Main Menu

Friday, August 24th, 2018

 

पत्रकार रुपनारायण पुरस्कृत

भदाै ८, पोखरा गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ‘दि हिमालयन टाइम्स’ का पत्रकार रुपनारायण ढकाल पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ, कास्कीद्वारा सञ्चालित सो पुरस्कार पोखरामा आज आयोजित कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार ढकाललाई प्रदान गर्नुभयो । पुरस्कारको राशी रु २५ हजार एक रुपैयाँ, दोसल्ला र सम्मानपत्र छ । महासंघका अध्यक्ष आचार्यले पत्रकारिता क्षेत्र नागरिकका आवाजलाई समाजमा लैजाने महत्वपूर्ण माध्यम भएको बताउँनुभयो । मुलुकी संहिता २०७४ का धेरै प्रावधान पत्रकारलाई अङ्कुश लगाउने किसिमका भएको बताउँदै उहाँले समाचार लेखेकै आधारमा पत्रकारलाई मुद्दा लगाउन थालिए त्यसका विरुद्धमा आन्दोलन थालिने बताउनुभयो । पुरस्कार छनौट समितिका संयोजक कृष्णप्रसाद बाँस्तोलाले खोजीपूरा पढ्नुहोस्


महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

भदाै ८, काठमाडौँ प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको सङ्कल्प प्रस्तावमाथि उहाँहरुले ‘समृद्धिको पहिलो आधार हिंसामुक्त समाज’ भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै ‘महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा हेरिएको र उपभोग्य साधनका रुपमा मात्रै लिइएका कारण’ हिंसा बढेकाले कानूनी एवं व्यावहारिक रुपमा नै समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन नभएको, सामाजिक रुपमा चेतना बढाउन नसकिएको र आर्थिक रुपमासमेत विभेद रहेको, संविधानले महिला र पुरुषलाई समान अधिकार दिए पनि व्यवहारमा महिलामाथि शारीरिक, मानसिक, यौनजन्य हिंसा हुने गरेको तथा दाइजोको निहुँमा कुटपिट हुने गरेकाले विद्यमानपूरा पढ्नुहोस्


आलेख- हिमालमा लामखुट्टे !

भदाै ८, पोखरा उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ । तराई र मधेशका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झण्डै तीन दशक पुगिसकेको छ । हिमाली क्षेत्रमा देखिन थालेको चाहीँ करीब एक दशक पुग्न लाग्यो । हिमालपारिको जिल्ला मुस्ताङको घरबजोङ गाउँपालिका वडा नं ५ ठिनीका ६५ वर्षीय पल्डिसी थकाली विगतमा लामखुट्टेको नाम समेत नसुनेका यहाँका स्थानीयवासी यतिखेर भने झुल प्रयोग गर्नपूरा पढ्नुहोस्


वैभवशाली बिम्स्टेक बनाउने प्रयासमा शीर्ष नेतृत्व

भदाै ८, काठमाडौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई वैभवशाली बनाउन आगामी साता सात देशका राष्ट्राध्यक्ष\सरकार प्रमुखको शिखर सम्मेलन काठमाडौँमा हुँदैछ । दक्षिण एशियाली पाँच र दक्षिणपूर्वी एशियाली दुई मुलुकको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकको चौथो शिखर सम्मेलनले क्षेत्रीय कूटनीतिमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ । सम्मेलनबाट नेपालको सकारात्मक छवि अन्तर्राष्ट्रिय तहमा उजागरमात्र नभई कूटनीतिक सामथ्र्य पनि मुखरित हुनेछ । क्षेत्रीय सहयोग विस्तारका साथै नेपालको परराष्ट्र नीतिका अन्तर्वस्तु अभिव्यक्त गर्ने उपयुक्त स्थलका रुपमा बिम्स्टेकलाई चित्रण गर्नुहुन्छ पूर्व राजदूत दिनेश भट्टराई । क्षेत्रीयस्तरमा नेपालको राष्ट्रिय हित र स्वार्थको प्रवद्र्धन तथा सहयोगात्मक साझेदारीका निम्ति बिम्स्टेकजस्ता सम्मेलनले कूटनीतिक फाँटमापूरा पढ्नुहोस्


एशियाली खेलकूद – भलिबलमा कोरियासँग भिड्दै

भदाै ८, काठमाडौँ इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट अर्को चरण प्रवेश गर्नका लागि आजको खेल नेपालले जित्नैपर्ने दबाब रहेको बताउनुहुन्छ । एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालले ३२ वर्षपछि एशियाली खेलकूदमा भलिबलमा सहभागिता जनाएको हो । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो । भलिबल राष्ट्रिय खेलसमेत हो । नेपाल टोलीमापूरा पढ्नुहोस्


‘समन्वय गरेर अनुसन्धान अगाडि बढाउँछौँ’

