Main Menu

Monday, September 3rd, 2018

 

पाँच स्थानीय तह विद्युत्विहीन

भदाै १८, बैतडी जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दासमेत अझै पनि बैतडीका अधिकांश स्थानीय तह अभावै अभावमा चलिरहेका छन् । जिल्लामा रहेका १० स्थानीयतहमध्ये आधा स्थानीय तह विद्युतविहीन छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको यहाँ पाँच वटा स्थानीय तहका सदरमुकाम अझै विद्युत्को पहुँचमा पुग्न सकेका छैनन् । जसमा एक नगरपालिका र चार गाउँपालिका विद्युत्विहीन रहेका सम्बन्धित स्थानीय तहले जनाएका छन् । स्थानीय तहमा विद्युत् नपुग्दा दैनिक कामकाज गर्न समस्या भएको छ । पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा अझै विद्युत्को पहुँच पुग्न नसकेको हो । विद्युत् लाइन नहुँदा दैनिक कार्य सम्पादनमा समेत समस्यापूरा पढ्नुहोस्


फरार बलात्कारका आरोपी पक्राउ

भदाै १८, कञ्चनपुर कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का १६ वर्षीया किशोरीमाथि बलात्कार गरी फरार रहेका अभियुक्त जनक खड्कालाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त खड्कालाई बेलडाँडी क्षेत्रबाटै आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । शनिबार किशोरी बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले मानबहादुर विष्टलाई पक्राउ गरेको थियो । शुक्रबार राति घरमा पूजा भइरहेका बेला मोटरसाइकलमा लगी किशोरीलाई बलात्कार गरिएको थियो । पक्राउ परेका दुवै जनाविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।


भूकम्पपीडितको घर वडा कार्यालयले बनाइदिने

भदाै १८, सोलुखुम्बु भूकम्पपीडित एकल महिलाको घर वडा कार्यालयले निर्माण गरिदिने भएको छ । थुलुङ दूधकोशी गाउँपालिका वडा नं ९ कि भूकम्पपीडित रत्नकुमारी राईको घर निर्माणमा वडा कार्यालयले सहयोग गर्ने भएको हो । प्यारालाइसिसले ग्रसित ६५ वर्षीया राईको एक मात्रा जीवनको सहारा छोरा भए पनि उनीसमेत सुस्त भएकाले घर निर्माणमा समस्या भएपछि वडा कार्यालयले सहयोग गर्ने भएको हो । वडाध्यक्ष भुपाल सिं राईले भन्नुभयो, “भूकम्पले घर ध्वस्त बनाएर अनुदान पाए पनि अनुदान लिन र बनाउनका लागि सहजीकरण गर्ने कोही छैन ।” उहाँको एक जना डल्ले नाम गरेको छोरा छन्, उनी पनि सुस्त, आफू पनि हिँडडुल गर्न सक्नुहुन्न गाउँमा कसैले पनिपूरा पढ्नुहोस्


देवीचौरमा ‘भ्यू टावर’को निर्माण शुरु

भदाै १८, ललितपुर पर्यटक भित्र्याउने उद्देश्यले गोदावरी नगरपालिका–७ देवीचौरमा ‘भ्यू टावर’ निर्माण शुरु भएको छ । भ्यू टावरको निर्माणले आन्तरिक र बाह्य दुवै खालका पर्यटक आकर्षित हुने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । अघिल्लो वर्षबाट भ्यू टावरको निर्माण शुरु भएको हो । अघिल्लो वर्ष रु एक करोड छुट्याइएकामा नगरपालिकाले यो आर्थिक वर्षमा पनि रु एक करोड छुट्याएको छ । अघिल्लो वर्ष जग राख्ने काम सकिएको थियो । उहाँ भन्नुहुन्छ, “यस वर्ष बाँकी रहेको काम अघि बढेको छ ।” आगामी वर्षसम्म निर्माण सम्पन्न गर्ने योजना रहेको छ । भ्यू टावर तीन तलाको हुने नगरपालिकाले जनाएको छ । तल्लो तलामा होटल,पूरा पढ्नुहोस्


