Main Menu

Wednesday, August 15th, 2018

 

एशियाडको उनन्तीस खेलमा नेपालको प्रतिस्पर्धा

साउन ३०,काठमाडौँ एशियाली खेलकूद (एशियाड) को १८ औँ संस्करणमा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दैछ । आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने उक्त खेलकूदमा नेपालले २९ खेलमा सहभागिता जनाउने राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो अवसरमा राखेपका सदस्यसचिव केशवकुमार विष्टले उक्त खेलकूदमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे एक गरी कुल २८५ जनाको सहभागिता रहने जानकारी दिनुभयो । “साधान र स्रोेतले भ्याएसम्म हामीले खेलाडीलाई अधिकतम सुविधा प्रदान गरेका छौँ, खेलाडीको प्रशिक्षणमा सङ्घबाट आएको प्रस्तावलाई सकेसम्म सम्बोधन गर्ने प्रयास गरेका छौँ, पदकको सम्भावना रपूरा पढ्नुहोस्


उखु किसान अनशनमा

साउन ३०, कपिलवस्तु कपिलवस्तुका उखु किसान सरकारले दिने अनुदान नपाएपछि अनशनमा बसेका छन् । आव ०७१\७२ मा सरकारले प्रतिक्विन्टल रु २५ का दरले अनुदान दिने भने पनि अहिलेसम्म नपाउँदा यहाँका किसान इलाका प्रशासन कार्यालय चन्द्रौटामा अनशन बसेका हुन् । कपिलवस्तुमा सात हजार उखु किसानले अनुदान पाएका छैनन् । कपिलवस्तुमा मात्रै करीब रु दुई करोड ५० लाख रकम किसानले पाउनुपर्ने भए पनि अझै पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभयो । अनुपकुमार चौधरी शिवराज नगरपालिका–७ का वडा अध्यक्षसमेत हुनुहुन्छ । अनशनमा अध्यक्ष चौधरीसहित रामबहादुर रायमाझी, रामप्रकाश चौधरी, हरिनारायण चौधरी र बलराम पाण्डेलगायत छन् । अन्य जिल्लाका किसानले अनुदानको रकमपूरा पढ्नुहोस्


प्रेस स्वतन्त्रताको चिन्ता

साउन ३०, काठमाडौँ आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको भन्दै सरोकारवाला निकायका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन र सेन्टर फर मिडिया रिसर्च–नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा पत्रकारितासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिले उक्त संहिताले समाचार सङ्कलनदेखि प्रकाशन प्रसारण गर्नसमेत अप्ठेरो अवस्था सिर्जना गर्ने भन्दै त्यस्ता विषय सच्याउनुपर्ने सुझाव दिएका हुन् । कार्यक्रममा अधिवक्ता बाबुराम अर्यालले संविधान बनेपछि कानून बनाउनुपर्ने बाध्यता भए पनि मुलुकी अपराध (संहिता) भने संविधानले व्यवस्था गरेभन्दा विपरीत आएको बताउनुभयो । प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कुनैपूरा पढ्नुहोस्


रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस

साउन ३०, बनियानी, झापा ७२औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले नेपाल रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई आज सवारीसाधन प्रदान गरेको छ । रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई एक बस प्रदान गरेको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।   “एउटा झापा शाखा र एउटा गौरादह उपशाखालाई प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “यसले विपद् व्यवस्थापनमा सहयोग मिल्नेछ ।” उहाँका अनुसार भारत सरकारले नेपालभर ३० वटा एम्बुलेन्स प्रदान गरेको छ जसमा तीन जिल्लाका रेडक्रस परेका छन् । झापा रेडक्रसलाई दुई थान, चितवन र धनुषा रेडक्रसलाई एक\एक थान एम्बुलेन्स प्रदान गरिएकोपूरा पढ्नुहोस्


साझाको एकैपटक सात आवको लेखापरीक्षण

साउन ३०, काठमाडौँ साझा प्रकाशनले महालेखापरीक्षकको कार्यालयबाट एकैपटक सात आर्थिक वर्षको लेखापरीक्षण शुरु गरेको छ । प्रकाशन लेखापरीक्षकको आज बसेको बैठकले आव २०६८\०६९ देखि आव २०७४\०७५ सम्मको लेखापरीक्षण थालेको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताउनुभयो । अहिलेसम्म सरकारी निकायले लेखापरीक्षण नगरेकोले पहिलो पटक महालेखापरीक्षकको कार्यालयबाट उक्त कार्य शुरु गरिएको हो । साझाले आव २०६३\०६४ देखि आव २०६७\०६८ सम्मको कार्यालयले गरेको लेखापरीक्षण पुनरवलोकन गर्ने भएको छ । “अगाडिका व्यवस्थापकका मान्छेले आफ्नो अनुकूल लेखापरीक्षक नियुक्ति गरेर सो कार्य गराउँदै आए, तर अब हामीले सरकारको लेखापरीक्षकबाट गराउँदैछौ,” उहाँले भन्नुभयो । यसअघि महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण गराउँदा कर्मचारीको अवरोधले हुन सकेको थिएन ।पूरा पढ्नुहोस्


बाढीले अनामनगर र बिजुली बजार प्रभावित

साउन ३०, काठमाडौँ धोविखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पानीको बहाव धेरै भएका कारण बस्तीमा पसेको बताउनुभयो । बाढीले कपन नीलोपुल, गोपीकृष्ण, ओम अस्पताल, रातोपुल, कालोपुल, ज्ञानेश्वर, मैतीदेवी क्षेत्रका बासिन्दा धेरै प्रभावित भएको घिमिरेले जानकारी दिनुभयो । नीलोपुलमा राति एक बजे बाढी आएको र त्यस क्षेत्रको एउटा सानो पुल भत्काई पानी थुनिएपछि सतहबाट बस्तीमा बालुवासहित लेदो पानी पसेको स्थानीयबासीले बताएका छन् । त्यस्तै गए रातिको अविरल वर्षाले निर्माणाधीन बिजुली बजारको पुल थुनिँदा अनामनगर, बिजुली बजारलगायका बस्तीमा पानी पसेपछि त्यस क्षेत्रका बासिन्दा प्रभावित भएका हुन् । घर,पूरा पढ्नुहोस्