Main Menu

उखु किसान अनशनमा

साउन ३०, कपिलवस्तु

कपिलवस्तुका उखु किसान सरकारले दिने अनुदान नपाएपछि अनशनमा बसेका छन् ।

आव ०७१\७२ मा सरकारले प्रतिक्विन्टल रु २५ का दरले अनुदान दिने भने पनि अहिलेसम्म नपाउँदा यहाँका किसान इलाका प्रशासन कार्यालय चन्द्रौटामा अनशन बसेका हुन् ।

कपिलवस्तुमा सात हजार उखु किसानले अनुदान पाएका छैनन् । कपिलवस्तुमा मात्रै करीब रु दुई करोड ५० लाख रकम किसानले पाउनुपर्ने भए पनि अझै पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभयो । अनुपकुमार चौधरी शिवराज नगरपालिका–७ का वडा अध्यक्षसमेत हुनुहुन्छ ।

अनशनमा अध्यक्ष चौधरीसहित रामबहादुर रायमाझी, रामप्रकाश चौधरी, हरिनारायण चौधरी र बलराम पाण्डेलगायत छन् । अन्य जिल्लाका किसानले अनुदानको रकम पाए पनि कपिलवस्तुका किसानले नपाएको उखु कृषक ओम प्रकाश चौधरी बताउनुभयो ।

(Visited 146 times, 1 visits today)

टिप्पणी

comments