Main Menu

Thursday, August 23rd, 2018

 

रोजगारीको सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्छ – अध्यक्ष दाहाल

भदाै ७, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले रोजगारीको सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्ने बताउँनुभएको छ । इभेन्टस् एण्ड भेन्यू एशोसिएशन अफ नेपालको आठौँ वार्षिक साधारणसभाको आज यहाँ उदघाटन गर्दै उहाँले राज्यले अनावश्यकरुपमा व्यवसायीलाई नियन्त्रण गर्न नहुने र व्यवसायीले सरकारलाई तिर्नुपर्ने कर छल्न नहुने बताउनुभयो । “नाफा कमाउने व्यवसायलाई दुहुनु गाईका रुपमा मात्र प्रयोग गर्ने संस्कार ठीक होइन, नाफा कमाउने स्वतन्त्रता पनि दिनुपर्छ, जनता बलियो भएमात्र देशको विकास हुन्छ,” अध्यक्ष दाहालले भन्नुभयो । अहिले बलियो सरकार भएको हुँदा जनता र व्यवसायीबाट आएका गुनासालाई सम्बोधन गर्ने उल्लेख गर्दै उहाँले पार्टीका तर्फबाट आफूले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयोपूरा पढ्नुहोस्


गुणात्मक शिक्षा अपरिहार्य

भदाै ७, जनकपुरधाम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षाको आवश्यकतामा जोड दिनुभएको छ । जयगोविन्द साह अध्ययन केन्द्रद्वारा आज यहाँ आयोजित ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले नयाँ पुस्ताको माग अनुरूपको शिक्षा अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो । मन्त्री पोखरेलले अब विद्यालयमा राजनीति र ट्रेड युनियनको कुरा नगरी प्राविधिक शिक्षाको संस्कृति निर्माणतर्फ उन्मुख हुनु जरुरी छ भन्नुभयो । उहाँले सरकारले विगतमा भएका विसङ्गतिलाई हटाउने धेयले अनिवार्य शिक्षा ऐन ल्याउन लागेको जानकारी दिनुभयो । सरकारी विद्यालयको अवस्था ज्यादै खराब भएका कारण यसका सुधारका लागि सबैको गहन जिम्मेवारीको आवश्यकता छ भन्दै अब विद्यालयमा सुयोग्य शिक्षक राख्ने प्रणालीकोपूरा पढ्नुहोस्


एशियाली खेलकूद-दक्षिण एशियाली मुलुकको प्रदर्शन कमजोर

भदाै ७, काठमाडौँ इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको आजसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् । भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र सञ्जु चौधरीले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक अन्य स्पष्र्धामा नेपालको प्रदर्शन पहिलो र दोस्रो चरणबाटै समाप्त भएको छ । महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत भङ्ग गरेकी हुन् । अधिकारीले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कूलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन्पूरा पढ्नुहोस्


हत्याका दोषी पत्ता लगाउन माग

भदाै ७, कञ्चनपुर कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार पनि यहाँ प्रदर्शन जारी रहेको छ । भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । भीमदत्तनगर र बेदकोट नगरपालिका क्षेत्रका विद्यालय र बजार प्रदर्शनकारीले बन्द गराएका छन् । स्वस्फूर्तरुपमा ठूलो सङ्ख्यामा विद्यालयका विद्यार्थीसमेत सडकमा उत्रिएका छन् । जिल्ला सदरमुकाम भीमदत्तनगरबाट सञ्चालन हुने यातायात सेवासमेत पूर्णरुपमा ठप्प रहेको छ । अप्रिय घटना हुन नदिन ठाउँठाउँमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीलाई खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बेदकोट नगरपालिका, भीमदत्तनगरपालिका र जिल्लापूरा पढ्नुहोस्


निकुञ्जमा बाघको सङ्ख्या बढ्दै

भदाै ७, वीरगञ्ज पर्सा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले होस पु¥याउनुपर्ने भएको छ । निकुञ्जभित्र अब पाटे बाघको सङ्ख्या दोब्बर भएको अनुमान गरिएको छ । निकुञ्ज क्षेत्र विस्तारसँगै पाटे बाघका लागि उपयुक्त बासस्थान, आहारा, सिमसार तथा घाँसेमैदानको संरक्षण तथा विस्तारका साथै चोरी–निकासी नियन्त्रणतर्फ निकुञ्ज प्रशासनले कडाइ गरेपछि बाघको सङ्ख्या दोब्बरले वृद्धि भएको अनुमान गरिएको हो । सन् २०१३ मा गरिएको सर्वेक्षणअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा सात वटा पाटेबाघ रहेको थियो । तर सन् २०१७\१८ मा गरिएको राष्ट्रिय सर्वेक्षणको नतिजा आउन बाँकी रहे पनि पाटे बाघको सङ्ख्या दोब्बरले वृद्धि हुने अनुमान रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताउनुभयो । बारा,पूरा पढ्नुहोस्


