Main Menu

Thursday, August 2nd, 2018

 

पार्टी प्रवक्ताबाट नारायणकाजीले किन राजिनामा दिए ?

साउन १७, काठमाडौं गत साउन ७ गते नै पार्टीको प्रवक्ताबाट राजीनामा दिनुभएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी लाइनलाई कार्यान्वन गर्ने क्रममा नै उहाँले अनसनरत डा. गोबिन्द केसिलाई भेटेको र डा. के.सि.का केही कुरा सकारात्मक भएको भनी उहाँले बिचार व्यक्त गरेको सन्दर्भ झिकेर नै पार्टी नेतृत्वले असन्तुष्ट ब्यक्त गरेपछि प्रवक्ताको पदबाट राजीनामा दिएको उहाँ निकट स्रोतले बतायो । नेता श्रेष्ठले आफ्ना निकट कार्यकतासँग कुरा गर्दै ‘मूलतः पार्टी नेतृत्व जनआकाङक्षा अनुसार अगाडि नबढेको र आफूलाई समेत त्यस बाटोमा अगाडि बढ्न रोक लगाएको’ कारण राजिनामा दिएको बताउनु भएको छ । आफ्ना निकटका कार्यकर्ताहरुसँग कुराकानी गर्दै नेता नारायणकाजीले भन्नुभयो,पूरा पढ्नुहोस्


विदुर नगरपालिकाले करको दर घटायो

साउन १७, नुवाकोट विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ । बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको दरमा कटौती गरेको हो । सम्पत्तिको मूल्यांकन बढेकाले करको दरमा वृद्धि हुन आएकाले दरलाई समायोजन गरी स्थानीय राजपत्रमा प्रकाशित गरिएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताउनुभयो । विसं २०७१ मा तत्कालीन नगरपरिषद्ले पारित गरेको एकीकृत सम्पत्ति करको दरलाई अहिले कार्यान्वयन गर्ने तयारी गरेपछि कर फिर्ताको माग गर्दैै विरोध भएको थियो । नगरक्षेत्रको सम्पत्तिको मूल्यांकन वृद्धि भएकाले पुरानो करको दरलाई संशोधन गरी घटाएको पण्डितले बताउनुभयो । सम्पत्तिकोपूरा पढ्नुहोस्


प्रतिनिधिसभामा स्थानीय करवृद्धि बारेमा सरकारको ध्यानाकर्षण

साउन १७, काठमाडौँ प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा शून्य समयमा भाग लिने सांसदहरुले वर्षायाममा बजेट सक्ने नाममा गुणस्तरहीन कालोपत्रै गरिएको, नमूनाका रुपमा जनताले हातैले कालोपत्र उप्काएर देखाएका, संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको नाममा सुनुवाइ भइरहेको बेला राजधानीमै सांसद निरु पालमाथि आक्रमणको प्रयास भएको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राजधानीको हिलो र धुलोले अस्तव्यस्त सडक सुधार गर्न र फोहर मैला व्यवस्थापन गर्ने कार्यक्रम ल्याउन पनि उहाँहरुले सुझाव दिनुभयो । शून्य समयमा सांसदहरु रगमती शाही, भरतकुमार शाह, महेश बस्नेत,पूरा पढ्नुहोस्


वर्षौंदेखि भेरीको दूषित पानी पिउँछन् नाम्रावासी

साउन १७, बाँके वर्षा होस् कि अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी पिउनुपर्ने बाध्यता कायमै छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका –१ नाम्रावासीका लागि पिउने पानी नै भेरीमा बग्ने पानी हो, चाहे त्यो धमिलो नै किन नहोस् । गाउँमा खोपानीको योजना ल्याउन पानीका स्रोत भने नभएका होइनन् । तर, राजनीतिक पहुँच नभएकाले धमिलो पानी पिउन बाध्य भएको बताउँछन् स्थानीयवासी । गंगा प्राविका प्रधानाध्यापक रामप्रसाद शर्माकाअनुसार नाम्रामा बस्ती बसेदेखि नै दूषित पानी पिउनुपर्ने बाध्यता छ । “आफूले जान्ने भएदेखि भेरीको पानी बोकेर पिउन थालेको हुँ बाबु, बाजेले पनि भेरी नदीको पानी बोकेरै पिएका हुन् ।” उहाँले भन्नुभयो । यहाँ हिउँद भन्दापूरा पढ्नुहोस्


पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

साउन १७, पाल्पा तानसेन नगरपालिकाले पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न पाँच लाख बजेट छुट्याएको छ । नेपाल पत्रकार महासंघसँग समन्वय गरी हरेक पाँच वर्षमा पुरस्कार वितरण गरिने महासंघका अध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयोे । ठूलो राशिको पत्रकारिकता पुरस्कार स्थापनाले पत्रकारिकता क्षेत्रमा लाग्नेहरुलाई प्रोत्साहन गर्ने छ । हरेक पाँच वर्षमा वितरण गरिने पृष्पलाल स्मृति पत्रकारिता पुरस्कारको राशी रु तीन लाख हुने बताइएको छ । चालू आव २०७५\७६ को बजेट तथा कार्यक्रममार्फत पत्रकारहरुलाई पुरस्कृत गर्ने व्यवस्था गरेको तानसेन नगरपालिकाले जनाएको छ । नेपाल पत्रकार महासंघ पाल्पाको कार्यालय तथा पूर्वाधार निर्माणका लागि रु दुई लाख बजेट विनियोजन गरेको महासंघका कोषाध्यक्षपूरा पढ्नुहोस्


