Main Menu

Saturday, September 8th, 2018

 

बिरामीको सङ्ख्या ३७९ पुग्यो

भदाै २३, बनेपा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा शनिबार भएको तीजको दर खाने क्रममा विषाक्त खानाका कारण बिरामी हुनेको सङ्ख्या ३७९ पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार १३५ जनाको अहिले अस्पताल भर्ना गरी उपचार भइरहेको जनाएको छ । बाँकी उपचार गरी घर फर्किसकेको खड्काले जानकारी दिनुभयो । बिरामीमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ८६ को उपचार भइरहेको र उहाँहरूको अवस्था सामान्य रहेको अस्पतालका डा अनमोल श्रेष्ठले जानकारी दिनुभयो । पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावलम्वन बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार आयोजना गरिएको तीज विशेष दर खाने कार्यक्रममा दर खाने क्रममा सो घटना भएकोपूरा पढ्नुहोस्


घाइते आनीलाई काठमाडौँ ल्याइयो

भदाै २३, काठमाडौँ आज गोरखाबाट काठमाडौँ आउँदै गरेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा बाँच्न सफल यात्रु आनी डोल्मालाई काठमाडौँ ल्याइएको छ । दुर्घटनामा बाँच्न सफल एकमात्र यात्रु डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले मिडियालाई जानकारी दिनुभयो । प्रतिकूल मौसमका कारण शवहरु भने काठमाडौँ ल्याउन नसकिएको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा चालकसहित सात जना रहेकोमा डोल्माबाहेक छ जनाको मृत्यु भइसकेको छ । आज बिहान गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको थियो । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेको प्रहरी चौकी सामा गाउँ गोरखाले जनाएकोपूरा पढ्नुहोस्


‘खबर हराएको चिठ्ठी’को सन्देश : द्वन्द्वको घाउ बाँकी नै छ, चिराग पनि निभेको छैन

जनयुद्धमा शहीद बनेकाहरुको परिवारले शहीदको सपना साकार भएको अनुभूति गर्न पाएको छैन । वेपत्ता भएका योद्धाहरुको परिवारमा सन्तोषले सास फेर्ने दिन आएको छैन । शहीदका सन्तानले अब के गर्ने ? बेपत्ता योद्धाका अभिभावक र सन्तानले अब पनि कुरेर के बस्ने ? यसको जवाफका लागि प्रश्नलाई नै खबर बनाई चिठ्ठी बाँड्दैछ ‘खबर हराएको चिठ्ठी’ले काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा । दश वर्षसम्म जनयुद्ध भयो । हजारौंले ज्यान गुमाए । हजारौंको अङ्ग भङ्ग भयो । हजारौं बेपत्ता भए । १० दिने देशव्यापी जनआन्दोलन भयो । दर्जनौंको ज्यान गयो । सयौं घाइते भए । संविधानसभा आयो । राजतन्त्र गयो । गणतन्त्र आयो । अहिलेपूरा पढ्नुहोस्


दुई सय वर्ष पुरानो ‘बर्खे नाच’को रौनकता

भदाै २३, बेनी कालिगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारमा यतिबेला बर्खे नाचको रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच शुरु भएको मानिन्छ । खासगरी बेनीमा बसोवास गर्ने नेवार समुदायको अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाच देखाइने यसबर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ । वर्षायाम सकिन लाग्दा यहाँका सडक, चोक र बस्ती संस्कृतिमय बनेका छन् । नेपाल भाषा मंका खलको मूलआयोजनामा यहाँ बर्खे नाच देखाइने गरे पनि यो नाचले अन्य समुदायमासमेत रौनकता ल्याउने गरेको छ । सूचना प्रविधिको विकासले मौलिक र रैथाने संस्कृति लोप हुँदैपूरा पढ्नुहोस्


बाँस बेचेर विद्यालयलाई सहयोग

भदाै २३, कञ्चनपुर कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा रहेको जनहित महाकाली सामुदायिक वनले बाँस बेचेर विद्यालयलाई सघाउँदै आएको छ । सामुदायिक वनको २४ हेक्टर क्षेत्रफलमा तीन प्रजातिका झण्डै पाँच हजार बढी बाँसका बिरुवा रोपेर हुर्काएको छ । रोपिएका बाँस बेचेर सामुदायिक वनले वार्षिक रुपमा रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्दैआएको छ । बाँस बेचेर आएको रकम विद्यालयका निजी स्रोतमा पढाउँदै आएका शिक्षकको तलब, विद्यार्थीलाई छात्रवृत्ति र भौतिक पूर्वाधार निर्माणका लागि खर्चदै आएको छ । बालकल्याण आधारभूत विद्यालय, कालिका माध्यमिक विद्यालय र उदय सरस्वती माध्यमिक विद्यालयलाई यसवर्ष रु ५० हजारका दरले रकम उपलब्ध गराइएको सामुदायिक वनका सचिव शालिकराम चौधरीले बताउनुभयोपूरा पढ्नुहोस्


