Main Menu

रासस प्रदेश सेवाका लागि सहयोगको प्रस्ताव

साउन ३१, सुर्खेत

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससको प्रादेशिक संरचना र सेवा विस्तारका लागि सघाउन कर्णाली प्रदेश सरकारसंग आग्रह गर्नुभएको छ ।

प्रदेशको राजधानी सुर्खेतस्थित मन्त्रालयको कार्यकक्षमा हिजो आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालासंगको भेटमा उहाँले सङ्घीय नेपाल अनुकूल राससको रुपान्तरणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहयोग र समन्वय हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष श्यामलले भन्नुभयो, “राज्यको आधिकारिक, विश्वसनीय र गुणस्तरीय समाचार समिति बनाउनका लागि संघ, प्रदेश र स्थानीय सरकारबीचको सहयोग र समन्वय आवश्यक छ ।”

सो अवसरमा मन्त्री ज्वालाले कर्णालीलाई संरचना र सञ्चारमा अगाडि ल्याउन समाचार समिति र सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै राससबाट आउने प्रस्तावलाई सरकारले सकारात्मकरुपमा ग्रहण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

राज्यबाट उपेक्षित कर्णाली प्रदेशलाई मिडिया क्षेत्रले पनि उपेक्षा गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिदैं उहाँले सोका लागि राससले अग्रणी भूमिका निर्वाह गर्न सक्ने आवश्यकता आैँल्याउनुभयो ।

राससका अध्यक्ष श्यामलले हिजै रासस प्रदेश कार्यालयको अवलोकन र निरीक्षण पनि गर्नुभयो ।

सो अवसरमा उहाँले राससलाई नयाँ उचाइमा पुर्याउन आवश्यक रहेको बताउँदै त्यसका लागि राससमा कार्यरत पत्रकार र कर्मचारीको सकारात्मक र रचनात्मक सहयोग आवश्यक हुने धारणा व्यक्त गर्नुभयो ।

(Visited 124 times, 1 visits today)

टिप्पणी

comments