Main Menu

Thursday, September 6th, 2018

 

रङ्गशाला निर्माण अलपत्र

भदाै २१, रुकुम, (पश्चिम) रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ । आर्थिक वर्ष ०७०\७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणका आव०७४\७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको हो । खेलकूद मन्त्रालयले भने सो कार्यका लागि स्थानीय तहमा रकम पठाइसकेको जनाएपनि स्थानीय तहले भने बजेट विनियोजन नगरेको र चालु आवमा पनि बजेट आउने कि नआउने भन्ने जानकारी नभएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । रङ्गशाला निर्माणका लागि छ स्थानीय बासिन्दाले १९ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । छ रोपनी सार्वजनिक जग्गा पनि रङ्गशालाको नाममा पास गरिएको पानढुङ्गा स्पोर्ट भिलेज फाउण्डेशनका अध्यक्ष नरबहादुर खड्काले जानकारी दिनुभयोपूरा पढ्नुहोस्


सडक स्तरोन्नति

भदाै २१, बुटवल बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम गरेको छ । उपमहानगरपालिकाका विभिन्न वडामा पाँच हजार मिटर सडक पक्की तथा मर्मतका साथै ठूला मझौला र साना गरी ४६० भन्दा बढी नाला, कल्भर्टमा ह्युमपाइप जडान गरिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । करिव रु ५० लाख सरकारी अनुदानमा सडक पक्की गरिनुका साथै २७ पुल तथा कल्भर्ट निर्माण तथा मर्मत र करीब ९७ ह्युमपाइप विस्तार गरिएको उहाँले बताउनुभयो विद्युत विस्तार बुटवल उपमहानगरपालिकाभित्र उज्यालो शहर अभियानअन्तर्गत विद्युत प्राधिकरण कार्यालयको सहकार्यमा सेमलार मोतीपुर, तामनगर, नयाँगाउँलगायतमा करीब चार हजार मिटर विद्युत लाइन विस्तार गरी आठवटा ट्रान्सफर्मर जडान गरिएको छपूरा पढ्नुहोस्


रिहा भएलगत्तै प्रकाण्ड पुनः-पक्राउ

भदाै २१, भोजपुर नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा भएलगतै पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी गरेको आरोपमा मुद्दा खेपिरहेका ‘प्रकाण्ड’ जिल्ला न्यायाधीश हरिषचन्द्र इङ्गनामको एकल इजलासले ६० हजार धरौटीमा रिहा गरिएलगतै पुनः पक्राउ गरी दाङ लगिएको बताइएको छ । धरौटीमा रिहा भएका प्रकाण्डलाई हालका मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा गत कात्तिक २८ गते बम विस्फोट गराएको मुद्दामा २५ हजार, षडानन्द नगरपालिका–३ भिरथाप्लोमा भएको बम विस्फोटमा २५ हजार र साल्पासिलिछो गाउँपालिका–२ सहकारी टोलमा वाम गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रममा भएको बम विस्फोटमा १० हजार धरौटीमापूरा पढ्नुहोस्


दुनै अन्धकार

भदाै २१, जाजरकोट मङ्गलबार राति पहिरोले कुलो भत्काउँदा सदरमुकाम दुनै बजार अन्धकार भएको छ । स्थानीय जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा पहिरोका कारण ठप्प भएपछि सदरमुकामवासी अन्धकारमा बस्न बाध्य भएका हुन् । जैरीगाड खोला नजिकको पहिरोले नहरको कम्तिमा ४० मिटर भाग भत्काएको आयोजनाले जनाएको छ । भत्किएको नहर निर्माणका लागि क्षेत्रीय विद्युत् प्राधिकरणको प्राविधिक टोलीले प्लाष्टिकका पाइप राखेर पानी सञ्चालन गरिने र यसका लागि बोलपत्र आह्वान गर्नुपर्ने जनाएको छ । यो पटकको पहिरोले कुलोमा ठूलो क्षति भएकाले सानोतिनो मर्मतले संभब नहुने जनाइएको छ । कुलोभन्दा माथि अझै पहिरो आउने सम्भावना भएकाले लामो समयसम्म विद्युत् अवरुद्ध हुनसक्ने र निर्माणकार्य गर्दापूरा पढ्नुहोस्