Main Menu

Monday, August 6th, 2018

 

देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

साउन २१, काठमाडौँ मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ । मनसुन न्यूनचापीय रेखा नेपाल नजिक (खासगरी मध्य र पश्चिम क्षेत्र)भएकाले काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति काठमाडौँसहित मध्य र पश्चिमका एक\दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । बुधबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । वर्षा भए पनि भारी वर्षाको सम्भावना नरहेको मौसमविद अर्यालको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमापूरा पढ्नुहोस्


औषधि र मासु पसलमा सिलबन्दी

साउन २१, काठमाडौँ नियम विपरीत सञ्चालनमा रहेका चार पसललाई सिलबन्दी गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गरेको अनुगमनका क्रममा यसअघि दिएको  निर्देशन पालना नगरेको र औषधि पसल सञ्चालनसम्बन्धी कुनै पनि कागजात नपाइएपछि नरेफाँटस्थित एनएण्डएस औषधि पसल सिलबन्दी गरिएको हो । त्यसैगरी मनकामना मार्केटिङ स्टोर र केसी चिकेन स्टोर गँगबुमा पनि कुखुरा राख्ने स्थान र वधस्थल अत्यधिक फोहोर भएको, छानाबाट पानी चुहिएको तथा व्यवसाय दर्तासँग सम्बन्धित कागजात व्यवसायस्थलमा नभएकाले हाल दुवै पसलका सामान सञ्चालक स्वयंको जिम्मामा रहने गरी सिलबन्दी गरिएको हो । केसी चिकेन स्टोरबाट म्याद नाघेका रु दुई हजार ८०० बराबरको सामान नष्ट गरिएको छ ।पूरा पढ्नुहोस्


पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

साउन २१, काठमाडौँ आगामी भदौ १५ गते मनाइने पुस्तकालय दिवसका लागि ‘११औँ पुस्तकालय दिवस मूल समारोह समिति’ गठन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा ३७ सदस्यीय समिति गठन गरिएको उक्त मन्त्रालयका पुस्तकालय शाखाप्रमुख यादवचन्द निरौलाले बताउनुभयो । समितिले यस वर्षको आर्दश वाक्य ‘समृद्ध पुस्तकालय सुदृढ समाज’ चयन गरेको पनि उहाँले जानकारी दिनुभयो । भदौ ८ देखि १५ गतेसम्म सप्ताहव्यापी मनाइने उक्त दिवस सफल पार्न सात उपसमितिसमेत गठन गरिएको छ । सरकारले विसं २०६५ देखि पठन संस्कृतिको विकास र पुस्तकालय प्रवद्र्धर्नका लागि हरेक वर्ष पुस्तकालय दिवस मनाउँदै आइरहेको छ । तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहलेपूरा पढ्नुहोस्


एकीकृत सम्पत्ति कर लागू

साउन २१, कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाले एकीकृत सम्पति कर लागू गरेको छ । नगरपालिकाको बैठकले करका दर रेट निर्धारण गरी एकीकृत सम्पति कर लागू गरेको हो । स्थानीय सरकार सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७४ को परिच्छेद ९ मा एकीकृत सम्पति कर सम्बन्धी भएको व्यवस्थाअनुसार नगरपालिकाको अधिकार क्षेत्रभित्र कर लगाउन पाउने व्यवस्था अनुसार कर लागू गरिएको नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले बताउनुभयो । “नगरपालिकाको क्षेत्रभित्र कुनै व्यक्तिको स्वामित्वमा रहेको सम्पूर्ण घर जग्गाको एकिकृत हिसाब गरी कर लगाइएको छ,” उहाँले भन्नुभयो । रु एक लाखसम्मको सम्पतिमा रु १०, रु एक लाखदेखि रु दुई लाखसम्मको सम्पतिमा रु २०, रु दुई लाखदेखि रु तीनपूरा पढ्नुहोस्


कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

साउन २१, काठमाडाैँ रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकन डलरबाट ४११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटबापत रु ४११ अमेरिकी डलर अर्थात ४५ हजार २९२ रुपैँया तिर्नुपर्नेछ । इपिएस प्रणालीबाट दक्षिण कोरिया जाने कामदारले तिर्ने हवाई भाडा सार्वजनिक खरिद ऐनअनुसार पहिलो पटक विद्युतीय बोलपत्रको माध्यमबाट प्रतिस्पर्धा गराइएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । बोलपत्रमा पाँच ट्राभल्स कम्पनीले सहभागिता जनाएका थिए ।पूरा पढ्नुहोस्


