Main Menu

सडक स्तरोन्नति

भदाै २१, बुटवल

बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम गरेको छ ।

उपमहानगरपालिकाका विभिन्न वडामा पाँच हजार मिटर सडक पक्की तथा मर्मतका साथै ठूला मझौला र साना गरी ४६० भन्दा बढी नाला, कल्भर्टमा ह्युमपाइप जडान गरिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । करिव रु ५० लाख सरकारी अनुदानमा सडक पक्की गरिनुका साथै २७ पुल तथा कल्भर्ट निर्माण तथा मर्मत र करीब ९७ ह्युमपाइप विस्तार गरिएको उहाँले बताउनुभयो

विद्युत विस्तार

बुटवल उपमहानगरपालिकाभित्र उज्यालो शहर अभियानअन्तर्गत विद्युत प्राधिकरण कार्यालयको सहकार्यमा सेमलार मोतीपुर, तामनगर, नयाँगाउँलगायतमा करीब चार हजार मिटर विद्युत लाइन विस्तार गरी आठवटा ट्रान्सफर्मर जडान गरिएको छ । यसैगरी उज्यालो शहर अभियानअन्तर्गत नगरका विभिन्न स्थानमा १५६ थान सौर्य सडक बत्ती जडान गर्नुका साथै ५५ वटा सौर्य बत्ती मर्मत गरिएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।

सार्वजनिक तथा निजी साझेदारीमा राजमार्गका विभिन्न नौ स्थानमा सौर्य बत्तीसहितको यात्रु प्रतिक्षालय निर्माण, छ ट्राफिक आइल्याण्ड स्थापना र राजमार्ग चौराहदेखि पुष्पलाल पार्क हुँदै तिनाउ पुलसम्मको सडक खण्डमा करीब १०० थान सौर्य बस्ती जडान गरिएको छ ।

(Visited 102 times, 1 visits today)

टिप्पणी

comments