Main Menu

Friday, August 10th, 2018

 

हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु

साउन २५, साना, यमन उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको एक बजार इलाकामा साउदी अरेबियाआवद्ध क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु भएको छ । साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले यो आक्रमण गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जानकारी दिएको छ । संयुक्त गठबन्धनका प्रवक्ता तुर्कि अल–मलिकीले साउदी अरेबियामाथि हुथी बिद्रोहीले घातक क्षेप्यास्त्र प्रहार गरेको बदलामा कारबाही गरिएको दाबी गर्नुभयो । उहाँलेभ भन्नुभयो, “बसमा हुथी विद्रोही चढेको आशंका गरिएको थियो । तर उनीहरुले बालबालिकालाई प्रयोग गरे ।” आइसीआरसीका अनुसार बालबालिकाले भरिएको सो बस हुथी विद्रोहीको बलियो प्रभाव रहेको सादाको दहमयान बजारतर्फ जाँदै थियो । स्थानीय यमनी अस्पतालका अनुसार हालसम्म २९ बालबालिकाको शवपूरा पढ्नुहोस्


आलेख-पढ्ने धोको पूरा भएकामा दंग छन् आमाहरु

साउन २५, बेनी बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी छिन् । सानो छँदा विद्यालय जानै नपाएकी पुनको पढ्ने रहर बेनीमा रहेको उज्यालो वैकल्पिक विद्यालयले पूरा गरिदिएको छ । पुन जस्तै पढ्ने रहर अधुरै भएका कतिपय आमाहरुका लागि यो विद्यालय साक्षर बन्ने सपना पूरा गर्ने थलो बनेको छ । कक्षा १ मा भर्ना भएर अध्ययन गरिरहेकी पुन अहिले खुशी छिन् । अक्षर र अंकसमेत नचिन्दा विगतमा उनकोपूरा पढ्नुहोस्


ऊर्जा क्षेत्रमा लगानी गर्न नेपाल–बंगलादेशबीच समझदारी

साउन २५, काठमाडौँ नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा आज दुई देशबीच हस्ताक्षर भयो । द्विपक्षक्षीय समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गर्नुभएको छ । नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशले लामो समयदेखि नै संयुक्त लगानी गर्न चासो व्यक्त गरिरहेको बेला दुई देशका उच्च अधिकारीबीच भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रअनुसार दुई देशबीच सहकार्यका लागि ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति र सहसचिवस्तरमा संयुक्त प्राविधिक समूह गठन हुनेछ । आगामी दुई महिनाभित्रै ती समितिको बैठकपूरा पढ्नुहोस्


सत्खलुवा तालमा पर्यटक वृद्धि

साउन २५, बर्दिया माछापालन र सिँचाइका लागि उपयोगमा ल्याइएको बर्दियाको सत्खुलवा ताल अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ । चार वर्ष अघि माछाको ठेक्का रद्द गराई संरक्षण गर्न शुरु गरिएको उक्त तालमा अहिले डुंगामा सयर गर्न पर्यटकको ओइरो लाग्ने गरेको हो । तालमा संसारबाटै लोप हुन लागेको रातो कमलको फूलसमेत पाइन्छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको वारबर्दिया नगरपालिका– ९ खैरनी गाउँमा रहेको उक्त तालमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । डुंगामा सयर गर्दै तालमा पानी खान आउने जंगली जनावर अवलोकन गर्न पाउनु यस तालको मुख्य विशेषता हो । निकुञ्जभित्रका चुरे पहाडका सात वटा खोलाको पानी जम्मापूरा पढ्नुहोस्


अमानवीय क्रियाकलापमा संलग्नलाई उन्मुक्ति मिल्दैन-गृहमन्त्री

साउन २५, चितवन गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन दिनुभएको छ । कनिष्ठ प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालीम २–१७४ औंँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले समाजमा महिला, दलित, सीमान्तकृत वर्ग लगायत समुदायप्रति हुने गरेका अमानवीय घटनाका पीडकलाई दण्डित गर्ने कार्यमा प्रहरीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । राज्य पुनःसंरचनाको कार्य संक्रमणमा नै रहेको अवस्थामा विखण्डनकारी र राज्यप्रणालीप्रति असन्तुष्टहरुले सामाजिक सद्भावमा खलल पुर्याउन सक्नेछन् भन्दै गृहमन्त्रीले प्रहरीले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रुपमा त्यस्तालाई कारवाही गर्न कुनै कसर बाँकी राख्न नहुने बताउनुभयो । आगामी भदौ १ गतेदेखि लागू हुनेपूरा पढ्नुहोस्


