Main Menu

Saturday, August 11th, 2018

 

ट्रक खस्दा दुईको मृत्यु, एक घाइते

साउन २६, रत्ननगर चितवनको नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । आज बिहान ४ः४० बजे भारतबाट काठमाडाैँ जाँदै गरेको एमएच-४२-टी -०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ । चालकको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा बिहान ५ः२० बजे मृत्यु भएको र अर्का एक जनाको घटनास्थलमैपूरा पढ्नुहोस्


जटिल प्रसूति सेवा बन्द

साउन २६, बैतडी बैतडी जिल्ला अस्पतालमा छ वर्षदेखि सञ्चालनमा रहेको जटिल प्रसूति सेवा बन्द गरिएको छ । उक्त सेवा बन्द हुँदा शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने अवस्थाका महिला भारत तथा छिमेकी जिल्ला अस्पताल जान बाध्य छन् । आफू गभर्वती भएको आठ महिनामै ब्यथा लागेपछि उक्त अस्पतालमा जचाउन आउँदा पेटमा उल्टो अवस्थामा बच्चा देखिनुका साथै बच्चाभन्दा सालनाल अगाडि रहेको पाइएको र आफूलाई यहाँ उपचार हुन नसक्ने भनेकाले डडेल्धुरा जिल्ला अस्पताल पुगेर बच्चा जन्माउनु परेको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटकी सुनिता विष्टले बताउनुभयो । आर्थिक अवस्था राम्रो भएका व्यक्तिले बाहिर गएर पनि उपचार गराउन सक्छन् तर गरीबका लागि भने निकै समस्या भएकाले सम्बन्धित निकायलेपूरा पढ्नुहोस्


पारिवारिक यातनामा सञ्जिला

साउन २६, इनरुवा सुनसरी भोक्राहा नरसिहं गाउँपालिका–१ का सञ्जिला खातुनलाई विवाहमा थोरै दाइजो ल्याएको निहुँमा एक वर्षदेखि परिवारले चरम यातना दिँदै आएका छन् । भोक्राहा नरसिंह–१ का सराज मियाँकी छोरी सञ्जिला खातुनको विवाह डेढ वर्ष अगाडि भोक्राहा नरसिहं–५ का सद्धाम मियाँसँग भएको थियो । श्रीमान् र उनका बाबु–आमासमेतले विवाह भएको केही महिनादेखि तिम्रा बुबाले दाइजोमा थोरै रकम दिएको र थप रकम नदिए ठीक नहुने भन्दै शारीरिक तथा मानसिक यातना दिँदै आएको पीडित सञ्जिला खातुनले बताउनुभयो । दैनिक काममा लगाउने तर खानदिन भने बेवास्ता गर्ने र बेलुका भएपछि कुटपिट समेत गर्ने गरेकाले माइतीमा गएर जानकारी गराएपछि परिवारका सदस्यलाई सम्झाउँदासमेत बेवास्ता गरेकालेपूरा पढ्नुहोस्


दाहालको निधनबाट सांस्कृतिक रुपान्तरणमा क्षति

साउन २६, काठमाडौँ साहित्यकार एवं लोकप्रिय प्रसारक दाहाल यज्ञनिधिको निधनले सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपुरणीय क्षति पुगेको विभिन्न संस्थाले जनाएका छन् । क्रान्तिकारी र अग्रगामी सोच र व्यवहारका धनी दाहालले साहित्य र पत्रकारिता क्षेत्रमा लेखनका माध्यमबाट सामाजिक जागरण ल्याउनुका साथै चेतनासमेत बढाउनु भएकामा ती संस्थाले उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् । मिर्गाैला प्रत्यारोपणपछि दुई दशकयता नियमित डायलोसिस गर्दै आउनुभएका दाहालको मस्तिष्काघातका कारण शुक्रबार साँझ ललितपुरको सुमेरु अस्पतालमा निधन भएको थियो । प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले दाहालले लोकतान्त्रिक साहित्यिक आन्दोलनमा स्रष्टालाई सङ्गठित गर्दै सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो । दाहाल प्रजातान्त्रिकपूरा पढ्नुहोस्