Main Menu

Tuesday, August 21st, 2018

 

पहिरोको उच्च जोखिममा चार स्थानीय तह

भाद्र ५, बैतडी बैतडीका चार स्थानीय तहमा पहिरोको उच्च जाखिममा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा पहिरोको जोखिमी देखिए पनि डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका,  र मेलौली नगरपालिका भने उच्च जोखिममा रहेका समितिका संयोजक लालबहादुर महराले बताउनुभयो । जिल्लामा विभिन्न किसिमका प्रकोपको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका विषयमा सम्बन्धित स्थानीय तहसँग छलफल भएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले बताउनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्न आग्रह गरिएको छ उहाँले भन्नुभयो, “स्थानीयस्तरमा विपद् व्यवस्थापन समितिपूरा पढ्नुहोस्


बालमैत्री नगर घोषणा अभियान सुस्त

भाद्र ५, नेपालगञ्ज बाँके जिल्लालाई बाल श्रमिकमुक्त जिल्ला घोषणा गरिए पनि शहरका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा अझै पनि बालश्रमिक राखिएको पाइएको छ । झण्डै एक दशकअघि जिल्ला बालकल्याण समिति र बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले यस जिल्लालाई ‘बाल श्रमिकमुक्त जिल्ला’ घोषणा गरेकै बखत यसको कार्यान्वयनका सम्बन्धमा प्रश्न उठाइएको थियो । ‘‘म भर्खर आएको छु, बालश्रमका विषयमा सबै कुरा बुझ्न समितिको बैठक छिट्टै बस्ने व्यवस्था मिलाउछु, त्यसपछि हेराैँ यस विषयमा के गर्न सकिन्छ’’,प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । बालश्रम उल्मूलन नभएकैले नेपालगञ्जमा अहिले फेरि बालमैत्री स्थानीय शासन अभियान सञ्चालन गरिएको छ । एक वर्षअघि नै सक्नुपर्ने यो अभियानलेपूरा पढ्नुहोस्


थवाङको च्याउले बजार पाएन

भाद्र ५, रोल्पा आयआर्जनका लागि उत्तरी रोल्पाको वीर बलभद्र माध्यमिक विद्यालय थवाङले उत्पादन गरेको च्याउखेती बजार अभावका कारण कुहिँदा क्षति ब्यहोर्नुपरेको छ । सो विद्यालयले आन्तरिक आयस्रोत वृद्धि गर्न, शिक्षालाई व्यवहारिक एवं प्रयोगात्मक बनाउन बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी परिचालन गरी च्याउखेती थालेको हो । सो खेती गर्न विद्यालयले रु ३ लाख लगानी गरेको बताइएको छ । दैनिक २५ देखि ५० किलोसम्म उत्पादन दिन थाले पनि स्थानीय बजारमा च्याउ थोरै बिक्री भएको छ । जिल्लाका साना ठूला बजार खोजिएको तर वर्षात्का कारण सडक अवरुद्ध हुँदा अन्यत्र पठाउँन सकिएको छैन । च्याउको बजार मूल्य सदरमुकाम लिवाङमा प्रतिकिलो रु ४०० रहे पनिपूरा पढ्नुहोस्


रेडियो नेपालको जग्गा फिर्ता गराउन जोड

भाद्र ५, काठमाडौँ राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा रेडियो नेपालको जग्गा रेडियो नेपाललाई नै फिर्ता गर्न जोड दिइएको छ । सांसद उदया शर्मा पौडेलले ललितपुर जिल्लामा रहेको रेडियो नेपालको नाममा रहेको सो जग्गालाई एक निजी बसोवास निर्माण कम्पनीलाई ३० वर्षका लागि भाडामा उपलब्ध गराइएकाले रेडियो नेपाललाई नै फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद अनिता देवकोटाले दाङ जिल्लामा सञ्चालित सिमेन्ट उद्योग मापदण्ड विपरीत उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले वर्षाका कारण दाङलगायत विभिन्न स्थानमा रहेका पुल जीर्ण हुँदै गएकाले तत्काल निर्माण गर्न पनि आग्रह गर्नुभयो । सांसद कबिता बोगटीले मुस्लिम धर्मावलम्बीको चाड बकर ईदको अवसरमा सार्वजनिक बिदा दिनपूरा पढ्नुहोस्


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ कालोपत्र गरिने

भाद्र ५, काठमाडौ सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटक–पटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने योजना बनाएको हो । मर्मतका लागि दैनिक १० घण्टा विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मर्मत गर्न आवश्यक प्रक्रियासमेत शुरु गरिसकेको छ । देशकै ऐनाका रुपमा रहेको संवेदनशील मानिने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको धावनमार्ग एक वर्षभित्र पूर्णरुपमा मर्मत (कालोपत्र) गर्ने कार्य एक नम्बर प्राथमिकतामापूरा पढ्नुहोस्


