Main Menu

Thursday, August 16th, 2018

 

सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न माग

साउन ३१, काठमाडौँ मुलुकका तीन ठूला ट्रेड युनियनले श्रम क्षेत्रको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याउन सरकार र रोजगारदातासँग माग गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन महासङ्घ र नेपाल ट्रेड युनियन काङ्ग्रेसले संयुक्त पत्रकार सम्मेलन गरी उक्त ऐन कार्यान्वयन गर्ने सन्दर्भमा आउने जस्तोसुकै दायित्व निर्वाह गर्न आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । उक्त ऐन र श्रम ऐन कार्यान्वयनमा ल्याउनका लागि स्थानीय तहमा श्रमिकको प्रमाणीकरण गरी पञ्जिकरण गर्न, श्रमिकको पारिश्रमिक तथा सुरक्षाको अनुगमन गर्न, श्रम प्रशासनलाई नियमित गराउन र सामाजिक संवादको अभ्यास गर्न पनि उनीहरूले जोड दिएका छन् । पत्रकार सम्मेलनमा ट्रेड युनियनका अगुवापूरा पढ्नुहोस्


सामूहिक बलात्कार गर्नेमध्ये एक पक्राउ

साउन ३१, गाईघाट, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्रियुगा नगरपालिका–१२ डिएमगेटका २६ वर्षीय विकास परियार र सोही नगरपालिका–६ कोलालपता बस्ने केशवलगायत अन्य व्यक्ति उक्त घटनामा संलग्न रहेका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार सोमबार साँझ चौदण्डीको हटियातर्फ अटो रिक्सामा आफन्तकोमा जाँदै गरेकी किशोरीको पछि लागेर अभियुक्तद्वयले हँडियाको जङ्गलमा किशोरीलाई बलात्कार गरेका र फेरि पनि उनीहरूले ललाइफकाई किशोरीलाई घर ल्याइदिने भन्दै सोही राति अटोरिक्सामा गाईघाटस्थित त्रियुगा बसपार्कको एक होटलमा ल्याएर अन्य युवकसहितपूरा पढ्नुहोस्


विद्यालय पुनःनिर्माण सुस्त

साउन ३१, बनेपा, साउन काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले क्षति पुर्याएको विद्यालयको पुनःनिर्माण सुस्त भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पुनःनिर्माणका काम आधा जति मात्रै सकिएको छ । विसं ०७२ को भूकम्पले जिल्लामा क्षति भएका विद्यालय भवन र कक्षा कोठामध्ये आर्थिक वर्ष ०७३\७४ सम्ममा सम्पन्न गर्नुपर्ने २९४ विद्यालयको एक हजार ६१९ कक्षा कोठामध्ये ९६ विद्यालयको ४०९ कक्षा कोठा मात्र निर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइका शाखा अधिकृत कोपिला ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार प्राधिकरणले ४५ विद्यालयको १५०, शिक्षा विकास तथा समन्वय इकाइले आठ विद्यालयको १८, अन्तर्राष्ट्रिय तथा गैरसकारी संस्थाले ३५ विद्यालयका १७५ र एशियाली विकास बैंक (एडिबी)लेपूरा पढ्नुहोस्


गृहमन्त्री र वनमन्त्रीबीच छलफल

साउन ३१, काठमाडौँ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृहमन्त्री रामबहादुर थापासँग जाजरकोटमा भएको क्षतिका विषयमा छलफल गर्नुभएको छ । बुधबार भएको छलफलमा क्षतिको यकिन विवरण राहत र पुनःस्थापनाका कार्यक्रम तत्काल बुझेर घोषणा गर्ने विषयमा छलफल भएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । जिल्लाको सबै ठाउँमा असिनाका कारण बालीनालीमा भएको क्षति, बाढी पहिरोबाट भएको क्षति लगायत विवरण स्थानीय प्रशासनमार्फत् छिटो लिने काम भइरहेको चर्चा गर्दै उहाँले राहत, पुनःस्थापना र उचित क्षतिपूर्तिका लागि सरकारका तर्फबाट काम भइरहेको बताउनुभयो । मन्त्री बस्नेतले बुधबार मृत्यु भएका उमेश शाहीप्रति श्रदाञ्जली व्यक्त गर्दै उनका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराइने बताउनुभयो । वर्षायाममा सबैलाई सचेत भइ काम गर्नपूरा पढ्नुहोस्


आक्रोशितले छाडा चौपाया नगरपालिकाभित्र थुने

साउन ३१, कञ्चनपुर लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले नगरपालिका कार्यालय बाहिर पर्खालको ढोकाको ताला तोडेर बुधबार साँझ ती चौपायालाई थुने । छाडा चौपायाले स्थानीय किसानले लगाएको अन्नबाली खाइदिने र झलारी वन समिति बजारक्षेत्रमा बसेर दुर्गन्धित बनाएकाले सास्ती खेप्दै आएका उनीहरूले झण्डै एक हजारको सङ्ख्यामा रहेका छाडा चौपायालाई नगरपालिका कार्यालय परिसरको पर्खालमा थुनेका हुन् । चौपाया नगरपालिका कार्यालयभित्र छिराउने क्रममा प्रहरीले रोक्ने प्रयास गरे पनि रोक्न सकेनन् । सयौँको सङ्ख्यामा रहेका स्थानीय बासिन्दा र ठूलो सङ्ख्यामा रहेका चौपायाका कारण पूर्व–पश्चिम राजमार्ग एक घण्टा जाम हुँदा यात्रुले सास्ती खेप्नुपरेको थियो । छाडा चौपायालाई अस्थायीरूपमा व्यवस्थापन गर्नपूरा पढ्नुहोस्


दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु

साउन ३१, काठमाडौँ काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४\७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १११ जनाको ज्यान गएको छ । सो अवधिमा १४७ पुरुष र ४७ महिलाको ज्यान गएको थियो । “मोटरसाइकल तीव्र गतिमा चलाउँदा कन्ट्रोल गर्न नसकी पल्टिने गरेको छ,” महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले भन्नुभयो । यस्तै पैदलयात्रु ६३, ट्रक चार, साइकल तीन, बस आठ, टेम्पो एक र कार दुर्घटनामा चार जनाको ज्यान गएको थियो । आव ०७३\७४ मा उपत्यकामा सवारी दुर्घटनामा १८२ जनाको मृत्यु भएकामा पैदलयात्रु ७९,पूरा पढ्नुहोस्


पहिरोपीडितलाई राहत

साउन ३१, बेनी म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङमा बस्ती माथिबाट खसेको पहिरोका कारण पूर्णरूपमा क्षति पुगेका छ घरपरिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत उपलब्ध गराउने भएको छ । मङ्गलबार राति भएको पहिरोको घटनालगत्तै बुधबार दिउँसो बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बिलबाङका सबै घरबारबिहीन पहिरोपीडितलाई रु २० हजारका दरले राहत दिने निर्णय गरेको हो । गाउँ माथिबाट खसेको पहिरोले स्थानीय नरबहादुर पुन, खप्रसाद पुन, चिजमान पुन, नुटबहादुर पुन, श्यामलाल पुन र भुवन पुनको घर पूर्णरूपमा क्षति भएकोे थियो । पहिराका कारण बिलबालका एक दर्जन बढी घर उच्च जोखिममा परेकाले उनीहरूलाई समेत सुरक्षित स्थानमा बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधरपूरा पढ्नुहोस्


‘मान्छे बोक्ने गाडीलाई नै बोक्नुपर्यो’

साउन ३१, दैलेख, दुल्लु जुम्ला जिल्लाका ५५ वर्षीय हरिबहादुर बुढा नेपालगञ्जतर्फ हिँडेको छ दिन पुगिसक्दा पनि अझै कर्णाली राजमार्गअन्तर्गतको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चिउरे खोलामै हुनुहुन्छ । जुम्लामा खुद्रा तथा खाद्यान्न व्यापारका लागि सामान किन्न जान लाग्नुभएका उहाँले भन्नुभयो हिउँदको समयमा दुई दिनमै नेपालगञ्ज पुग्थेँ तर अहिले छ दिन भइसक्यो अझै दैलेखमै छु । समयसंगै खर्च पनि बढेको गुनासो गर्दै बुढाले भन्नुभयो “हिउँदमा रु तीन हजार खर्च गरेर नेपालगञ्ज पुग्थेँ तर अहिले यहाँसम्म आइपुग्दा रू दशहजारभन्दा बढी खर्च भइसक्यो ।” कञ्चनपुरबाट कालिकोटतर्फ जानलाग्दा चिउरेखोलाको जाममा रोकिनु भएका रतन शाहीलाई पनि दैलेख आइपुग्नै चार दिन लाग्यो । उहाँ मात्र होइन, कोहलपुरबाट मुगु जानपूरा पढ्नुहोस्


कर बढाएको विरोधमा प्रदर्शन

साउन ३१, भद्रपुर स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए । अवैज्ञानिकरूपमा नगरवासीको ढाड सेक्ने गरी नगरपालिकाले गरेको कर वृद्धि तत्काल फिर्ता गरी वैज्ञानिकरूपमा कर निर्धारण गर्न माग गरेका उनीहरूले आफूहरू कर र विकासविरोधी नभएको तर जनताको सामाथ्र्यभन्दा बाहिर गएर जबर्जस्ती ढङ्गले कर वृद्धि गर्ने नगरपालिकाको यो कार्यको विरोध गरिएको बताएका थिए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीलाई उहाँकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाउँदै पार्टीका नेतापूरा पढ्नुहोस्


रासस प्रदेश सेवाका लागि सहयोगको प्रस्ताव

साउन ३१, सुर्खेत राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससको प्रादेशिक संरचना र सेवा विस्तारका लागि सघाउन कर्णाली प्रदेश सरकारसंग आग्रह गर्नुभएको छ । प्रदेशको राजधानी सुर्खेतस्थित मन्त्रालयको कार्यकक्षमा हिजो आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालासंगको भेटमा उहाँले सङ्घीय नेपाल अनुकूल राससको रुपान्तरणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहयोग र समन्वय हुनुपर्ने बताउनुभयो । अध्यक्ष श्यामलले भन्नुभयो, “राज्यको आधिकारिक, विश्वसनीय र गुणस्तरीय समाचार समिति बनाउनका लागि संघ, प्रदेश र स्थानीय सरकारबीचको सहयोग र समन्वय आवश्यक छ ।” सो अवसरमा मन्त्री ज्वालाले कर्णालीलाई संरचना र सञ्चारमा अगाडि ल्याउन समाचार समिति र सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदैपूरा पढ्नुहोस्