगरपालिकाले तयार पारेको ‘रत्ननगर म्युनिसिपिलिटी’ नामक मोबाइल एप्स डनलोड गरेपछि उक्त एप्समार्फत नगरपालिकाको सम्पूर्ण विवरण घरमै बसीबसी हेर्न मिल्ने भएको हो । नगरपालिकाका प्रमुख नारायण वन नगरपालिकालाई प्रविधिमैत्री बनाउँदै लगेको जानकारी दिँदै भन्नुहुन्छ, “हामीलाई खबरदारी गर्न पनि यो प्रविधि विकास गरिएकोपूरा पढ्नुहोस्


दरबन्दीभन्दा न्यून स्वास्थ्यकर्मी

भदाै २२, कैलाली, टीकापुर चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले चार मेडिकल अधिकृत र एक दन्त चिकित्सकले मात्रै अस्पताल धानेका छन् । उक्त अस्पतालमा आठ परामर्शदाता, एक मेडिकल अधिकृतका साथै दुई स्वास्थ्य सहायक, एक\एक स्टाफ नर्स र अनमीको पद रिक्त छ । एकाउन्न शय्याको उक्त अस्पतालका लागि विसं २०७२ मा नेपाल सरकार र कोरियन परियोजना कोइकाबीच सहमति भई निर्माण गरिएको भवनमा , शल्यक्रिया र एनआइसीयू कक्षका साथै अल्ट्रासाउण्ड, इण्डोसकोपीलगायत उपकरण थपिए पनि ती अहिले उपयोगबिहीन अवस्थामा छन्पूरा पढ्नुहोस्


नागरिकलाई घरदैलोमा पुगेर सेवा दिन प्रधानमन्त्रीको आह्वान

भदाै २२, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसाैँ शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गर्नुभएको छ । ‘नतिजामुखी प्रशासन-समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उहाँले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि शुभकामना व्यक्त गर्दै यो सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको उल्लेख गर्नुभएको छ । सरकार र जनताबीच सम्बन्ध सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राज्यका नीति तथा योजना, कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवालेपूरा पढ्नुहोस्


स्थानीय सरकारको शैक्षिक विकास अभियान

भदाै २२, ओखलढुङ्गा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशन गरेको छ । गाउँपालिका स्तरीय गाउँ शिक्षा समितिले चित्रको माध्यमबाट सिकाउने गरी विज्ञान, गणित अङ्ग्रेजी र सामान्यज्ञान समेटिएको पुस्तक प्रकाशन गरेको हो । गाउँपालिकाभित्रका धार्मिक पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको जानकारी समेटिएको पुस्तक प्रकाशन गरेर पालिकाभित्रका सबै विद्यालयमा अनिवार्य अध्ययन अध्यापन गराउनुपर्ने गरी लागू गरिएको गाउँ शिक्षा समिति संयोजक उज्ज्वन बुढाथोकीले जानकारी दिनुभयो । “स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर स्थानीय भाषा र विषयवस्तु समेटिएको पुस्तक प्रकाशन गरेर लागू गर्न पाउने नियम छ”, अनुगमन समितिका संयोजकसमेत रहनुभएका बुढाथोकीले भन्नुभयो, “शैक्षिक सुधारको अभियानअन्तर्गत पाठ्यपुस्तक प्रकाशन गरेर लागू गरिएको हो । यसले स्थानीयपूरा पढ्नुहोस्


कृषि पाठशाला सञ्चालन

भदाै २२, पर्वत कृषकलाई व्यावसायिक कृषक बनाउने उद्देश्यले यहाँको एक विकट गाउँमा कृषि पाठशाला सञ्चालन गरिएको छ । निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाएर गाउँमा उत्पादित अन्न तथा फलफूल निर्यात गरी प्रशस्त आम्दानी भित्र्याउने उद्देश्यले जिल्लाको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा सो पाठशालामा सञ्चालन गरिएको वडाध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उक्त पाठशालामा हरेक शुक्रबार बिहान कक्षा सञ्चालन गरिने भएको छ । कृषि पाठशालासँगै व्यावसायिक कृषिका लागि वडा कार्यालयले ११ टोल विकास संस्था पनि स्थापना गरिएको छ । एक टोल एक सामुदायिक नर्सरी स्थापना र एक घर एक करेसाबारी सञ्चालन गर्ने कार्यक्रमसमेत तय गरिएको छ । साप्ताहिकरूपमा सञ्चालन हुने पाठशालामापूरा पढ्नुहोस्


नेपाल सम्वत व्यवहारमा लागु गर्न सरकार उदासिन —पद्मरत्न

भाद्र २२, काठमाडौं गणतन्त्र आएपछि सरकारले नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिए पनि यसलाई व्यवहारमा लागु गर्न सरकार उदासिन भएकोले व्यवहारमा यसलाई लागु गर्न कठिनाइ भइरहेको कुरा भाषा आन्दोलन, लोकतान्त्रिक आन्दोलन, वाम आन्दोलन र मानवअधिकार आन्दोलनका हस्ती पद्मरत्न तुलाधारले बताउनुभएको छ । स्वतन्त्र वामनेताको रुपमा पनि चर्चित तुलाधरले उक्त बिचार स्वयं आफ्नै जंकु (नेवाः समुदायमा ७७ वर्ष ७ महिना र ७ दिन उमेर पुगेपछि दीर्घजीवि भएकोमा बधाइ दिन गरिने विशेष परम्परागत शैलीको संस्कारगत संस्कृति) को अवसरमा हिजो आयोजित ‘नेपाल सम्बतसम्बन्धी आन्दोलनमा पद्मरत्न तुलाधरको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो । वरिष्ठ एवं वयोवृद्ध नेता तुलाधरले नेपालमा रहेका विभिन्नपूरा पढ्नुहोस्