डलर फलाउने नेपालको अराविका कफी

भदाै २३, पोखरा “नेपालको प्राङ्गारिक अराविका कफीको विश्व बजारमा अत्याधिक माग भए पनि त्यसअनुरुप उत्पादन हुन सकेको छैन,” राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक लक्ष्मण पोखरेलले भन्नुभयो । उहाँका अनुसार विश्व बजारमा प्राङ्गारिक अराविका कफीको वार्षिक आठ हजार मेट्रिक टन माग भएपनि हालको नेपालको उत्पादन वार्षिक ४६६ मेट्रिक टन मात्र छ, जसमध्ये ९६ मेट्रिक टन मात्र निर्यात हुने गरेको छ । नेपालमा उत्पादित कफी विशेषगरी जापान, कोरिया, क्यानडा, अमेरिका, बेलायत भारत लगायतका देशमा निर्यात हुने गरेको छ । यहाँको अराविकास जातको कफी बाहिरी देशमा अत्याधिक रुचाइने भएकाले कफी बगैँचामा फूल फूल्दाकै अवस्थामा उत्पादनको अवस्था अनुमान गरीपूरा पढ्नुहोस्


नुवाकोटमा हेलिकोप्टर दुर्घटना, यात्रुको अवस्था अज्ञात

भदाै २३, बिदुर गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको छ । नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ । हेलिकोप्टरमा सवार व्यक्तिको अवस्था के कस्तो छ भन्ने जानकारी नखुलेको जिल्ला प्रहरीपूरा पढ्नुहोस्


बन्दीपुरमा पर्यटन तथा सांस्कृतिक महोत्सव

भदाै २३, दमौली तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि तनहुँ पर्यटन तथा सांस्कृतिक महोत्सव एवं बन्दीपुर भेटघाट शुरु भएको छ । बन्दीपुर गाउँपालिका, बन्दीपुर युनेस्को क्लब, रोटर्याक्ट क्लब अफ दमौली र ड्याप्स नेपालको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गर्दै तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले तनहुँको पर्यटकीयस्थल एवं संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न महोत्सव फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । बन्दीपुरलाई केन्द्रमा राखेर समग्र तनहुँकै सांस्कृतिक परम्पराको उजागर गर्नका लागि आयोजित महोत्सवले संस्कृतिको जगेर्ना हुनुका साथै पर्यटकीयस्थलको प्रचारप्रसार गर्नसमेत मद्दत पुग्ने सांसद श्रेष्ठले बताउनुभयो । सन् २०२० सम्ममा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथपूरा पढ्नुहोस्


आङ खस्ने समस्या जटिल बन्दै

भदाै २३, नेपालगञ्ज बर्दिया सानोश्री की ३६ वर्षिया रामकली चौधरीको पाठेघर झिकिएपछि उनलाई पहिले जस्तो काम गर्न सहज छैन । “तल्लो पेट दुख्ने, सेतो पानी आउने र शरीर शिथिल हुने अवस्था भए पनि कसैलाई भनिन् । पछि थाहा भयो मेरो पाठेघर बिग्रिसकेको रहेछ ।” विशेषतः ग्रामीण भेगका महिला आफ्नो भित्री स्वास्थ्य अवस्था खतराको सङ्केतभन्दा माथि पुगेपछि बल्ल अरुलाई भन्ने गर्छन् । परिवारमा पुरुषको तुलनामा निर्णय तहमा पकड नहुँदा ग्रामीण क्षेत्रका महिला स्वास्थ्य समस्याबाट बढी प्रभावित हुने गरेका छन् । महिलालाई अन्य स्वास्थ्य समस्याभन्दा प्रजनन स्वास्थ्य समस्याले अझ बढी गाँजेको पाइन्छ । प्रदेश ५, प्रदेश ७ र कर्णाली प्रदेशको हुम्ला, जुम्ला,पूरा पढ्नुहोस्


पत्रकार कुटिए

भदाै २३, चितवन गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटेका छन् । नगरपालिकाको शुक्रबार कार्यपालिकाको बैठकपछि समाचार सङ्कलन गर्न जानुभएका जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीमाथि कुटपिट भएको छ । गोर्खालीका अनुसार अनुमति लिएर बैठकपछि कक्षमा प्रवेश गरेलगत्तै मोबाइलमा आवाज रेकर्ड गरेको भन्दै जनप्रतिनिधिले कुटेका थिए । उनीहरुले गोर्खालीको मोबाइल र डायरी पनि लगेको उहाँले बताउनुभयो । यसैबीच घटनाको पत्रकार सम्बद्ध सङ्घ सङ्गठनले विरोध जनाएका छन् । नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार सङ्गठन चितवनले आज विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बैठकपछि आफू बाहिरपूरा पढ्नुहोस्