Main Menu

एकदिन [कविता]

  • अनामिका गौतम

मुटुमा बस्छौ,आत्मामा हास्छौ, भरोसा तिमी नै
रंगीन आशा ,सम्झना गर्दै बढ्नु है एकदिन

भोलिका तिमी भविष्य हाम्रो,आजका कोपिला
बगैचाभरि, सुबास मीठो छर्नु है एकदिन

सुनौलो स्वप्न बोकेर हिड्ने, तिम्रा ती नयन ले
सुनौलो बिहान, यो सृष्टिमाझ ल्याउनु है एकदिन

मुस्काउनु सधै, नलागोस तिमीलाई,शत्रुको नजर
कलिला हातले, इतिहास नौलो रच्नु है एकदिन

(Visited 378 times, 1 visits today)

टिप्पणी

comments