Main Menu

फौजदारी र देवानी संहितालाई प्रेसमैत्री बनाउन माग

भदाै १७, काठमाडौँ

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ लाई संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउनुपर्ने माग गरेको छ ।

समितिको शनिबार बसेको बैठकले भदौ १ गतेबाट कार्यान्वयनमा आएको मुलुकी (फौजदारी) संहिता, मुलुकी (देवानी) संहितामा रहेका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर असर पर्ने भएकाले स्वतन्त्ररुपमा समाचार सङ्कलन, प्रकाशन र प्रसारणमा बाधा पुग्ने व्यवस्था तत्काल संशोधन गरी पत्रकारिताको स्वतन्त्र अभ्यासमा सहयोग पुर्याउन सरोकारवाला सबै पक्षसँग आग्रहसमेत गरेको छ ।

समितिले मुलुकभित्रै तीव्र गतिमा बढिरहेको महङ्गी र पत्रकारको ज्यालाबीचको तादाम्यता आउने गरी तत्काल न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई यसको पुनरावलोकन गर्र्नुका साथै न्यूनतम पारिश्रमिक सिफारीससँगै कार्यान्वयनमा ल्याउनका लागि पनि पहल लिन आह्वान गरेको छ ।

त्यसैगरी समितिले गम्भीर दुर्घटनामा परेका वा मुटु, मिर्गौला, रक्त क्यान्सर, क्यान्सर, ब्रेन ट्युमर जस्ता गम्भीर प्रकृतिका रोगबाट पीडित पत्रकारको उपचारमा सहयोग र अल्पआयुमै निधन भए आश्रीत परिवारलाई तत्कालका लागि केही सहयोग पुर्याउन एक छुट्टै कोष स्थापना गर्ने भएको छ ।

“नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको निर्णय र निर्देशनअनुसार तत्काल सदस्यता नवीकरण र अध्यावधि कार्यलाई तीव्र बनाउनुका साथै पत्रकार दुर्घटना बीमामा सबै सञ्चारकर्मी र सहकर्मीको सहज सहभागिता सुनिश्चिताको पहल गर्न केन्द्रीय समितिलाई आग्रह गर्दछ”, समितिद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

(Visited 224 times, 1 visits today)

टिप्पणी

comments