पत्रकारिता पेशालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक

साउन १७, पोखरा नेपाल पत्रकार महासंघ कास्कीको संयोजन एवम् प्रेस काउन्सिल नेपालको आयोजनामा आज यहाँ आयोजित ‘पत्रकार आचार संहिता’ विषयक अन्तरक्रियामा पत्रकारिता पेशालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक भएकामा जोड दिइएको छ । आचार संहिताको पालना नगरी समाचार सम्प्रेषण गर्र्दा समग्र पत्रकारिता क्षेत्रलाई कमजोर बनाएको बताउँदै अन्तरक्रियाका वक्ताहरूले सत्य, तथ्य र विश्वसनीय समाचारले पेशालाई मर्यादित बनाउने बताए । नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले हतारोको पत्रकारिता फस्टाउँदै जानु र खोजी पत्रकारिता हराउँदै जानु चुनौतीका रुपमा देखा परेको बताउँदै पत्रकारितामा बढ्दै गएको अराजकता अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो । सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्न सक्ने पत्रकारहरू पक्ष वा विपक्षका नाममापूरा पढ्नुहोस्


गहुँको बोरामा कपडा तस्करी

साउन १७, वीरगञ्ज भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको बि आर ६ एल ३८७६ नम्बरको रातो कार वीरगञ्ज भन्सारमा जाँच गर्दा गहुँको बोराभित्र करीब रु दुई लाख मूल्य बराबरको अवैध कपडा पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी उपरीक्षक तिलक खड्काले आज बिहान जाँचको क्रममा सियाराम कम्पनीको ३२६ मिटर सुटको कपडा पक्राउ गरेको बताउनुभयो । भारत मोतिहारीअन्तर्गत सिमरा स्टेशन बस्ने चालक नसिबुलहकले गहुँ भनेर आफू भाडामा आएको तर गहुँको बोराभित्र कपडा छ भन्ने थाहा नभएको बताउनुभयो । प्रहरीले पक्राउ परेकोे कपडा तथा रु छ लाख मूल्य बराबरको कार आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सारपूरा पढ्नुहोस्


चिसापानी जग्गा प्रकरणमा कर्मचारीलाई स्पष्टीकरण

साउन १७, नवलपरासी पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीमा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको जग्गा बिक्रीका लागि गरिएको बोलपत्र प्रक्रियामा अनियमितता भएको आशंकामा कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ । सो प्रक्रियामा अनियमितता भएको आशंकामा राष्ट्रिय आवास कम्पनी लिमिटेड केन्द्रीय कार्यालय काठमाडौँले राष्ट्रिय आवास कम्पनी योजना कार्यालय बर्दघाटका कार्यालय प्रमुखसहित अन्य कर्मचारीलाई केन्द्रीय कार्यालयले स्पष्टीकरण सोधेको हो । योजना कार्यालय प्रमुख महेन्द्र थापा, लेखा शाखाका प्रमुख बेनी सागर अधिकारीलाई स्पष्टीकरण सोधिएको राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक दूतबहादुर गुरुङले जानकारी दिनुभयो । जिल्लास्थित कम्पनीको योजना कार्यालय बर्दघाटका कर्मचारी र अन्य सरोकारवालाको मिलेमतोमा बर्दघाट–२ (साबिक माकर–२ ग) चिसापानीमा कित्ता नं १३१० को करीब तीन बिघा एक कट्ठापूरा पढ्नुहोस्


आँखा पाक्ने रोगका बिरामी बढे

साउन १७, तुलसीपुर राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् । केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ । यसअघि दैनिक २०० देखि २५० सम्म बिरामी आउने गरेकोमा हाल ३५० देखि ४०० सम्म विभिन्न आँखासम्बन्धी समस्या भएका बिरामी अस्पतालमा स्वास्थ्य परिक्षण गर्न आउने गरेका अस्पतालका नेत्र अधिकृत शालीकराम गौतमले जानकारी दिनुभयो । मौसम परिवर्तनसँगै आँखा पाक्ने, आँखा रातो हुने, चिलाउने र बिझाउनेलगायतका समस्या लिएर आँखाका बिरामी अस्पतालमा आउने गरेका छन् । गौतमले भन्नुभयो “केही दिनयता आँखा पाक्ने बिरामीको संख्या बढेको छ, जसमा दुई प्रकारको संक्रमण देखिएको छ ।” ब्याक्ट्रेरियल संक्रमणमा आँखा रातोपूरा पढ्नुहोस्


मानव विद्यागृहलाई भौतिक सामग्री सहयोग

साउन १७, भक्तपुर मध्यपुरथिमी–८ मिलरोड बोडेको ग्ल्याडस्टोन एकेडेमीका विद्यार्थीले सिद्धीकालीस्थित मानव विद्यागृहलाई भौतिक सामग्री सहयोग गरेका छन् । ग्ल्याडस्टोनमा स्थापना गरिएको विद्यार्थीको संस्था स्टुडेन्ट काउन्सिलले सांगीतिक कार्यक्रम गरी संकलन गरिएको रकम बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययनरत विद्यागृहलाई ५०० लिटरको पानी ट्यांकी एक, पानी तान्ने मेशिन एक र कक्षा कोठामा राख्ने डस्टबिन पाँच थान बुधबार सहयोग गरेको हो । ग्ल्याडस्टोनका प्रधानाध्यापक विनोदकुमार कोइरालाले विद्यागृहका प्रधानाध्यापक बाबुकृष्ण रञ्जितलाई सो सामग्री हस्तान्तरण गर्नुभयो । ग्ल्याडस्टोन एकेडेमी शिक्षाको क्षेत्रमा मात्र नभई सामाजिक तथा राष्ट्रिय चासोको विषयमा पनि समाहित हुँदै आएको सन्दर्भमा विद्यागृहलाई भौतिक सामग्री सहयोग गरेको प्रधानाध्यापक कोइरालाले बताउनुभयो । विसं २०६९ को प्रवेशिकापूरा पढ्नुहोस्