सङ्ग्रहालय निर्माणका लागि सर्भे शुरु

भदाै १८, पथरी, मोरङ प्रदेश नं १ को गौरवको आयोजनामा भनिएको जातीय सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि मोरङको पथरी शनिश्चरे नगरपालिका– १० को भूटानी शरणार्थी शिविरमा सर्भे शुरु भएको छ । भूटानी शरणार्थी शिविर रहेका क्षेत्रमा निर्माण हुने बृहत् जातीय सांस्कृतिक सङ्ग्रहालयका लागि प्रारम्भिक सर्भे थालिएको हो । प्रदेश सरकारको तर्फबाट इडी कन्सल्टका राजेन्द्र भट्टराईको टोलीले आइतबार शिविर र आसपासका क्षेत्रको प्रारम्भिक सर्भे गरेको हो । वडाका कार्यवाहक अध्यक्ष मनोज घिमिरे, कार्यपालिका सदस्य मैनादेवी फुयाँल आचार्य, अरुणा राई, गीता विश्वकर्मा तथा स्थानीय सामाजिक अगुवाले सर्भे टोलीलाई सङ्ग्रहालयका लागि प्रस्तावित क्षेत्रको अवलोकन गराएका थिए । सर्भे टोलीका राजेन्द्र भट्टराईले प्रस्तावित क्षेत्रको पहिलोपूरा पढ्नुहोस्


आगलागीबाट दुई करोड बराबरको क्षति

भदाै १८, इलाम इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ । देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको आगलागीमा तीन वटा सटर (पसल) साथै घर जल्दा सो मूल्य बराबरको क्षति भएको हो । विद्युत चुहिएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । बेलुका करीब ८ बजे शुरु भएको आगलागी ११ बजे राती पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिएको थियो । दमकलसहित स्थानीय बासिन्दा र सुरक्षाकर्मी समेतको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट राँके बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका श्रीबहादुर विष्टको जुत्ता, चप्पल रपूरा पढ्नुहोस्


पहिरोले घर पुरिँदा तीन बालबालिका बेपत्ता

भदाै १८, सल्यान अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका पुरिएका छन् । बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उहाँका दुई छोरी एक छोरा पुरिएर बेपत्ता भएका छन् । पहिरोमा परी बेपत्ता हुनेमा बालाराम डाँगीकी १० वर्षीया छोरी ललिता डाँगी, सात वर्षीय छोरा ललित डाँगी र चार वर्षीया छोरी मेनका डाँगी रहेको प्रहरीले जनाएको छ । बाबुआमा भैँसी दुहुन गएको र बालबालिका भान्साकोठामा खाना खाँदै गर्दा पहिरोले घर पुरेको वडाध्यक्ष दीपक वलीले जानकारी दिनुभयो । घटनास्थल सदरमुकामदेखि ५० किमी टाढा रहेको र अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकाले उद्धार गर्नपूरा पढ्नुहोस्


द्वन्द्वकालमा १६ बेपत्ता, २१६ मृतक

भदाै १८, नवलपरासी साविक नवलपरासी जिल्लाबाट द्वन्द्वकालको अवधिमा १६ जना बेपत्ता र २१६ जनाको द्वन्द्वका कारण मृत्यु भएको तथ्याङ्क छ । इन्सेक पश्चिम नवलपरासीका अनुसार साविक नवलपरासी जिल्ला र सङ्घीय संरचनाअनुसार पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी दुवै जिल्लाको सो तथ्याङ्क रहेको हो । दुवै जिल्लामा गरी १६ जना बेपत्ता भएकामा चार जना बालकको सङ्ख्या रहेको छ भने मृतक २१६ जनामा सात जना महिलाको सङ्ख्या रहेको पश्चिम नवलपरासीका इन्सेक प्रतिनिधि नारायण पराजुलीले जानकारी दिनुभयो । द्वन्द्व प्रभावित मृतक र बेपत्ता परिवारजन कूल २३२ परिवारमध्ये २२२ जनाको परिवारजनले मात्र राज्यबाट राहत रकम प्राप्त गरेका छन् । बाँकी १० जनाको परिवारजनले हालसम्मपूरा पढ्नुहोस्


चितवनका १८ विद्यालय समायोजन

भदाै १८, चितवन जिल्लामा यस शैक्षिकसत्रमा १८ वटा सामुदायिक विद्यालय समायोजन गरिएको छ । शिक्षा विकास समन्वय इकाइले दिएको जानकारीअनुसार माडी नगरपालिकाका १२ वटा, रत्ननगर नगरपालिका र राप्ति नगरपालिकाका तीन\तीन वटा विद्यालय समायोजन गरिएको हो । इकाइका संयोजक दीपेन्द्र सुवेदीका अनुसार एउटा विद्यालयमा १५ जनाभन्दा कम विद्यार्थी रहेका र थोरै विद्यार्थी भएर आधा घण्टाको दूरीमा अर्को विद्यालय रहेकाले समायोजन गरिएको हो । ती विद्यालय समायोजनसँगै ४० जना शिक्षकलाई अन्य विद्यालयमा पठाइएको छ । जसका कारण अन्य विद्यालयमा भएको शिक्षकको अभाव पूर्ति गर्न सहज बनेको उहाँले बताउनुभयो । हाल जिल्लामा एक लाख ३८ हजार विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ७२ हजारपूरा पढ्नुहोस्