Main Menu

Thursday, September 20th, 2018

 

क्यान्सर पीडित बालकको उपचारमा सहयोग

असोज ४, काठमाडौँ नयाँबानेश्वरस्थित काव्य विद्यालयका छात्र \छात्राले संविधानका विशेषताका बारेमा जानकारी लिनाका साथै रक्त क्यान्सरबाट पीडित आठ वर्षीय बालक हिमाल पाण्डेको उपचारमा केही रकम जुटाएका छन् । कान्ति बाल अस्पतालमा उपचार गराइरहेका खोटाङ रावाँबेशी गाउँपालिका–४ ठुम्रे धारापानीका पाण्डेको हाल रक्त क्यान्सरको दोस्रो चरण (एएलएल)को उपचार भइरहेको सम्बद्ध चिकित्सकले जनाएका छन् । छात्रछात्राका जन्मदिनका अवसरमा सङ्कलित रकमका साथै विष्णु बाँस्कोटा फाउण्डेशन एवं विद्यालय परिवारबाट सङ्कलित रु २५ हजार बुधबार आयोजित कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य नवराज बाँस्कोटा तथा विद्यालयका बालनायक अनुभव रेग्मीले पीडित बालक पाण्डेलाई प्रदान गर्नुभयो । बिरामी बालकको थप उपचार गर्न रकम अभाव भएपछि रकम सङ्कलन गर्न स्काउटका वरिष्ठपूरा पढ्नुहोस्


नेपाल–चीन सम्बन्ध विस्तार र सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रितः अध्यक्ष प्रचण्ड

असोज ४, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताउनुभएको छ । चारदिने चीन भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भ्रमणका क्रममा नेपाल र चीनबीच भएका यातायात तथा पारवहन सम्झौताको प्रोटोकलको कार्यान्वयका पक्षमा विभिन्न कोणबाट छलफल भएको जानकारी दिनुभयो । दुई पार्टीबीचको सम्बन्ध सुदृढ गर्न त्यहाँको नेतृत्व वर्गसँग आफूले गम्भीररुपमा छलफल गरेको बताउँदै उहाँले आफ्नो चीन भ्रमण सफल भएको दाबी गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “दुई वटा सरकारकाबीच भएका पछिल्ला सहमति र समझदारी समयबद्धपूरा पढ्नुहोस्