Main Menu

Saturday, September 15th, 2018

 

सिर्दिबास घट्टेखोलामा आएको बाढीले छ घर बगायो

भदाै ३०, गोरखा गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ । केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो । लगातारको वर्षाले बढेको खोला थुनिएपछि पानी एक्कासी नागचेततर्फ बग्यो, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, “बाढी बस्तीमा पसेपछि नागचेतमा व्यापार व्यवसाय गर्दै आएका मानिसको घर बगायो ।” शुक्रबार दिउँसोदेखि नै घट्टेखोला कहिले यता कहिले उता बग्ने गरेको स्थानीयवासीले आफूलाई जानकारी दिएको भन्दै उहाँले खोला नागचेततिर फर्किदा बस्तीमा क्षति पुगेको बताउनुभयोे । “तीन दिनदेखि लगातार पानी परेको थियो, साँझ गडगड आवाज आयो, केपूरा पढ्नुहोस्