Main Menu

Sunday, August 12th, 2018

 

असोज ३ भित्र अनिवार्य शिक्षा ऐन ल्याइने

साउन २७, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आगामी २०७५ असोज ३ भित्र अनिवार्य शिक्षा ऐन ल्याइने बताउनुभएको छ । उहाँले उक्त कुरा हिजो काठमाडौंमा ‘सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल’ को नवौ साधारणसभाको उद्घाटन गर्दै बताउनुभएको हो । मन्त्री पोखरेलले नेपालको संविधान २०७२ ले शिक्षा नागरिकको मौलिक हकको रुपमा स्थापित गरेकोले कक्षा ८ सम्मको शिक्षालाई आधारभूत तहको शिक्षाको रुपमा लिएर त्यस तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क गर्ने ऐन ल्याउन लागिएको बताउनुभयो । अहिलेसम्म २०२८ सालमा निर्माण गरिएको शिक्षा ऐनलाई नै पटकपटक संशोधन गरी अगाडि बढाइरहेको तर गणतन्त्र प्राप्तिपछिको अबको नयाँ सन्दर्भमा नयाँ ऐनको जरुरी रहेको र त्योपूरा पढ्नुहोस्


इमरान खानको सपथग्रहण समारोहमा सिद्धु सहभागी हुने

साउन २७, चन्डीगढ, भारत भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । पन्जाब प्रान्तका मन्त्री समेत रहेका सिद्धुलाई खानले टेलिफोन गरी सपथग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेका थिए । पन्जाब सरकारको सूचना तथा जनसम्पर्क विभागका अनुसार, अगष्ट २ तारिखमा सिद्धुले गरेको समर्थनप्रति इमरान खानले धन्यवाद पनि दिनुभएको छ । यहीबीच, सिद्धुले भारतको गृह मन्त्रालय र पन्जाबका मुख्यमन्त्रीलाई यस बारेमा जानकारी दिनुभएको छ । उहाँले इमरानले आमन्त्रण गरेका अर्का क्रिकेटर कपिल देवसँग पनि पाकिस्तान जाने बारेमा कुराकानी गरेको जानकारी दिनुभएको छ । पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटीआई) लेपूरा पढ्नुहोस्


वैकल्पिक सडक सञ्चालन

साउन २७, भक्तपुर लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकमा दैनिक हुने सवारी साधनको चाप घटाउन वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शुरु गर्नुभएको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियान अन्तर्गत उक्त सडक खण्डमा चाप कम गर्न वैकल्पिक सडक सञ्चालनमा ल्याउन लागिएको हो । सांसद बस्नेत, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी, ट्राफिक प्रहरी प्रमुख जगत नेपाली तथा अन्य सरोकारवाला सहितका टोलीले उक्त क्षेत्रको अवलोकन गरेपछि सडक मर्मत तथा ग्राभेल विछ्याउन थालिएकोे छ । “कोटेश्वर–जडीबुटीको चाप हटाउन, अरनिको राजमार्गलाई सुरक्षित र उज्यालो पार्न, भक्तपुरका बालुवाखानीमा देखिएकापूरा पढ्नुहोस्


मुख्यमन्त्रीसँग राससको कार्ययोजना प्रस्ताव

साउन २७, पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले राससको प्रादेशिक संरचना, सेवा विस्तारलगायत विषय समेटिएका भावी कार्ययोजना प्रस्तुत गर्नुभएको छ । मुख्यमन्त्रीको सरकारी निवासमा आज भएको भेटमा अध्यक्ष श्यामलले प्रदेश सरकार र राससबीच समन्वय आवश्यक भएको बताउनुभयो । उहाँले सरकारका नीति, कार्यक्रम र विकास निर्माणका गतिविधिलाई राससले सम्पे्रषण गर्दै आएको र यसलाई आगामी दिनमा अझै प्रभावकारी बनाइने छ भन्नुभयो । सङ्घीयतालाई बलियो बनाउन प्रदेश सरकार बलियो हुनु आवश्यक भएको बताउँदै अध्यक्ष श्यामलले त्यसका लागि राससका तर्फबाट सक्दो सहयोग पु¥याइने विश्वास व्यक्त गर्नुभयो । राससले स्थानीय भाषामा पनि समाचार सम्प्रेषण गर्ने सोच बनाएकोपूरा पढ्नुहोस्


पत्रकारिता पुरस्कार ढकाललाई

साउन २७, भद्रपुर यस वर्षको श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार झापाका पत्रकार लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ । श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीले प्रदान गर्ने रु १५ हजार ५५० राशीको सो पुरस्कार आउँदो भदौ १६ गते वितरण गरिने छ । विसं २०३४ देखि पत्रकारिता गर्दै आएका ढकालले विश्वदीप साहित्यिक मासिकबाट पत्रकारिता शुरु गर्नुभएको हो । गुठीले प्रदेश नं मा १ मा रहेर पत्रकारिता गरेका १२ भन्दा बढीलाई पुरस्कृत गरिसकेको गुटीका अध्यक्ष तोयनाथ भट्टराईले बताउनुभयो । पत्रकार उपाध्यायको निधनपछि छोरी आभाकुमारी उपाध्यायले पुरस्कार गुठीको स्थापना गर्नुभएको थियो ।


