Main Menu

किवानिज शैक्षिक सम्मेलन शुरु

भदाै १६, पोखरा

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालको तीन दिने शैक्षिक सम्मेलन पोखरामा शुरु भएको छ । किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजनकुमार श्रेष्ठ र किवानिज इन्टरनेशनल एशिया प्यासिफिकका अध्यक्ष पिटर जेन्डरले शैक्षिक सम्मेलनको एक समारोहबीच उद्घाटन गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले किवानिज इन्टरनेशनलले वार्षिकरूपमा क्लबका पदाधिकारीलाई प्रविधियुक्त बनाउन शैक्षिक सम्मेलन आयोजना गरिएको बताउनुभयो । हाल नेपालभित्र २५ किविनिज क्लबमा सात सयभन्दा बढी सदस्य आवद्ध रहेको उल्लेख गर्दै उहाँले संस्थाका तर्फबाट जिल्लामा बालबालिकालाई स्टेशनरी, खाजा, खेलकूद सामग्रीलगायतका सामान प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

किवानिज इन्टरनेशनल एशिया प्यासिफिकका अध्यक्ष पिटर जेन्डरले एक सय बढी सहभागीलाई क्लब निर्माण, अन्तर्राष्ट्रिय पोर्टल सञ्चालन, अनलाइन र इमेलबाट रिपोर्ट तथा जानकारी पठाउने र पाउने विधिका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

किवानिज इन्टरनेशनल सिन्धुपाल्चोक क्लबका अध्यक्ष सुजीत बस्नेतले शैक्षिक सम्मेलनले क्लबका पदाधिकारीको सीप र प्रविधि विकासमा सहयोग पुग्ने बताउनुभयो । किवानिज चिल्ड्रेन फण्ड नेपाल चेयर दामोदर ढकालले सन् २०२० सम्ममा रु एक करोड राशिको किवानिज चिल्ड्रेन फण्ड नेपाल व्यवस्थापन गर्न लागिएको बताउनुभयो ।

(Visited 102 times, 1 visits today)

टिप्पणी

comments