Main Menu

रङ्गशाला निर्माण अलपत्र

भदाै २१, रुकुम, (पश्चिम)

रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ । आर्थिक वर्ष ०७०\७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणका आव०७४\७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको हो ।

खेलकूद मन्त्रालयले भने सो कार्यका लागि स्थानीय तहमा रकम पठाइसकेको जनाएपनि स्थानीय तहले भने बजेट विनियोजन नगरेको र चालु आवमा पनि बजेट आउने कि नआउने भन्ने जानकारी नभएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । रङ्गशाला निर्माणका लागि छ स्थानीय बासिन्दाले १९ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

छ रोपनी सार्वजनिक जग्गा पनि रङ्गशालाको नाममा पास गरिएको पानढुङ्गा स्पोर्ट भिलेज फाउण्डेशनका अध्यक्ष नरबहादुर खड्काले जानकारी दिनुभयो । निःशुल्क जग्गा उपलब्ध गराउन उत्साहित दाता रङ्गशाला निर्माण अलपत्र परेपछि निराश भएका छन् भन्दै उहाँले तत्काल काम शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष ०७०\७१ मा रु एक लाख ५० हजार, ०७१\७२ मा रु पाँच लाख, ०७२\७३ मा रु १५ लाख र ०७३\७४ मा रु ४५ लाख गरी हालसम्म रु ६६ लाख ५० हजार खर्च भएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । उक्त बजेटबाट रङ्गशालाको ट्र्याक खोल्ने काम गरिए पनि अझैसम्म पूरा भएको छैन ।

रङ्गशालाको डिपिआरका लागि आर्थिक वर्ष ०७३÷७४ मा रु पाँच लाख विनियोजन गरिए पनि अहिलेसम्म डिपिआर हुनसकेको छैन । निर्माणका लागि आउने रकम मध्येबाट कटाएर रु पाँच लाख डिपिआरका लागि छुट्याइए पनि

राष्ट्रिय खेलकुँद परिषद्बाट त्यसका लागि टोली नखटाइएको र सो रकम पनि के मा खर्च भयो भनेर जानकारी नगराइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख छविलाल केसीले जानकारी दिनुभयो ।

(Visited 139 times, 1 visits today)

टिप्पणी

comments