Main Menu

Saturday, September 8th, 2018

 

मन्त्रिमण्डलमा हेरफेर हुँदैन – प्रधानमन्त्री

भदाै २३, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति महासङ्घ नेपालले आज आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उल्लेख गर्दै भन्नुभयो, “केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।” कार्यक्रममा सहभागी अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आलोचना र हमलाबाट नडराउन पनि आग्रह गर्नुभयो । आफ्नो नेतृत्वमा पार्टी रपूरा पढ्नुहोस्


विद्युत् उत्पादनमा सहकार्य गर्न इच्छुक -अध्यक्ष दाहाल

भदाै २३, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजनीतिक स्थिरतासँगै लगानी र प्रतिफल सुरक्षाको वातावरण सिर्जना भएको बताउनुभएको छ । भारत भ्रमणमा रहनुभएका उहाँले शुक्रबार साँझ नयाँ दिल्लीमा ‘इण्डो–नेपाल सेन्टर’ उद्घाटन तथा ‘नेपालको समावेशी विकासको मार्गचित्र’सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै परम्परागत नीति नियम परिवर्तन गरी नेपालमा लगानीमैत्री वातावरण सिर्जना गरिएको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “आर्थिक समृद्धिका लागि हामी अघि बढेका छौँ । नेपाल प्राकृतिक सम्पदा प्रचूर रहेको देश हो । यहाँ जलविद्युत्का धेरै सम्भावना छन् । विद्युत् उत्पादनमा हामी सहकार्य गर्न इच्छुक पनि छौँ ।” जलऊर्जा विद्युत् उत्पादनका लागि मात्र नभएको बताउँदै अध्यक्षपूरा पढ्नुहोस्


अलपत्र क्याम्पस भवन निर्माण गरिने

भदाै २३, बाँके चौध वर्षदेखि निर्माण अलपत्र छाडिएको महेन्द्र बहुमुखी क्याम्पसका दुई भवन आगामी महिनादेखि निर्माण गरिने भएको छ । क्याम्पसको सक्रियता र नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा जीर्ण बन्दै गएका स्नातकोत्तरको कक्षा र छात्रावास भवन असोजदेखि निर्माण शुरू गर्ने तयारी भइरहेको क्याम्पस प्रमुख गणेश रेग्मीले जानकारी दिनुभयो । “उपमहानगरपालिकाले भवन निर्माणका लागि रु ५० लाख विनियोजन गरेको छ । प्राविधिक लागत अनुमान तयार भइसकेको छ,” उहाँले भन्नुभयो, “अबको १५-२० दिनमा निर्माणको प्रक्रिया अघि बढ्छ ।” उक्त भवन निर्माणमा १४ वर्षअघि भारतीय राजदूतावासले आर्थिक सहयोग गर्ने सहमति गरेको थियो । क्याम्पस प्रमुख रेग्मी भन्नुभयो, “सम्झौताबमोजिमको सहयोग प्राप्त हुन सकेन र निर्माणपूरा पढ्नुहोस्


खच्चड मालिक भए गाडी मालिक

भदाै २३, जाजरकोट जाजरकोटका अधिकांश खच्चड मालिक अहिले गाडी मालिक भएका छन् । सडक विस्तारले उनीहरूलाई खच्चडबाट गाडी मालिकमा रूपान्तरण गरिदिएको हो । नलगाड नगरपालिका वडा १० का अशोक ध्यारको अहिले एउटा जिप छ । एक वर्षअघिसम्म नौ खच्चडका मालिक ध्यारले गत वर्ष खच्चड बिक्री गरेर जिप खरिद गर्नुभयो । उहाँकै छिमेकी कालीबहादुर रोकाले पनि खच्चड बेचेर एउटा ट्याक्टर र एउटा जिप किन्नुभयो । उक्त नगरपालिका– ७ दल्लीबाट वडा नं १३ तल्लुसम्म ट्र्याक्टरबाटै सामान ढुवानी गरेर राम्रो आम्दानी गरिरहेको उहाँ बताउनुहुन्छ । जाजरकोट–डोल्पा सडक डोल्पासम्मै पुगेपछि ध्यार र रोका मात्रै होइन उक्त नगरपालिकाका अधिकांश खच्चड व्यवसायीले पछिल्लो समय गाडी खरिद गरेरपूरा पढ्नुहोस्


माथिल्लो कर्णालीको बिजुली बङ्गलादेशले किन्ने

भदाै २३, ढाका नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि गरेको हो । बङ्गलादेशको भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई यहाँको विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले उक्त आयोजनाको विद्युत् खरिद गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको जानकारी गराउनुभएको हो । शुक्रबार ढाकास्थित नेपाली दूतावासले गरेको कार्यक्रममा मन्त्री पुनले भन्नुभयो, “विद्युत् खरिद गर्ने निर्णय भइसकेको र अहिले दुई पक्षबीच खरिद दरलगायत अन्य प्राविधिक पक्षमा छलफल भइरहेको यहाँका मन्त्रीले जानकारी दिनुभएको छ ।” जिएमआरलेपूरा पढ्नुहोस्