Main Menu

Tuesday, September 18th, 2018

 

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सामूहिक प्रतिबद्धता

असोज २, काठमाडौँ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रदेश सरकार सामाजिक विकासमन्त्रीले बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायत लैङ्गिक हिंसा तथा सामाजिक कुरीति अन्त्य गर्न सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग सोमबार यहाँ गरेको छलफलपछि आज जारी काठमाडौँ प्रतिबद्धतापत्रमा सो घोषणा गरिएको हो । प्रतिबद्धतापत्रमा बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायत लैङ्गिक हिंसा तथा सामाजिक कुरीति अन्त्य गर्न दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्नुका साथै अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार प्रवद्र्धन तथा संरक्षणका लागिपूरा पढ्नुहोस्


गुन्द्री बोकेर विद्यालय

असोज २, बर्दिवास महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन खुलाचौरमा गरिँदै आएको छ । कक्षा कोठा अभावमा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य छन् । कक्षा आठसम्म अध्ययन\अध्यापन हुँदै आएको उक्त विद्यालयका बालबालिका विद्यालय परिसरभित्र आँपका रुखमुनि स्लेट (पाटी) र कापी लिएर पढ्दै गरेका देखिन्छन् । बढी रेखदेख गर्नुपर्ने शिशुदेखि तीन कक्षासम्मका बालबालिकालाई खुलाचौरमा रुख मुनि राखेर पढाउने गरिएको छ । उनीहरुले आफ्ना लागि भुइँमा ओछ्याउन बोरा, गुन्द्री र पिरा घरबाटै ल्याउने गरेका छन् । विसं २०३९ मा प्राथमिक विद्यालयका रूपमा स्थापित सो विद्यालयमा २०६९ सालदेखि कक्षा आठसम्मको पठनपाठन हुँदै आएको छ । विद्यालयमा हाल ४९३ विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापकपूरा पढ्नुहोस्


स्याउ गोदाममै थन्कियो

असोज २, मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ । भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको छ । झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक दर्जनौँ ठाउँमा पहिरो, कटान र बाढीका कारण अवरुद्ध छ । यहाँका किसानले बगैँचाबाट टिपेको स्याउ ढुवानी गर्न सकेका छैनन् । स्याउ बजारमा पुर्याउन नसक्दा गोदाममै कुहिन थालेको व्यापारी तथा किसानले बताएका छन् । म्याग्दी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडाैँ, चितवनलगायतका जिल्लाबाट आएर व्यापारीले बगैचामा आएर बोटबाटै स्याउ खरिद गर्ने गरेकापूरा पढ्नुहोस्