अर्थ समितिद्वारा तीन दिनभित्र विवरण बुझाउन निर्देशन

साउन २१, काठमाडौँ संघीय संसद्, प्रतिनिधिससभा अन्तर्गतको अर्थ समितिले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डसँग सम्बन्धित विवरण तीन दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ । समितिको आज बसेको पहिलो बैठकले पाँच वर्षमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था, निर्देशन कार्यान्वयन नभएको भए नहुनुका कारण, जिम्मेवार पक्ष र भावी कार्ययोजनाका बारेमा विवरण बुझाउन निर्देशन दिएको हो । समितिका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले उक्त निकायलाई सो अवधिको राजश्व, पूँजीगत खर्च, वैदेशिक सहायतालगायतको लक्ष्य र प्रगतिसहितको बजेट कार्यान्वयनको अवस्था र प्रवृत्तिको विवरण बुझाउन निर्देशन दिने निर्णय गरेको छ । उक्त अवधिको आयातनिर्यात लगायतकापूरा पढ्नुहोस्


एउटै वडाका १६१ महिला इराकमा

साउन २१, चौतारा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा धिमिरेले बताउनुभयो । माइती नेपालले प्रत्येक घरमा गएर हालै सर्भेक्षण गरेको थियो । गाउँपालिकाको सो वडामध्ये साविक मार्मिङ गाविस– ४ का छ्यादी, पाखेरे र गोल्ची गाउँबाट ५२ महिला र ३० पुरुष इराक गएका छन् । यहाँ तामाङ र शेर्पा समुदायको बसोवास रहेको छ । सो गाउँमा बालबालिका र वृद्धवृद्धा मात्र घर रुँगेर बसेका छन् । एउटै घरबाटपूरा पढ्नुहोस्


एचआइभीको पीडा भोग्दै बाउन्न महिला

साउन २१, दैलेख दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकमकी धर्मा बडुवाललाई आफ्ना श्रीमान् एचआइभी संक्रमणले बितेको भन्ने कुरा बल्ल थाहा भयो । जब कामका लागि भारत जानुभएका श्रीमान्लाई एचआइभी संक्रमणले सताएपछि उपचारकै क्रममा उहाँको मृत्यु भयो । श्रीमान्कै कारण आफू पनि एचआइभी संक्रमणमा परेर समस्यामा पर्नुभएकी उहाँलाई छोराछोरीको लालनपालनमा समस्या छ । जेठी छोरीको बिहे भए पनि आफूसँग रहेको छोराको लालनपालनमा समस्या भएकाले बाख्रापालनजस्ता सजिलो व्यवसायमा स्थानीय सरकारले सहयोग गरे जीवन गुजारा गर्न सजिलो हुने उहाँ बताउनुहुन्छ । बडुवाल मात्रै हैन एचआइभी संक्रमण भएर श्रीमान् गुमाएका करिब ५२ महिला राकममा छन् । अधिकारप्राप्ति र समाजमा गरिने भेदभाव विरुद्ध लड्नपूरा पढ्नुहोस्


बीमा कम्पनीका शेयर – बजार घटे, शाख घटेन

साउन २१, काठमाडौँ धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर घटे पनि बजारको शाख राखिरहेको छ । नेपाल स्टक एक्सचेञ्जमा सातवटा जीवन बीमा कम्पनी र १५ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् । ती कम्पनीका शेयर अघिल्लो वर्षको तुलनामा ठूलोमात्रामा घटे पनि जलविद्युत्, बैंक तथा वित्तीय संस्थाको तुलनामा भने कमै रहेको छ । निर्जीवन बीमा र जीवन बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताले विगतको तुलनामा केही घाटा व्योहोरेका छन् । अरु कम्पनीका तुलनामा भने उनीहरुको लगानी हालसम्म कम जोखिममा नै रहेको छ । दोस्रो बजारमा शेयर खरिद गर्नेले केही घाटापूरा पढ्नुहोस्


श्रीमतीको हत्यापछि सन्तानको बिचल्ली

साउन २१, बाँके एक वर्षअघि श्रीमतीको हत्या गरी इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका मोहम्मद अस्ताव बेडुवाका सन्तानको बिचल्ली भएको छ । कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय बेडुवाले विसं २०७३ असारमा २७ वर्षीया श्रीमती फल्सुनदेवीको हत्या गरेर सजाय भुक्तानका लागि अहिले कारागारमा रहेकाले उनका छ छोराछोरी बिचल्लीमा परेका हुन् । उनले झारफुक गर्न जाने भन्दै श्रीमतीलाई तीन किलोमिटर टाढा बाटोमा लगेर हत्या गरेका थिए । हाल टुहुरा जस्तै बनेका उनीहरु जहाँ जान्छन् त्यहीँ खान्छन् । कसैले मतलव गर्दैनन् । अलि ठूलो भएको जेठा छोरोले पनि मागेरै गुजारा चलाउँदै आएको बेडुवाको भाइबुहारी आसरा खानले बताउनुभयो । “गरिबीका कारण आफ्नै ज्यान त पाल्नपूरा पढ्नुहोस्