Main Menu

घुम्ती शिविर

भदाै ३१, दमौली

जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा दिने उद्देश्यसहित शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा शनिबार शिविर आयोजना गरेको छ ।

शिविरमा ८९ जना सेवाग्राहीलाई नागरिकता वितरण गरिएको प्रजिअ भरतकुमार शर्माले जानकारी दिनुभयो । शिविरमा पूर्ण अपाङ्गता भएका १८ वर्षीय आशिष ढकालले समेत नागरिकता बनाएका थिए । सो अवसरमा ९७ सेवाग्राहीले मतदाता परिचयपत्र बनाएका , ८८ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले जनतालाई घरदैलोमा नै सेवा दिने उद्देश्यले प्रशासनले गरेको कार्य सराहनीय भएको बताउनुभयो ।

प्रशासनले दुर्गम स्थानलाई प्राथमिकता दिँदै नागरिकता प्रमाणपत्र, राहदानी, बजार अनुगमन एवं अन्य सेवा लिँदा पुर्याउनुपर्ने प्रक्रिया र कागजातको सन्दर्भमा स्थानीय तहको संयोजनमा स्थानीय तहका निर्वाचित प्रतिनिधि र कर्मचारीसँग समेत अन्तरक्रिया र अनुशिक्षण कार्यक्रम गर्ने योजना बनाएको छ ।

सामुदायिक अस्पताल हस्तान्तरण

यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेमा सञ्चालित फूलबारी सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरिएको छ ।

स्थानीय जनताको अनुदानबाट सञ्चालित अस्पताललाई शुक्लागण्डकी नगरपालिकाको स्वामित्वमा रहने गरी हस्तान्तरण गरिएको हो । अस्पतालका अध्यक्ष शालिकराम भट्टराईले शनिबार उक्त अस्पतालको सम्पूर्ण स्वामित्व शुक्लागण्डकी नगरपालिकालाई हस्तान्तरण गर्नुभयो ।

उक्त अस्पतालले शुक्लागण्डकी नगरपालिका–१०, ११, १२ र स्याङ्जाको हरिनास तथा बिरुवा गाउँपालिकाका सर्वसाधारणलाई समेत सेवा दिँदै आएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद आशा कोइरालाले जनताको लगानीमा जुटाइएको सम्पत्ति सरकारलाई बुझाउनु उदाहरणीय कार्य रहेको बताउनुभयो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले अस्पताललाई १५ श्ययाको बनाउन प्रदेश सरकारसँग समन्वय गरिने बताउनुभयो ।

(Visited 187 times, 1 visits today)

टिप्पणी

comments