अनिश्चितकालीन तालाबन्दी

भाद्र ५, राजविराज औद्योगिक क्षेत्र सुधारसम्बन्धी विभिन्न माग सहित सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरिएको छ । उक्त क्षेत्रका उद्योग सञ्चालकहरू व्यवस्थापनसमक्ष छ बँुदे माग प्रस्तुत गर्दै मूलढोकामै धर्नामा बसेका छन् । उद्योग भित्र नियमित विद्युत् आपूर्तिका लागि छुट्टै फिडरको व्यवस्था गर्नुपर्ने, गत वर्ष बाढीले भत्काएको उद्योगको पर्खाल निर्माण गर्नुपर्ने, सामान्य वर्षामा पनि औद्यौगिक क्षेत्र डुबानमा पर्ने भएकाले पानी निकासको उचित व्यवस्था गर्नुपर्ने, स्वच्छ पानीका लागि बोरिङको व्यवस्था गर्नुपर्ने, औद्योगिक सुरक्षाबलको व्यवस्था गर्नुपर्ने र वर्षाले पानी पसेर उद्योगका उपकरणमा पु¥याएको क्षतिको यकिन गरी क्षतिपूर्ति दिनुपर्ने मागपत्रमा उल्लेख छ । समस्याग्रस्त औद्योगिक क्षेत्रको सुधारका लागिपूरा पढ्नुहोस्


हत्यारा पत्ता नलगाएको भन्दै बजार बन्द

भाद्र ५, भीमदत्तनगर तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज भीमदत्तनगर बजार बन्द गराएका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीको आरोप छ । नागरिक सङ्घर्ष समिति बनाएर स्थानीयवासी लामो समयदेखि आन्दोलनमा छन् । उनीहरुले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई बलात्कारपछि हत्या गरेको अभियोगमा सार्वजनिक गरेर प्रहरीले घटनाको वास्तविकता लुकाउन खोजेको आरोप लगाएका छन् ।पूरा पढ्नुहोस्


माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा

भाद्र ५, काठमाडौँ नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन् । सोबारे द्विपक्षीय सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब ७६ करोड लगानी गर्ने भएका छन् । त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको ३७ मेगाावाट क्षमताको सो आयोजनामा नबिल बैंकको अगुवाइमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडले ऋण लगानीसम्बन्धी सम्झौता गरेका हुन् । सम्झौतापत्रमा त्रिशूली जलविद्युत् कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मोहन गौतम र अगुवा बैंकको तर्फबाटपूरा पढ्नुहोस्


श्यामप्रसाद विचार प्रतिष्ठान स्थापना

भाद्र ५, काठमाडौँ प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माका नाममा ‘श्यामप्रसाद विचार प्रतिष्ठान’ स्थापना गरिएको छ । श्यामप्रसादसँग नजिक रहेर काम गर्नुभएका, प्रगतिशील साहित्यकार तथा कलाकारहरूको यही भदौ २ गतेको भेलाले भोजपुरका शिवकुमार श्रेष्ठको संयोजकत्वमा सात सदस्सीय समिति गठन गरेको हो । सो प्रतिष्ठानको उपसंयोजकमा ललितपुरकी नानीमैयाँ अधिकारी, सचिवमा भक्तपुरका कृष्णमोहन जोशी, कोषाध्यक्षमा काठमाडौँका रामकृष्ण डङ्गोल तथा सदस्यहरुमा राधा तिमिल्सिना, रामकृष्ण भण्डारी र तारानाथ जोशी एवं संरक्षकमा सम्झना शर्मा र माधुरी मानन्धर रहनुभएको छ । प्रतिष्ठानले श्यामप्रसादका प्रगतिशील विचार फैलाउने, उहाँका समकालीनहरूलाई सम्मान गर्ने र अप्रकाशित लेखरचना प्रकाशन गर्ने छ । सबै प्रदेशमा सङ्गठन विस्तार गरिने सदस्य भण्डारीले जानकारीपूरा पढ्नुहोस्


एचआइभी संक्रमितलाई उपचार खर्च

भाद्र ५, उर्लाबारी, मोरङ मिक्लाजुङ गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिश गरी एआरटी औषधि खाँदै गरेका संक्रमितलाई वार्षिक रु १० हजार उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ । सोमबर बसेको गाउँपालिकाको २८औँ कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष नगेन्द्र कार्कीले जानकारी दिनुभयो । गाउँपालिकाको स्वास्थ्य शाखामा हाल १२ एचआइभी संक्रमित सम्पर्कमा आएका छन् । संक्रमितलाई उपचार खर्च उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेलले बताउनुभयो । गाउँपालिकाले गरेको कामबारे प्रत्येक वडामा सार्वजनिक सुनवाइ कार्यक्रम गर्ने तथा बाढीपहिरोको जोखिम भएको ठाउँमा तटबन्ध निर्माण गर्न रुपूरा पढ्नुहोस्