Main Menu

जङ्गली हात्ती मृत भेटियो

भदाै २१, भद्रपुर

मेचीनगर नगरपालिका–९ स्थित एक किसानको धानखेतमा आज बिहान जङ्गली हात्ती मृत फेला परेको छ ।

स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

एक महिनाअघि मेचीनगर–३ कै पाँचपोखरी सामुदायिक वनमा अर्को हात्ती मरेको भेटिएको थियो ।

(Visited 125 times, 1 visits today)

टिप्पणी

comments