पुस्तकालयमा दुई पक्षबीच विवाद

साउन २७, नेपालगन्ज बाँकेको कोहलपुरस्थित ज्ञानोदय पुस्तकालय दुई पक्षको असमझदारीका कारण विवादमा परेको छ । वर्तमान कार्यसमितिले आफूखुशी आजीवन सदस्यता वितरण गरेको र असमझदारीबीच साधारणसभा खोजेको भन्दै पुस्तकालयमा तालाबन्दीसमेत गरेका छन् । “केही आजीवन सदस्यको विरोधका बाबजुद १७औँ साधारणसभा गर्नु, सदस्यताको टुंगो लगाउन नसक्नु र पुस्तकालय जस्तो पवित्र संस्थामा चरम राजनीतिक गुटबन्दी गर्न खोज्नु नै मुख्य विवादको कारण हो”, आजीवन सदस्य राजेन्द्र विष्टको भनाइ छ । पुस्तकालयका अध्यक्ष लिलबहादुर राना नेतृत्वको वर्तमान कार्यसमितिले साधारणसभा गरेर निर्वाचन तालिका सार्वजनिक गरेपछि असन्तुष्ट पक्षले पुस्तकालयमा तालाबन्दी गरेका हुन् । यसअघि असन्तुष्ट पक्षले बाँके जिल्ला प्रशासन कार्यालयमा सदस्यतासम्बन्धी विवाद टुंगो लगाएर मात्र चुनाव हुनुपर्नेपूरा पढ्नुहोस्


कर्णाली स्वास्थ्य प्रतिष्ठान घटनाको छानबिन गर्न कार्यदल

साउन २७, सुर्खेत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो । गठित कार्यदलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृर्षबहादुर शाही सदस्य रहनुभएको छ । उक्त कार्यदलले एक हप्ताभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यादेश दिइएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिनुभयोपूरा पढ्नुहोस्


जथाभावी सडक खन्दा पहिरो र भुक्षयको जोखिम

साउन २७, म्याग्दी कमजोर भुबनोट रहेको म्याग्दीमा जथाभावी रूपमा खनिएका सडकका कारण पहिरो, कटान र भुक्षयको समस्या बढेको छ । प्राविधिक र वातावरणीय पक्षलाई बेवास्ता गर्दै एस्काभेटर, ब्याकलोडरजस्ता हेभी इक्युपमेन्ट प्रयोग गरेर सडक निर्माणका क्रममा निकालिएको माटो र पानीको व्यवस्थापन नहुँदा विपत्को जोखिम बढाएको हो । उपकरणको कम्पनले खलबलिएको जमीन बर्खाको पानीले गलेर बग्ने, सडकमा सङ्कलन हुने पानीले खोल्सा बनाउने, माटो बगाउँदा वरपरका बस्तीमा पहिरो खस्ने, जमीन भासिने, भुक्षय हुने, नदीमा बाढीको आयातन बढेर कटान गर्ने क्रम बढेको जिल्ला भु–संरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो । “भु–संवेदनशीलतालाई ध्यान नदिएर डोजर चालकले आफूखुशी खनेका सडक म्याग्दीमा विपत्को प्रमुख कारण बनेको छ”, अधिकृतपूरा पढ्नुहोस्


वृक्षरोपण अभियान शुरु

साउन २७, बुटवल रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वृक्षरोपण सप्ताह शुरु भएको छ । ‘ग्रिन तिलोत्तमा-क्लिन तिलोत्तमा’ नाराका साथ नगरपालिकाले भदौ १ गतेसम्म चल्ने गरी हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण सप्ताह आयोजना गरेको हो । तिलोत्तमा–४ स्थित प्रस्तावित बालउद्यान क्षेत्रमा शनिबार आयोजित एक कार्यक्रमबीच बिरुवा रोपी नगरप्रमुख बासुदेव घिमिरेले सो वृक्षरोपण सप्ताह शुभारम्भ गर्नुभयो । सप्ताहअन्तर्गत नगरमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका ५० हजार बिरुवा रोपिने नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । विभिन्न सङ्घ–संस्था, क्लब, टोल विकास संस्थालगायत समग्र नगरवासीसँगको सहकार्यमा वृक्षरोपण हुने नगरपालिकाले जनाएको छ । जिल्ला वन कार्यालय तथा सामुदायिक वनमार्फत प्राप्त वनस्पतिका ३० हजार तथा नगरपालिकाले खरिद गरेका फलफूलका २०पूरा पढ्नुहोस्