प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग

साउन २५, काठमाडौँ नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र स्थानीय तहलाई प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गर्न माग गर्ने निर्णय गरेको छ । यही साउन २३ र २४ गते महासंघ अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा लुम्बिनीमा सम्पन्न केन्द्रीय समितिको बैठकले आमसञ्चार माध्यमसम्बन्धी कानूनलाई नीतिगतरुपमा एकरुपता दिनुका साथै प्रेस स्वतन्त्रतामैत्री कानून निर्माणको सुनिश्चितता गर्न तीन तहको सरकारसँग माग गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी गराउनुभयो । उहाँले बैठकले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने गरी पत्रकार र आमसञ्चार माध्यमका लागि विशेष संरक्षणका कानून निर्माण गर्नसमेत माग गरेको बताउनुभयो । बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनसहितका महासंघकोपूरा पढ्नुहोस्


पञ्जासमेत बिरामीले किन्नुपर्ने

साउन २५, धादिङ जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने गरेको आइभि सेट, सूई र डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले खरिद गर्नुपर्ने अवस्था आएको बताउनुभयो । बिरामी लिएर जिल्ला अस्पताल जाँदा अस्पतालका डाक्टरले आफैँले उपचार सामग्री र औषधि खरिद गर्नुपर्ने बताउने गरेको राजन श्रेष्ठको भनाइ छ । सरकारले जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्कपूरा पढ्नुहोस्


स्थानीयवासीको पहलमा आवासीय विद्यालय

साउन २५, म्याग्दी विद्यार्थीमा पढाइप्रति रुचि बढाउन र शिक्षामा गुणस्तरीय सुधार ल्याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुंगास्थित हिमालयन आधारभूत विद्यालयलाई आवासीय बनाइएको छ । स्थानीयवासीले देउसीभैलो खेलेर जम्मा पारेको रकम तथा प्रवासी नेपालीबाट प्राप्त आर्थिक सहयोगमा विद्यालयमै छात्रावास सञ्चालनमा ल्याइएपछि बिहान बेलुकीको समय त्यहाँ रहेका विद्यार्थी पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत संलग्न हुँदै आएकाले अध्ययन–अध्यापनमा सुधार आएको प्रअ रामप्रसाद तिवारीले बताउनुभयो । आवासीय रूपमा सञ्चालन हुने जिल्लाकै पहिलो यस विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदै आएको र हाल उक्त विद्यालयमा ३० बालबालिका अध्ययनरत छन् । छ शिक्षक कार्यरत सो विद्यालयमा तीन निजी स्रोत र तीन सरकारी दरबन्दीका छन् । सबै कक्षा कोठामापूरा पढ्नुहोस्


नेपालले दोस्रो अभ्यास खेल खेल्दै

साउन २५, काठमाडौँ एशियाली खेलकूदको तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण लिइरहेको नेपाली युवा फूटबल टोलीले आज त्यहाँको यू–२३ टोलसँग दोस्रो अभ्यास खेल खेल्दैछ । थाइल्याण्डको यू–२३ टोलीसँग आज दिउँसो बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा खेल्ने अखिल नेपाल फूटबल संघ ९एन्फा०ले जनाएको छ । यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो । बोनयाचिन्दा मैदानमा भएको खेलमा नेपालका डिफेण्डर आदित्य चौधरीले ३९ औँ मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु टोली विजयी भएको थियो । ‘एशियन गेम्स’ र साफ च्याम्पियनसिपका लागि नेपाली टोली १० दिने विशेष प्रशिक्षणका क्रममा थाइल्याण्डमा रहेको छ । यही साउन २९ देखि हुने एशियाली खेलकूदकापूरा पढ्नुहोस्


किसानलाई रु ६३ लाख अनुदान

साउन २५, कञ्चनपुर कृष्णपुर नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रमका लागि रु ६३ लाख अनुदान दिइएको छ । आर्थिक वर्ष २०७४\७५ मा ती कार्यक्रम सञ्चालन गर्न किसानलाई अनुदान उपलब्ध गराइएको हो । किसानलाई ६ वटा धान पकेट कार्यक्रमका लागि रु १६ लाख ५० हजार उपलबध गराइएको छ । दुई पकेट क्षेत्रका लागि रु दुई लाख २५ हजारका दरले तथा चार पकेट क्षेत्रका लागि रु तीन लाखका दरले अनुदान प्रदान गरिएको नगरपालिकाका कृषि शाखाका प्रमुख बिन्दु कुँवरले जानकारी दिनुभयो । यस्तै तीन तरकारी पकेट क्षेत्रका लागि रु सात लाख ५० हजार अनुदान दिइएको छ ।पूरा पढ्नुहोस्