निजी लगानीमा स्वास्थ्यचौकी भवन निर्माण

भदाै ७, तेह्रथुम तेह्रथुमको म्याङलुङ नगरपालिका–७, आम्बुङस्थित स्वास्थ्यचौकीका लागि दाताबाट भवन निर्माण भएको छ । स्थानीय दुई परिवारका सदस्यले आफ्ना स्व बुबाआमाको स्मृतिमा जग्गा खरीद गरी भवन निर्माण गरिदिएका हुन् । स्वास्थ्यचौकीका लागि ११ कोठे भवन निर्माण भएपछि अब २४ घण्टे प्रसूति सेवासमेत शुरु भएको छ । भवन निर्माणका लागि स्थानीय कृष्णबहादुर, इन्द्रबहादुर, गणेशबहादुर, हृदयमान र प्रेमबहादुर सम्बाहाम्फेले आफ्ना स्व बुबा टङ्कबहादुर र आमा मनमायाको स्मृतिमा पाँच रोपनी जग्गा आठ कोठा निर्माणका लागि रु ३९ लाख सहयोग गर्नुभएको हो । यस्तै खेलप्रसाद लिम्बूले आफ्ना बुबा मनबहादुर र आमा निमाको स्मृतिमा एक रोपनी जग्गा र तीन कोठे भवन निर्माणका लागि रुपूरा पढ्नुहोस्


वायु प्रदूषण मापन

भदाै ७, तुलसीपुर तुलसीपुर उपमहानगरपालिकामा वायुप्रदूषणको मापन गरिएको छ । चेक रिपब्लिकका प्राध्यापक पावेल, डा मिलोस र नेपाली नागरिक डा चिरञ्जीवि खड्काको समूहले धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिकस्थलमा प्रदूषण मापन गरेको थियो । सो टोलीले वायुप्रदूषणको प्रारम्भिक अध्ययनमै त्यति राम्रो नदेखिएको र विस्तृत अध्ययन प्रतिवेदन केही समयपछि ल्यावमा परीक्षण गरेर जानकारी दिने उपमहानगरले जनाएको छ । तुलसीपुरका विभिन्न ठाउँमा गरिएको अध्ययनअनुसार वीरेन्द्र चोकमा वायुप्रदूषणको असर सबैभन्दा बढी भएको पाइएको छ । पुराना गाडीबाट निस्कने धँुवाले वायुप्रदूषण बढाएकाले घटाउनका लागि फोहर व्यवस्थापनका साथै रुख रोप्न ध्यान दिनुपर्ने सुझाव दिइएको छ । विकसित देशमा हरियाली बनाउने ठाउँ नहुँदा पनि उनीहरूले घरकोपूरा पढ्नुहोस्


पत्रकार महासङ्घ सदस्य रिजाल निलम्बित

भदाै ७, नेपालगञ्ज नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य पत्रकार प्रमोद रिजाललाई निलम्बन गरिएको छ । महासङ्घ जिल्ला कार्य समितिको बुधबार यहाँ बसेको बैठकले पत्रकार रिजालले फेसबुकमा महिला पत्रकारलाई अश्लिल भाषामा गालीगलौज गरेकाले निलम्बन गरेको हो । यसअघि शाखा अध्यक्ष ठाकुरसिंह थारूको अध्यक्षतामा बसेको बैठकले पत्रकार रिजाललाई निलम्बनका लागि केन्द्रमा सिफारिश गरेको थियो । यसअघि महासङ्घले पत्रकार विजय मल्ललाई फेसबुकमार्फत महासङ्घ र पदाधिकारीविरुद्ध अपमानजनक करा लेखेकोमा सदस्यताबाट निलम्बन गरेको थियो ।


चिनीया प्रविधिको मकै अब नेपालमा

भदाै ७, काठमाडौं मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने अभिप्रायले सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि तालीम आयोजना गरिएको छ । हाइब्रिड मकै उत्पादनसम्बन्धी विभिन्न प्रविधिका बारेमा जानकारी दिन आयोजित सो तालीममा कृषि मन्त्रालय, कृषि विभाग, नार्क र सरकारी एवं निजी बीउबिजन उत्पादक कम्पनीका विज्ञ, वैज्ञानिक र प्राविधिकलगायत ३५जनाको सहभागिता छ । नेपालमै मकैको हाइब्रिडको बीउ उत्पादन हुनसक्ने तालीममा सहभागीले जनाएका छन् । उक्त तालीम सञ्चालाका लागि चीन सरकारको वाणिज्य मन्त्रालयले नेपाल सरकारलाई सहायता प्रदान गरेकामा कृषि मन्त्रालयअन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र चीनको युआन लोङपिङ हाइटेक कृषि कम्पनीले सामूहिक रूपमा कार्यक्रम गरिरहेका छन्पूरा पढ्नुहोस्


सौर्य मिनी ग्रीड परियोजना शुभारम्भ

भदाै ७, मोरङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मिक्लाजुङ गाउँपालिका–१ आइतबारेमा निर्माण गरिएको ३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजना बुधबार शुभारम्भ गर्नुभयो । केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको जिल्लाको विकट मानिने सो क्षेत्रमा ऊर्जाको आवश्यकता पूर्ति गर्न जडान गरिएको सो प्रणालीबाट ७५ घरधुरीमा विद्युतीकरण भएको छ । एसियाली विकास बैंकको रु एक करोड ४५ लाख २० हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु १६ लाख र जिल्ला समन्वय समितिको रु छ लाख गरी कूल एक करोड ७५ लाख ८७ हजार ५४५ को लागतमा सो प्रणाली जडान गरिएको हो । सूर्योदय ऊर्जा प्रालिले निर्माण गरेको उक्त परियोजनामा पहिलोपटक स्मार्ट मिटरपूरा पढ्नुहोस्