भदाै ८, भीमदत्तनगर आन्दोलनरत पक्षसित समन्वय र छलफल गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभएको छ । बिहीबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर आइपुग्नुभएका कडायतले आन्दोलनरत सबै पक्षको राय सुझाव लिने र उच्च प्राथमिकताका साथ घटनाको अनुसन्धान थालिने बताउनुभयो । “घटना नयाँ शिराबाट अनुसन्धान गर्ने स्थिति आउन सक्छ,” उहाँले भन्नुभयो, “यहाँ लगाइएको कफ्र्यू आज बिहान ५ बजेदेखि हटेको छ ।” उहाँले आन्दोलनरत पक्ष र स्थानीयवासीलाई प्रहरी अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नुभयो । बिहीबारसम्म अशान्त रहेको भीमदत्तनगरको स्थिति आज बिहानदेखिबाट सामान्य बन्दै गएको छ । बजार खुलेको छ भने सवारीसाधन चल्न थालेका छन् । गृहमन्त्रालयलेपूरा पढ्नुहोस्


खोला पार गर्दैगर्दा बाढी आएपछि…

भदाै ८, बाँके छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्रु हाम फालेर बाँच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको किया गाडी बनगाड खोला पार गर्ने क्रममा बाढी आएर बगाएको थियो । सबै यात्रु छिटो–छिटो हाम फालेर भागेका थिए । यात्रुको झोला सरसमान भने खोलाले बगाएको छ । गाडी ढुङ्गामा अड्किएपछि खोलाले बगाउन भने सकेन । तत्कालै डोजरको सहायताले खोलामा फसेको गाडी निकालिएको थियो । उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ । लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु–जाजरकोट सडक खण्डको उक्त खोलामा दैनिक आवतजावतमा समस्या हुने गरेको यातायातपूरा पढ्नुहोस्


रोल्पामा मुस्ताङी विद्यार्थीको सहयोग

भदाै ८, रोल्पा केही दिनअघि मुस्ताङमा भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका रोल्पाली व्यक्तिका परिवारलाई त्यहाँका विद्यार्थीले रकम सङ्कलन गरी पठाएका छन् । मुस्ताङको धौलागिरि आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीको कल्याणकारी सङ्गठन जुनियर रेडक्रस सर्कलको अगुवाइमा रु ६६ हजार ५१० सङ्कलन गरी रोल्पा पठाइएको हो । रेडक्रसकर्मी विद्यार्थीले सङ्कलन गरेका सो रकम यहाँको सुनछहरी गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा दामासाही रूपमा प्रति मृतकको रु सात हजार ३९० का दरले उपलब्ध गराइएको स्थानीय हर्क घर्तीमगरले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका अध्यक्ष नौलसिं पुन, सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनलगायतको सहभागिता रहेको सो कार्यक्रममा मृतकका परिवारलाई सम्झने मुस्ताङी विद्यार्थीप्रति रोल्पालीलेपूरा पढ्नुहोस्


स्थानीय तहले खर्च विवरण बुझाएनन्

भदाै ८, बैतडी कुनै पनि स्थानीय तहले कोष तथा लेखा नियन्त्रकको कार्यालयमा खर्च विवरण नबुझाएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय जनाएको छ । उक्त कार्यालयबाट निकासा भएको रकमको खर्च विवरण बुझाए पनि स्थानीयतहले आफ्नो वास्तविक खर्च भने बुझाउन नसकेको उक्त कार्यालयका प्रमुख बासुदेव जोशीले बताउनुभयो ।साउन मसान्तसम्म स्थानीय तहले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने थियो तर अहिलेसम्म पनि नबुझाएकाले एक हप्ताको समयसँगै फारमको नयाँ ढाचाँ सबै स्थानीय तहलाई दिइएको उहाँको भनाइ थियो । कार्यालय प्रमुख जोशीले भन्नुभयो, “सबै स्थानीय तहलाई भदौको पहिलो हप्ताभित्र सबै खर्च विवरण बुझाउन भनिएको छ ।” उक्त जिल्लामा छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीयपूरा पढ्नुहोस्


बालकद्वारा जीवनरक्षाको अपिल

भदाै ८, दाङ तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुर निवासी ११ वर्षीय बालक शशी अधिकारीले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् । आफ्ना दुवै मिर्गौलाले काम नगरेकाले उपचारका लागि सहयोग गरिदिन सबैसंग आग्रह गरेका हुन् । बिहीबार तुलसीपुरमा उनले पत्रकार सम्मेलन गरी उपचारका लागि आवश्यक रकम आफ्नो परिवारसँग नभएकाले सबैको स–सानो सहयोगले पनि आफ्नो जीवनरक्षाका लागि ठूलो योगदान हुने बताए । उनले भने “बुबा अपाङ्ग हुनुहुन्छ, घरको आर्थिक अवस्था नाजुक छ, उपचार गराउन फुपूले भारतको लखनउ लग्नुभयो त्यहाँका चिकित्सकले रु तीन लाख लाग्छ भनेकाले आफू फर्केर आएको हूँ ।” पत्रकार सम्मेलनमा बालक अधिकारीकी फुपू खीमा भण्डारीले पनि आर्थिक अभबकै कारण उपचारका लागि सहयोगपूरा पढ्नुहोस्