पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना
साउन १७, पाल्पा
तानसेन नगरपालिकाले पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न पाँच लाख बजेट छुट्याएको छ ।
नेपाल पत्रकार महासंघसँग समन्वय गरी हरेक पाँच वर्षमा पुरस्कार वितरण गरिने महासंघका अध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयोे । ठूलो राशिको पत्रकारिकता पुरस्कार स्थापनाले पत्रकारिकता क्षेत्रमा लाग्नेहरुलाई प्रोत्साहन गर्ने छ । हरेक पाँच वर्षमा वितरण गरिने पृष्पलाल स्मृति पत्रकारिता पुरस्कारको राशी रु तीन लाख हुने बताइएको छ । चालू आव २०७५\७६ को बजेट तथा कार्यक्रममार्फत पत्रकारहरुलाई पुरस्कृत गर्ने व्यवस्था गरेको तानसेन नगरपालिकाले जनाएको छ ।
नेपाल पत्रकार महासंघ पाल्पाको कार्यालय तथा पूर्वाधार निर्माणका लागि रु दुई लाख बजेट विनियोजन गरेको महासंघका कोषाध्यक्ष मिलन विकले बताउनुभयो ।
(Visited 122 times, 1 visits today)
टिप्पणी
« पत्रकारिता पेशालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक (Previous News)
(Next News) वर्षौंदेखि भेरीको दूषित पानी पिउँछन् नाम्रावासी »