Main Menu

Sunday, September 2nd, 2018

 

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो

भदाै १७, काठमाडौँ यती एयरलाइन्सको विमान दुर्घटनाका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीसमय अघिदेखि सञ्चालनमा आएको छ । झण्डै १२ घण्टादेखि अवरुद्ध विमानस्थल खुलेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य अवस्थामा सञ्चालन भएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार धस्सिएको विमानलाई लामो समयको प्रयासपछि अहिले यतीकै पार्किङस्थलमा लगिएको छ । करीब २० मिनेट अघिदेखि सेवा शुरु गरिएको हो । नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लु भएको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । शनिबार राति ८ः३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएनपूरा पढ्नुहोस्


सर्पदंशका बिरामीको सङ्ख्या बढदै

भदाै १७, इनरुवा जिल्ला अस्पताल इनरुवा सुनसरीमा सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालमा चालु आवको साउनदेखि अहिलेसम्ममा ७५ सर्पदंशका बिरामी आएको जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरीडेन्ट डा बिना शाक्यले जानकारी दिनुभयो । अस्पतालमा स्नेक बाइट पोजेटिभ १६ जनाको सङ्ख्यामा आएकामा १४ को सफल उपचार भएको र दुईको मृत्यु भएको अस्पतालले जनाएको छ । दुई बिरामी समयमा नआएकाले मृत्यु भएको जिल्ला अस्पताल इमर्जेन्सी कक्षका इन्चार्ज गुणानन्द झाले जानकारी दिनुभयो । त्यसैगरी अस्पतालमा ५९ स्नेक बाइट नेगेटिभ आएको अस्पतालले जनाएको छ । नेगेटिभ आएका बिरामीको सफल उपचार भएको अस्पतालले जनाएको छ । मौसममा आएको परिवर्तन, वर्षालगायतका कारणले सर्पको बिगबिगी बढेकालेपूरा पढ्नुहोस्


विकासका लागि विज्ञ समूह गठन

भदाै १७, सुर्खेत कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीको एकीकृत विकासका लागि विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ । विज्ञ समूहका लागि बैठकले १० जनाको नाम सिफारिश गरेको छ । जसमा नेकपाका नेता जनार्दन शर्मा, बालानन्द शर्मा, डा सुरेश तिवारी, डा पूण्य रेग्मी, डा कृष्णप्रसाद पौडेल, सुरेन्द्रविक्रम शाह, मुक्ति प्रधान, डा पदम शाही, डा कुशेन्द्र महत र गोविन्द बन्दी रहेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिनुभयो । बैठकमा सिफारिश गरिएका नामसहित आवश्यकताअनुसार थप गर्न सकिने जनाउँदै प्रवक्ता केसीले ‘कर्णाली प्रदेश मुद्रणसम्बन्धी विधेयक, २०७५’ तर्जुमा गर्नका लागि आन्तरिक मामिला तथा कानूनपूरा पढ्नुहोस्


जनताको हातहातमा सरकार !

भदाै १७, काठमाडौँ जनतासँगको संवादलाई प्रभावकारी बनाइ जनगुनासाको शीघ्र सम्बोधन गर्न सामाजिक सञ्जालमा सहभागिता जनाउनुपर्ने निर्णय भएसँगै सरकारी निकायले धमाधम सामाजिक सञ्जालको प्रयोगलाई तीव्रता दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै २१ वटै मन्त्रालयले सञ्चार तथा सूचनाका क्षेत्रमा उपलब्ध नयाँ प्रविधिको भरपूर प्रयोग गरेका छन् । सबै मन्त्रालयले आफ्नो आधिकारिक ‘फेसबुक’ तथा ‘ट्वीटर’जस्ता सामाजिक सञ्जाल सञ्चालनमा ल्याइ जनगुनासा तत्काल सम्बोधन तथा सुझाव ग्रहण गर्दा सरकार जनताको हातहातमा उपलब्ध भएको प्रष्टिन्छ । त्यस्तै मन्त्रालयको नेतृत्व गर्ने मन्त्री, राज्यमन्त्री, उनीहरूको सचिवालयले पनि आधिकारिक सूचना सम्प्रेषण गर्न सामाजिक सञ्जालको प्रयोगलाई व्यापक बनाइरहेका छन् । उनीहरूले सामाजिक सञ्जालबाटै जनतासँग प्रत्यक्ष तथा परोक्ष अन्तरक्र्रिया गरिरहेकापूरा पढ्नुहोस्


फौजदारी र देवानी संहितालाई प्रेसमैत्री बनाउन माग

भदाै १७, काठमाडौँ नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ लाई संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउनुपर्ने माग गरेको छ । समितिको शनिबार बसेको बैठकले भदौ १ गतेबाट कार्यान्वयनमा आएको मुलुकी (फौजदारी) संहिता, मुलुकी (देवानी) संहितामा रहेका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर असर पर्ने भएकाले स्वतन्त्ररुपमा समाचार सङ्कलन, प्रकाशन र प्रसारणमा बाधा पुग्ने व्यवस्था तत्काल संशोधन गरी पत्रकारिताको स्वतन्त्र अभ्यासमा सहयोग पुर्याउन सरोकारवाला सबै पक्षसँग आग्रहसमेत गरेको छ । समितिले मुलुकभित्रै तीव्र गतिमा बढिरहेको महङ्गी र पत्रकारको ज्यालाबीचको तादाम्यता आउने गरी तत्काल न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई यसको पुनरावलोकन गर्र्नुकापूरा पढ्नुहोस्


यति एयरलाइन्सको विमान चिप्लियो

भदाै १७, काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, 9NAHW’ विमान हिजो साँझ अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो साँझ ८ः३० बजे भएको सो दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । त्यस्तै यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईका अनुसार जहाजमा सवार २१ जना यात्रु सकुलशल छन् । जहाज दुर्घटना भएपछि केही समय विमानस्थल बन्द गरिएको थियो । चिप्लिएको जहाजलाई प्राधिकरण एवं एयरलाइन्सका कर्मचारीले सुरक्षित स्थानमा ल्याउन प्रयास गरिरहेको विमानस्थलले जनाएको छ ।