Main Menu

Saturday, September 1st, 2018

 

सबैै स्थानीय तहमा प्रहरी सङ्गठन

भदाै १६, काठमाडौँ नेपाल प्रहरीको सङ्गठन ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको छ । गत २०७५ जेठ २७ को सरकारी निर्देशनबमोजिम प्रहरी कार्यालय नभएका बाँकी ३० स्थानीय तहमा प्रहरी कार्यालय स्थापना गरिएको हो । यसअघि चार नगरपालिका र २६ गाउँपालिका बाहेक ७२३ स्थानीय तहमा मात्र प्रहरी कार्यालय रहेकामा अहिले सबै स्थानीय तहमा स्थापना भइसकेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले सङ्घीयता कार्यान्वयन र सुरक्षा सुदृढीकरणका लागि प्रहरीले सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना गरेको जानकारी दिनुभयो । “चार नगरपालिका र २६ गाउँपालिकाका लागि एक हजार ६५ प्रहरीलाई खटाएका छौँ”, उहाँले भन्नुभयो । प्रवक्तापूरा पढ्नुहोस्


२४ प्रकारका सेवा निःशुल्क

भदाै १६, बैतडी स्थानीय तहहरुले करको दायरा बढाइरहेका बेला यहाँको दशरथचन्द नगरपालिका–२ देहिमाडौँ वडा कार्यालयले २४ प्रकारका सेवा निःशुल्क गरेको छ । गरीब नागरिकलाई पनि सरकारी कामकाजका लागि सहज गराउन यस्ता विभिन्न सेवा निःशुल्क प्रदान गर्ने घोषणा गरिएको वडाध्यक्ष रनबहादुर बोहराले जानकारी दिनुभयो । नागरिकता, नागरिकताको प्रतिलिपि, मोही लागत कट्टा, व्यापार व्यवसाय बन्द, मिलापत्र दर्ता, विवाहित तथा अविवाहित प्रमाणित, स्वास्थ्य उपचार, फरकफरक नामथर, जन्ममिति प्रमाणित तथा दुवै नाम एउटै हो भन्नेजस्ता सिफारिश निःशुल्क हुने उहाँले बताउनुभयो । यस्तै जग्गाधनी प्रमाण पूर्जा संशोधन, कित्ताकाट, नामसारी, जग्गाको हक, नाता प्रमाणित, जीवित रहेको प्रमाणित, पालनपोषण, वैवाहिक अङ्गीकृत नागरिकता, दलित अपाङ्गता प्रमाणितलगायत सिफारिशलाई पनिपूरा पढ्नुहोस्


कृषि मन्त्रालयको रु छ करोड बजेट

भदाै १६, वीरेन्द्रनगर आर्थिक वर्ष २०७४\०७५ मा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कूल बजेटको करीब ६५ प्रतिशत खर्च गरिसकेको छ । मन्त्रालयका लागि विनियोजित रु १० करोड सात लाख ७७ हजार बजेटमध्ये रु छ करोड ५४ लाख ७५ हजार रकम खर्च भएकामा चालूतर्फ रु एक करोड ३७ लाख र पूँजीगततर्फ रु पाँच करोड १७ लाख खर्च भएको हो । भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीले शुक्रबारआयोजित पत्रकार सम्मेलनमा सातै प्रदेशका मन्त्रालयमध्ये बजेट कार्यान्वयनमा पहिलो मन्त्रालय बनेको जानकारी दिँदै भन्नुभयो, “हाम्रो मन्त्रालयले जनस्तर उकास्ने कार्यक्रम गरेकाले कृषकमा प्रत्यक्षरुपमा सकारात्मक प्रभाव परेको छ ।” मन्त्रालयले कर्णाली प्रदेशमा सहकारी भवन निर्माण,पूरा पढ्नुहोस्


पढ्ने चाहना पूरा गर्दै बृद्धा जुरीमायाँ

भदाै १६, खोटाङ एक वर्षदेखि दिक्तेल बजारमा कोठा भाडामा लिएर एक्लै बसोबास गर्दै आउनुभएकी जुरीमायाँ राई बल्ल अहिले आएर किताब लेखपढ गर्नसक्ने हुनुभएको छ । स्थानीय सरस्वती माविको एक कक्षामा बाह्रखरी र अङ्कहरु सिक्दै गर्नुभएकी केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ७५ वर्षीया उहाँ अहिले वाईवलसमेत पढ्न सक्ने हुनुभएको छ । क्रिश्चियन धर्मावलम्बी जुरीमायाँ भन्नुहुन्छ, “सेवामा जान्छु, कहिलेकाहीँ नबुझेको कुरा सोध्दा हल्ला भयो भन्ने गरेकाले आफैँ पढ्न सक्ने बन्न स्कूल आएकी हूँ ।” विसं २००१ साउन ८मा जन्मनुभएकी उहाँ गत साउन ६ गते दिक्तेलस्थित सरस्वती माविको कक्षा–१ मा भर्ना भएर अध्ययन गरिरहनुभएको छ । उहाँको रोल नं ३१ रहेको विद्यालयले जनाएको छ ।पूरा पढ्नुहोस्


गन्तव्य बन्दै पुस्तकालय

भदाै १६, बागलुङ पुस्तकालय, पढेर ज्ञान आर्जन गर्ने थलो त हुँदै हो तर यहाँको एक पुस्तकालय भने प्राज्ञिकसँगै एक गन्तव्यका रुपमा पनि विकसित भएको छ । विसं २००३ मा स्थापित ‘विद्यामन्दिर पुस्तकालय’ आफ्नै सङ्र्घषपूर्ण इतिहास र समाजमा पुर्याएको योगदानका कारण धेरैको आकर्षणमा छ । देशकै पुराना पुस्तकालय मध्येको यो पुस्तकालय धवलागिरि क्षेत्रको जेठो पुस्तकालय हो । राणाकालमै स्थापित हुनाका साथै अलग्गै गरिमा रहेको उक्त पुस्तकालयलाई यस क्षेत्रकै शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जागरणको केन्द्रका रुपमा समेत लिइन्छ । हस्तलिखित अवस्थाबाट शुरु भएको पुस्तकालयले अहिले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी)का बनेकोे छ । स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली र गोरखपुरबाट भरिया लगाएरपूरा पढ्नुहोस्