Main Menu

Thursday, September 20th, 2018

 

मिर्गाैला बेच्ने नै चेतनामूलक अभियानमा

असोज ४, काभ्रेपलाञ्चोक छिमेकीको लहैलहैमा दलालमार्फत आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला बेच्ने काभ्रेपलाञ्चोक जिल्लाका पुरुष समाजमा खुलेरै चेतनशील अभियानमा लागेका छन् । उन्नाइस वर्षअघि मिर्गौला बेचेका मण्डन देउपुर नगरपालिका–२ का नवराज मिजारले भन्नुभयो, “हामी चिरेको पेट छोपेर नुहाउने गर्याैँ, तर अब हामी मिर्गौला बेच्दा शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्दैछौँ ।” उहाँ जिल्लामा हुने मानव बेचबिखनसम्बन्धी सार्वजनिक कार्यक्रममा आफूले भोगेको पीडा पोख्दै लुगा खोलेर मिर्गौला बेच्दा पेटको बायाँतर्फ शल्यक्रिया गरेको आठ इञ्चको खत देखाउने गर्नुहुन्छ । नवराज भन्नुहुन्छ, “मैले मिर्गौला बेचेपछि दुखाइ काम गर्न रक्सी खाने गरे, मिर्गौलाको पैसा पनि सकेर जमीन पनि सकेँ, मैले रक्सी छाडेको तीनपूरा पढ्नुहोस्


पानी मिलले दिलायो नाम र दाम

असोज ४, बलेवा, बागलुङ दश वर्ष पहिला मलेशियाको रोजगारी त्यागेर गाउँमै पानी मिल सञ्चालन गरेका बागलुङको काठेखोला–७ रेशका याम बहादुर जिसीले अहिले मासिक ५० हजार रुपैयाँभन्दा धेरै कमाइ गर्छन् । रेशमा सञ्चालनमा रहेको पानी मिलबाट जिसी खर्च कटाएर महिनामा ५० हजार रुपैयाँ बचत गर्छन् । खेर गइरहेको पानीको स्रोतलाई उपयोग गरेर जिसीले सञ्चालन गरेको मिलमा कुटानी–पिसानीका साथै काठ काट्ने काम समेत हुने गरेको छ । शुरुमा १ लाख ५० हजार रुपैयाँ लगानी गरेका जिसीले गाउँलेलाई पायक पर्ने ठाउँमा मिल सञ्चालनमा ल्याएर मनग्य कमाइ गर्दैआएका छन् । विसं २०६२ मा गाउँमा रोजगारी नभेटेपछि मलेशिया पुगेका जिसी ३ वर्षपछि घर फर्किए ।पूरा पढ्नुहोस्


द्रुतमार्ग निर्धारित समयमै – नेपाली सेना

असोज ४, काठमाडौँ नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाैँ–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख एवं रथी योगेन्द्रबहादुर खाँणले प्राविधिक हिसाबले जति नै चुनौतीपूर्ण रहे पनि सबैबाट रचनात्मक सहयोग र सद्भाव भएमा तोकिएको समयभित्रै निर्माण गर्न सक्षम हुने दाबी गर्नुभयो । सडकको रेखाङ्कनअनुरुप डाँडा र ढिस्को कटान गर्ने, सम्याउने र खाल्डाखुल्डी भर्ने काम तीव्ररुपमा भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “कार्यतालिका, कार्ययोजनाका आधारमा आयोजनाको कामलाई अघि बढाइएको छ ।” सस्तो मूल्यमा गुणस्तरीय ढङ्गबाट छिटो सम्पन्न गर्न सक्छ भन्ने सरकारपूरा पढ्नुहोस्


पर्यटकको रोजाइमा मुसिकोट दरबार

असोज ४, मुसिकोट रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ स्थित मुसिकोट दरबार पर्यटकको रोजाइमा पर्न थालेको छ । दरबार संरक्षणका लागि पुरातत्व विभागले काम गर्न थालेपछि यहाँ बाह्य तथा आन्तरिक पर्यटक अवलोकनका लागि आउन थालेका छन् । दरबार रहेको मुसिकोट डाँडामा यस वर्ष पर्यटन मन्त्रालयअन्तर्गत पुरातत्व विभागको सहयोगमा ७६ मिटर सडक निर्माण गरिएको छ । सडक निर्माण गर्न पहिलो चरणमा पुरातत्व विभागले रु १० लाख अनुदान उपलब्ध गराएको मुसिकोट दरबार संरक्षण समितिका अध्यक्ष लोकेन्द्र मल्लले जानकारी दिनुभयो । सडक बनेपछि मुसिकोट डाँडा घुम्न आउने पर्यटकलाई सहज भएको छ । सशस्त्र द्वन्द्वको समयमा करीब पाँच वर्ष नेपाली सेनाले सो डाँडामा अस्थायी क्याम्प बनाएकोपूरा पढ्नुहोस्


नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध – उपराष्ट्रपति पुन

असोज ४, काठमाडौँ उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई आज सम्बोधन गर्दै उहाँले नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको बताउनुभयो । चीनले अवलम्बन गरिरहेको मित्रता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तद्वारा निर्देशित छिमेक कूटनीतिको प्रसंशा गर्दै उपराष्ट्रपति पुनले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिरहेकाले त्यसमा महत्वपूर्ण उपलब्धि हासिल भइरहेको छ भन्नुभयो । केही वर्षयता दुई देशबीच पारवहन यातायात सम्झौता, बेल्ट एण्ड रोड इनिसियेटिभपूरा पढ्नुहोस्


किबी खेती विस्तार

असोज ४, पर्वत थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि कुश्मा नगरपालिकाका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । नगरपालिकाका विभिन्न वडामा किबी खेतीको विस्तार अभियान थालिएको छ । एक हजार ४०० मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । कुश्मा नगरपालिका–३ दुर्लुङका खेम गुरुङ विगत चार वर्षदेखि एक रोपनी क्षेत्रफलमा किबी खेती गर्दै आउनुभएको छ । पर्याप्त फल दिन थालेपछि नगरपालिकाका सवै वडामा किबी खेतीको विस्तार गर्न थालिएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । कुश्मा नगरपालिका–३ दुर्लुङ, वडा नं १२ ठूलीपोखरी, वडा नं १३ खौलालाकुरी र वडा नं १४ आर्थर डाँडाखर्कमा किबी खेती विस्तार गर्न लागिएको होपूरा पढ्नुहोस्


शान्ति विश्वविद्यालय प्रस्ताव स्वीकृत

असोज ४, काठमाडौँ प्रतिनिधिसभाको आजको बैठकले ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको सम्झौतासम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । गृहमन्त्री थापाले विश्व शान्तिको स्थापनामा नेपालले महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै उक्त सम्झौता अनुमोदन गर्नु जरुरी रहेको बताउनुभयो । नेपालमा स्थायित्व र शान्ति स्थापनार्थ शान्ति विश्वविद्यालयको अवधारणा अगाडि सारिएको उल्लेख गर्दै मन्त्री थापाले शान्ति स्थापनासम्बन्धी अनुसन्धानकर्ता तयार पार्न विश्वविद्यालय सान्दर्भिक एवं उपयोगी भएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज ९ गते मङ्गलबार दिनको २ बजे बस्नेछ । समितिको सभापति निर्वाचनपूरा पढ्नुहोस्


त्रिपालको छानो राखेर सुत्छन् कैदीबन्दी

असोज ४, कञ्चनपुर वर्षौ पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागारका कैदी–बन्दी त्रिपालको छाना राखेर बस्न बाध्य भएका छन् । भवन मर्मत नहुँदा छानाबाट पानी चुहिने, लगाइएका इँटासमेत खिइएर झर्न थालेको, पर्खालभित्रको च्यानल गेटसमेत पुरानो भएका कारण बन्द गर्न गाह्रो हुने गरेको उनीहरूले बताएका छन् । अर्थाभावले कारागारका जीर्ण भवन मर्मत हुननसकेको कारागार प्रमुख श्यामराज भट्ट बताउनुहुन्छ । “भवन निकै पुरानो भएकाले छत चुहिन्छ,” उहाँ भन्नुहुन्छ, “माथिल्लो तलबाट समेत पानी आउने भएकाले कैदी–बन्दीलाई बस्न निकै गाह्रो छ उत्तर–पूर्वतर्फको बुर्जाघरमा चट्याङ परेर भत्केको धेरै भयो । मर्मत गर्ने रकम नहुँदा त्यत्तिकै छ भने महिला कैदीबन्दी बस्दै आएको भान्साघरको छाना समेत खस्नेपूरा पढ्नुहोस्


चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

असोज ४, काठमाडौँ चीनको औपचारिक भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ तथा मासुजस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताउनुभयो । उहाँले १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदियाँैदेखि सांस्कृतिक एवं विविध सम्बन्ध रहँदै आएको चर्चा गर्नुभयो । उपराष्ट्रपति पुनले नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका व्यापार तथा पारवहान सम्झौता र चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ (बिआरआई)मा भएको हस्ताक्षर नेपालका लागि विशेष रहेको बताउनुभयो । उहाँले चिनियाँ बन्दरगाहा प्रयोगसम्बन्धी सम्झौतामापूरा पढ्नुहोस्


अवरुद्ध सडक एक हप्तापछि खुल्यो

असोज ४, म्याग्दी बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगङ्गाले कटान गरेर सडक बगाएको ठाउँमा खोला फर्काउनुका साथै पहाड काटेर सवारी साधन आवतजावत गर्न मिल्ने बनाइएको हो । भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले करीब ३० मिटर सडक बगाएपछि उक्त स्थानमा सडक अवरुद्ध भएको थियो । मर्मतपछि बेनी–देखि काभ्रेभीरसम्मको खण्डमा सवारी साधन सञ्चालन गर्न सकिने भएको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो । काभ्रेभीरमा अवरुद्ध सडक खुलाउन भने नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थ प्रयोग गरिने भएको छ । सडक पूर्णरूपमा सञ्चालन गर्न अझै एक, दुई दिन लाग्ने आयोजना प्रमुखपूरा पढ्नुहोस्