Main Menu

Wednesday, September 12th, 2018

 

खुकुरी उत्पादन न्यून

भदाै २७, भोजपुर भोजपुरे खुकुरी उद्योग यति बेला सङ्कटमा परेको छ । दक्ष कारिगर तथा कच्चा पदार्थको अभावले खुकुरी उद्योग सङ्कटमा परेको हो । पछिल्लो समय युवा समुदाय खुकुरी बनाउने पेशातर्फ आकर्षित हुन नसकेका कारण उक्त व्यवसाय खस्कदै गएको छ । यो पेशालाई हेला गर्न थालिएकाले समेत उद्योग सङ्कटमा परेको व्यवसायी बताउँछन् । यहाँ भोजपुरे, सिरुपाते, चित्लाङ्ले, कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन् । यहाँ बनाइएका खुकरी मुलुकका विभिन्न जिल्ला तथा विदेशमा समेत प्रख्यात मानिन्छ । “भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै विदेशमा समेत छ,” स्थानीय व्यवसायी हिरालाल श्रेष्ठले भन्नुभयो, “मागअनुसारको खुकुरी उत्पादन हुन ससेको छैन ।” कारीगरसँगै कच्चापूरा पढ्नुहोस्


हात्तीले धानबाली सखाप पार्यो

भदाै २७, कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती पसेको हात्तीको झुण्डले मङ्गलबार राति धानबाली सखाप पारेको छ । हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका किसानको धानबाली नष्ट गरेको हो । मध्यरातमा खेतमा पसेको हात्तीको झुण्डले स्थानीयवासी धौलीदेवी तमौली, टेकबहादुर साउद, अजवसिंह बोहरा र दिलबहादुर बोहराको धानबाली नोक्सान गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । “हात्तीको झुण्डले खुट्टाले कुल्चेर तथा खाएर धानबाली नष्ट गरेको छ” उहाँले भन्नुभयो । खेत नजिकै रहेका घरमासमेत हात्तीले क्षति पुर्याएको छ । तीन वर्षदेखि निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्तीको झुण्डले खेतबारीमा लगाएको धान र गहुँबाली नोक्सान गर्दै आएको छ । हात्तीको झुण्डले गत वर्ष नगरपालिकाकापूरा पढ्नुहोस्


नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

भदाै २७, रत्ननगर अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । पहिरो खसेर मङ्गलबार बिहानदेखि अवरुद्ध भएको उक्त सडक १८ घण्टापछि साँझदेखि एकतर्फी खुलेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उक्त सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो । दुई तिरबाट पहिरो हटाउने काम भइरहेकाले आजदेखि दुईतर्फी सडक खुलाइने ढकालले बताउनुभयो । सडक एकतर्फी खुलाएर गए रातिदेखि सवारीसाधनको चाप कम गराइ सहज पारिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताउनुभयो । दिनभरको जामका कारण मुग्लिन–कुरिनटार क्षेत्रमा दोहोरो रुपमा सयौँ सवारीसाधन जाममा परेका कारण सडक खुलाउन बढी समय लागेको होपूरा पढ्नुहोस्


पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

भदाै २७, नवलपरासी पूर्वी नवलपरासीस्थित देवचुली डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समय देवचुली डाँडामा आन्तरिक तथा बाह्य पर्यटक पदयात्राका लागि आउन थालेका छन् । देवचुली नगरपालिका–६ र बुलिङ्गटार गाउँपालिका–४ मा पर्ने सो क्षेत्रमा रहेका तीनकन्या माइको मन्दिर, गोलपोखरी शान्ति उद्यान र यहाँको मगर संस्कृतिले पदयात्रीलाई आकर्षित गर्न थालेको बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारी बताउनुहुन्छ । नवलपुरको थारू संस्कृति तथा मध्यवर्ती जङ्गलमा बाघ, हात्ती, गैँडालगायत वन्यजन्तु हेर्नसमेत पर्यटक आउन थालेका छन् । देवचुली क्षेत्रको धार्मिक तथा ऐतिहासिक पुरातात्विक महत्वका बारेमा प्रचार–प्रसार गरी सिङ्गो पर्यटन क्षेत्रको विकास गर्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने देवचुली डाँडा पर्यटकीय क्षेत्र पूर्वाधारपूरा पढ्नुहोस्