Main Menu

कवि सरिता तिवारीको पुस्तक विमोचन

जेठ २२, काठमाडौं

राजधानीमा आज कवि सरिता तिवारीकाे “प्रश्नकाे कारखाना” कविता सङ्ग्रहकाे हिन्दी भाषामा अनुदित कृति “सवालाेंकाे कारखाना”काे विमाेचन कार्यक्रम सम्पन्न भयाे । उक्त पुस्तकको विमाेचन कवि तथा समालोचक अमर गिरी, अनुवादक प्रमाेद धिताल, कवि सरिता तिवारी र भारतीय विचारक एवम् ‘परिकल्पना प्रकाशन’ सम्बद्ध सत्यमले गरेका थिए ।

कार्यक्रममा विमोचित कविता सङ्ग्रह पुस्तकका अनुवादक  प्रमोद धितालले कवि सरिताकाे कविता अनुवाद गर्दा आफूले पाएको सरलता एवम् अनुभूति भएको कठिनाइका बारेमा विचार व्यक्त गरे । त्यस्तै गरी उक्त कार्यक्रममा विमोचित कविता सङ्ग्रहकी रचयिता कवि सरिता तिवारीले आफ्नो कृति प्रकाशनका लागि सुरुमा एउटा प्रकाशन संस्थालाई काम गर्न दिएको भए पनि आधाउधि काम भइसकेपछि कारणवश त्यहाँबाट फिर्ता लिनुपरेको बताइन् । उनले सुरुको प्रकाशन गृहबाट पछि कसरी ‘परिकल्पना प्रकाशन’सँग जाेडिन पुगियाे भन्नेबारेमा अाफ्नाे अनुभव राखिन् । उक्त कार्यक्रममा प्रकाशकका तर्फबाट श्री सत्यमले नेपाली कविता हिन्दी भाषामा अनुवाद हुनु सुखद कुरा भएकाे राय व्यक्त गरेका थिए भने उक्त कवितासंग्रहका भूमिकाकार डा. अमर गिरीले पनि अाफ्नाे मन्तव्य व्यक्त गरेका थिए ।

तस्विर : हीरा महर्जन/ईमूल्याङ्कन

(Visited 356 times, 1 visits today)

टिप्पणी

comments