Main Menu

Saturday, August 4th, 2018

 

हिमाली जिल्लाको उच्च भागमा माछापालन

साउन १९, मनाङ सिगापुरमा ‘ए’ लेवल पढ्दै गरेका मनाङ नासो गाउँपालिका दानक्युका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालनमा व्यस्त छन् । करीब तीन रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर विगत डेढवर्षदेखि उनी व्यवसाय शुरु गर्दै आएका छन् । समुद्री सतहबाट दुई हजार २०० मिटर उचाइमा सञ्चालन गरिएको यस माछाफार्म हिमाली जिल्लाको सबै भन्दा अग्लो स्थानमा रहेको छ । यस फार्ममा रेन्वो टा«उट जातका माछा राखिएको छ । शुरुमा हिमाली आयोजनाको रु ५६ लाख सहयोग र आफ्नो २५ प्रतिशत गरी जम्मा रु ८५ लाखमा सञ्चालन गरेको लामाले बताउनुभयो । नेपालमा वैदेशिक रोजगारको मोह बढ्दै गरेको अवस्थामा किन स्वदेशमा आइ यस पेशामापूरा पढ्नुहोस्


अफ्रिकी देश कङ्गोमा विकास–निर्माणमा व्यस्त नेपाली सेना

साउन १९, बुनिया, कङ्गो नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ ? हो, द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली सेनाको इञ्जिनियर गुल्मले एक वर्षको अवधिमा कङ्गोमा विभिन्न ठूला–साना निर्माण परियोजना शुरु गरेको छ । गुल्मले शुरु गरेको तीन वटा महत्वपूर्ण परियोजनामध्ये एउटा सम्पन्न भइसकेको छ भने दुईवटा निर्माणाधीन छन् । त्यस्तै १२ वटा प्रमुख परियोजनामध्ये १० वटा पूरा भएका छन् भने दुईवटा निर्माणाधीन छन् । यसैगरी गुल्मले एक वर्षको अवधिमा ६९ वटा साना परियोजना पनि सम्पन्न गरेको छ । इञ्जिनियर गुल्मको २१औँ डफ्फाको कार्यवधि समाप्तिको अवसरमा आयोजना गरिएकोपूरा पढ्नुहोस्


विद्यालय शिक्षा अभियान कार्ययोजना

साउन १९, विराटनगर प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर लक्षित गरी प्रविधिमैत्री, बालमैत्री, दण्डहीनता र व्यवहार कुशल सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । मन्त्रालयले बनाएको कार्ययोजनामा विद्यालय जाने उमेरका बालबालिकाको भर्ना दरलाई स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा शतप्रतिशत पुर्याउने योजना अनुसार सञ्चालन गरेको भर्ना अभियान निकै प्रभावकारी बनेको र सामुदायिक विद्यालयमा विद्यार्थी संख्यामा उल्लेखनीय वृद्धि भएको मन्त्रालयका कर्मचारी गोपीप्रसाद घिमिरे बताउनुभयो । संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आगमन वृद्धि हुन सुखद भएको मानिएको छ, भने विद्यालय छाड्ने दरलाई न्यून गर्न तथा माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्कपूरा पढ्नुहोस्


वर्षायाममा राम्ररी सुत्न सक्दैनन् राप्तीतटीय क्षेत्रका बासिन्दा

साउन १९, नेपालगञ्ज ‘‘बाढीले खेत बगाएर लान्छ, घरखेत पानीमा डुब्छन्, बालुवाले खेत कटान गरेर बगर बनाउँछ । यो त हाम्रो वर्षेनीको नियति र पीडा नै बनेको छ’’ बाँके राप्ती तटीय क्षेत्रका बाढी पीडित सुधाकर यादव पीडा सुनाउनुहुन्छ । यसखालको पीडा उहाँको मात्र होइन, उहाँ जस्तै २४ हजार बाँकेवासीको समानखालको पीडा छ । बाँकेको नेपाल—भारत सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र तटबन्ध बनाएपछि शुरु भयो, बाँके राप्ती तटीय क्षेत्रका बासिन्दाको वर्षेनीको बाढी र डुबानको पीडा । मनसुनको समयमा भारतले आफू अनुकूल तटबन्धको ढोका खोल्ने गरेका कारण वर्षेनी बाँकेका हजारांै खेतीयोग्य जमीन डुबानमा पर्छ, । घरगोठ पानीमा डुब्छ,पूरा पढ्नुहोस्


प्राविधिक शिक्षातर्फ बढ्दो महिला आर्कषण

साउन १९, दमक प्राविधिक शिक्षातर्फ महिलाको आर्कषण बढ्दै गएको पाइएको छ । केही वर्षयता झापाको दमक आसपासका क्षेत्रमा सञ्चालित प्राविधिक शिक्षालयहरुमा अध्ययन गर्न आउने महिलाको आर्कषण बढ्दै गएकोे छ । दमकको आम्दा अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको विभिन्न पाँचवटा प्राविधिक विषयको पठनपाठनमा अध्ययन गर्न आउने अधिकांश महिला भएको जनाएको छ । सीप तथा व्यावसायिक तालीम परिषद्को सिटिइभिटी सम्बन्धनमा सञ्चालित स्टाफ नर्स, स्वास्थ्य सहायक, प्राविधिक–एसएलसीतर्फका अनमी, सिएमए, ल्याब असिस्टेन्टजस्ता प्राविधिक विषयमा ७० प्रतिशत हाराहारी महिलामात्र भएको प्रतिष्ठानका अधिकृत प्रदीप श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सिटिइभिटीले शुक्रबार लिएको परीक्षामा ती विषयमा ४४१ जना विद्यार्थी सहभागी भएका छन् । स्टाफ नर्सको कोटामापूरा पढ्नुहोस्


छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक

साउन १९, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ । महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला खानेकुरा खान नहुनेजस्ता अन्धविश्वास नहटेपछि सेवा सुविधामा रोक लगाउनु परेको वडाध्यक्ष बहादुर महराले बताउनुभयो । ‘‘वडामा सेवा लिन आएका सेवाग्राहीलाई छाउपडी प्रथा मान्ने गरे नगरेको सोधपुछ गरेपछि मात्रै सेवा दिने व्यवस्था गरेका छौँ’’, उहाँले भन्नुभयो । छाउपडीका कारण महिला अलग्गै गोठमा राखिँदा बलात्कृत हुने, सर्प र जंगली जनावरको आक्रमणमा पर्ने तथा विभिन्नपूरा पढ्नुहोस्


गर्भवती महिला स्वास्थ्य चौकी १० वटा अण्डा पाउने

साउन १९, तेह्रथुम स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो । स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रतेक पटक १० वटाका दरले अण्डा प्रदान गर्ने कार्यक्रम राखिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । यो कार्यक्रमले गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्यको ख्याल गर्न प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो । एक गर्भवती महिलाले अनिवार्य चार पटकसम्म गर्भ जाँच गराउनुपर्छ । चार पटक गर्भ जाँच गराउने गर्भवतीले ४० वटा अण्डा पाउने महिलापूरा पढ्नुहोस्


रोल्पाका विद्यार्थीलाई पढाइमा सास्ती

साउन १९, रोल्पा विद्यालयमा राम्रो पढाइ नभएपछि रोल्पाको ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी ट्यूशन पढ्न सदरमुकाम धाउन बाध्य भएका छन् । विद्यालयले समयमै पढार्ई पूरा नगर्ने तथा योग्य शिक्षकको व्यवस्था नगर्दा थप रकम खर्च गरेर ट्यूशन पढ्न बाध्य भएको गुनासो सम्बद्ध विद्यार्थीहरूको छ । विद्यालयले वर्षे बिदा दिएसँगै ट्यूशन पढ्न आउने विद्यार्थीका कारण यतिबेला सदरमुकाममा रहेका कोचीङ सेन्टर भरिभराउ देखिएका छन् । जिल्ला सदरमुकाममा सञ्चालित चार कोचीङ सेन्टरले बिहानी तथा दिवा कक्षामा सयौँ विद्यार्थीलाई पढाइ रहेका छन् । “विद्यालयमा कहिल्यै पढाइ पूरा हुँदैन, परीक्षामा भने सबै पाठबाट प्रश्न आउँदा आफुहरूको परिणाम कमजोर हुनसक्ने आशंकाले एक महिना सदरमुकाम बसेर ट्यूशन पढ्दैछु”पूरा पढ्नुहोस्


दुईतिहाइ भूकम्पपीडित दोस्रो किस्ता अनुदान लिन आएनन्

साउन १९, म्याग्दी जिल्लाका दुईतिहाइ भन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनःनिर्माणका लागि अनुदानको दोस्रो किस्ता लिन आएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास पुनःनिर्माणका लागि २०७५ असार मसान्तसम्मको समयसीमा तोकेको थियो । विभिन्न माध्यमबाट पहल गरिए पनि दुईतिहाइभन्दा बढी भूकम्पपीडित दोस्रो किस्ता अनुदानका लागि अझै सम्पर्कमा नआएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । उक्त एकाइका अनुसार भूकम्पबाट कम प्रभावित १७ जिल्लामा पर्ने म्याग्दीका ७८० ले पहिलो किस्तावापतको रु. ५० हजारका दरले करीब रु चार करोड अनुदान लिएका थिए । हालसम्म २२० ले दोस्रो र १६ ले मात्र तेस्रो किस्तावापतको रकम लिएका छन् । प्राधिकरणले २०७५ पुसपूरा पढ्नुहोस्


बहुउपयोगी कृत्रिम जलाशय निर्माण

साउन १९, तुलसीपुर पानीको समस्या समाधान गर्न घोराही उपमहानगरपालिका यो वर्ष अभियानकै रुपमा पानी संरक्षणमा लागेको छ । पानीका मुहान जोगाउने र वर्षाको पानीलाई खेर जान नदिन यस्तो अभियान थालिएको हो । उक्त अभियानबाट जलवायु परीवर्तनको असर न्युनीकरण गर्न र वातावरणीय सन्तुलन राख्नुका साथै किसानको जीवनस्तरमा समेत सहयोग पुग्ने उपमहानगरपालिकाको अपेक्षा छ । उक्त उपमहानगरपालिकाले एक दर्जन कृत्रिम जलाशय बनाएको छ । यी जलाशयले स्थानीय किसानलाई बेमौसमी तरकारी खेतीदेखि माछापालनमा समेत सहयोग मिलेको छ । सो उपमहानगरपालिका–१७ आरोग्य टोलका अधिकांश किसानले धान रोपाइ सकिसकेका छन् । सिँचाइको पानी नलाग्ने एकाध स्थानबाहेका अन्यत्र यस्तै जलाशयको उपयोगले धानखेतीमा समेत प्रत्यक्ष फाइदा पुगेकोपूरा पढ्नुहोस्