Main Menu

Friday, August 17th, 2018

 

शान्ति प्रक्रियामा तुलाधारको योगदान

भाद्र १,  काठमाडौँ शान्ति प्रक्रियामा वामपन्थी नेता पद्मरत्न तुलाधारको महत्वपूर्ण योगदान रहेको चर्चा गरिएको छ । मानव अधिकार संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको ‘मानव अधिकार आन्दोलनमा पद्मरत्न विचार गोष्ठी’मा वक्ताले जनआन्दोलनलाई शान्तिको बाटोमा ल्याउन तुलाधारले खेलेको भूमिका सराहनीय रहेको बताएका हुन् । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले तुलाधारले मानव अधिकारको आन्दोलनलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “तुलाधार सरल, निडर र आस्थासँग नडगमगाउने व्यक्ति हुनुहुन्छ,”–उहाँले भन्नुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का पूर्वअध्यक्ष सुशील प्याकुरेलले लोकतन्त्रको लागि पार्टीभित्र भएको दमनको विरुद्धमा लड्ने व्यक्ति तुलाधार भएको बताउनुभयो । तुलाधार व्यक्ति भन्दापनि संस्थाको रुपमा अगाडि बढेको उहाँकोपूरा पढ्नुहोस्


राससमा आमूल परिवर्तनको खाँचो छ -अध्यक्ष ‘श्यामल’

भाद्र १, बाँके राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससको नीतिगत र व्यवस्थापकीय कमजोरीलाई हटाएर पुनःसंरचनामा लैजाने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, बाँकेको समन्वयमा रासस प्रदेश ५ नेपालगञ्ज कार्यालयले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष श्यामलले राससमा आमूल परिवर्तनको खाँचो रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “पुनःसंरचना, पुनःव्यवस्थित र विकेन्द्रीकृत संरचनामा लैजानुपर्नेछ, यसका लागि मैले काम शुरु गरिसकेको छु । एक वर्षभित्र सकारात्मक परिवर्तनको महसुश हुनेछ ।” उहाँको थप भनाइ थियो, “अब राससलाई कुनै दल विशेषको संस्था हुन दिइने छैन ।” ‘‘राससमा दक्ष र क्षमतावान् जनशक्ति हुँदाहुँदै पनि अहिले संस्था शिथिल देखिएको छ । यसलाई स्रोतसाधनपूरा पढ्नुहोस्


अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ-मुख्यमन्त्री पौडेल

भाद्र १, हेटौँडा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताउनुभएको छ । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उहाँले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले अब छिट्टै त्यसमा छानबिन हुन्छ, अनावश्यक कर बढाउन दिइँदैन । अनधिकृत रुपमा कर बढाएको पाइएमा उसले प्राप्त गर्ने सबै सुविधाहरु रोकिने छ ।” मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले राम्रा र गतिला कामहरु पनि गरेको र यसको प्रचार प्रसारसमेतपूरा पढ्नुहोस्


बिरामीको चाप बढ्यो

भाद्र १, नेपालगञ्ज सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ । अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा विश्वराज पौडेलका अनुसार स्थापनाको डेढ महिनाको अवधिमा ५२२ बिरामीको उपचार गरिएको छ । बाँकेको खजुरामा रहेको उक्त क्यान्सर अस्पताल सरकारीस्तरबाट सञ्चालित चितवनको भरतपुरपछिको दोस्रो हो । सो अस्पतालको गत असार नौ गते स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुभएको थियो । अस्पतालले बिरामी जाँच, प्याथोलोजी, रेडियोलोजी र फार्मेसी सेवा उपलब्ध गराइरहेको छ । सरकारबाट १०० श्ययाको मान्यता पाएको सो अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्ययाबाट आफ्नो सेवा प्रारम्भ गरेको छ । अस्पताल निर्माणमा रु ३५ करोड खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्षपूरा पढ्नुहोस्


महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन – मुख्यमन्त्री राउत

भाद्र १,  महेन्द्रनगर, धनुषा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताउनुभएको छ । दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताउनुभयो । महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम ल्याएको उल्लेख गर्दै उहाँले शिक्षा र रोजगारीमा महिलाको पहुँचलाई सुनिश्चित गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । विभिन्न सामाजिक कुरीतिका कारण महिला वर्षांैदेखि विभेदमा रहँदै आएको टिप्पणी गर्दै उहाँले प्रदेश सरकार त्यस्ता कुरीति अन्त्य गर्न सशक्त कानून ल्याउन लागेको जानकारी दिनुभयो ।पूरा पढ्नुहोस्


निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार -अर्थमन्त्री

भाद्र १,  काठमाडौँ अर्थमन्त्री डा युवराज खतिवडाले तीन\चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । लघुवित्त संघ नेपालले यहाँ आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उहाँले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको हो । “कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उहाँले भन्नुभयो, “हामी समृद्धिको यात्रामा रहेकाले निरपेक्ष गरीब अन्त्य गरेर अगाडि बढ्दैछौँ ।” उहाँले स्थानीय तहसँग मिलेर लघुवित्तले गरिबी हटाउन भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले लघुवित्त संस्थाले सदस्य सङ्ख्या धेरै बनाएर सर्वसाधारणलाई गरीबमै राख्नुभन्दा थोरैमा धेरै लगानी गरेर उनीहरुको जीवनस्तर माथि उठाउन पहल गर्नुपर्नेमापूरा पढ्नुहोस्


क्यान्सर सेन्टर स्थापना गर्न जुटे युवा चिकित्सक

भाद्र १, रामगोपाल, महोत्तरी क्यान्सर रोग उपचारसम्बन्धी सबै स्वास्थ्य सेवा यहाँका जनताले अव सर्वसुलभरुपमा आफ्नो घर आँगनमा नै पाउने भएका छन् । विनयतारा फाउण्डेशन अमेरिका, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपाल नगरपालिकाको संयुक्त सहकार्यमा क्यान्सर सेन्टर (अस्पताल) सञ्चालनमा आएपछि नगरवासीले पहिलोपटक विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाएका हुन् । नगरपालिकाका प्रमुख अशोककुमार मण्डल, उपप्रमुख सीतादेवी साह, वरिष्ठ क्यान्सर रोग एवं शल्यचिकित्सक राकेश साहले हालै सो सेवाको शुभारम्भ गर्नुभयो । अस्पतालले विशेष गरी क्यान्सर रोगका लागि प्रदान गर्ने सेवा गुणस्तरीय हुने बताइएको छ । प्रदेश नं २ अन्तर्गत क्यान्सर रोग उपचार गर्ने यो पहिलो सेन्टर मानिन्छ । सिराहा, सप्तरी, धनुषा, महोत्तरीलगायताकापूरा पढ्नुहोस्


पुल नहुँदा समस्या

भाद्र १,  बैतडी बागागाड खोलामा पुल नहुँदा पुर्चौडी नगरपालिकाका बासिन्दालाई खोला तर्न समस्या भएको छ । नगरपालिकाको केन्द्र हाट जोड्ने खोलामा पुल नहुँदा भूमिराज, कोटिलालगायत ठाउँका बासिन्दालाई दैनिक उपभोग्य सामान खरिदका लागि बसन्तपुर बजारसम्म पुग्न उक्त खोलामा पुल नहुँदा समस्या भएको हो । पुर्चौडीको बजारहाट बसन्तपुर नजिक पुल नहुँदा वर्षात्मा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको पुर्चाैडी नगरपालिका–१ का बीरबहादुर गडालले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल भएको ठाउँमा समेत पहिरोले जान नसकिने अवस्था भएपछि अहिले नगरपालिका तथा बसन्तपुर बजार पुग्नेहरू खडीखेत पुल हुँदै आउनुपरेको छ ।” बसन्तपुर हाट बजार नजिक पुल नहँुदा आवतजावत गर्न समेत जोखिमपूर्ण रूपमा बागागाड खोला तर्नुपर्नेपूरा पढ्नुहोस्


गैँडा मरेको अवस्थामा

भाद्र १, रत्ननगर चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ । बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०\३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको र त्यसको दाह्रासमेत खिइएकाले बुढो भएर मरेको अनुमान पोष्टमार्टममा सहभागी पशु चिकित्सकले गरेका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा प्राकृतिक रूपमा गैंडा मरेको यो पहिलो हो । अघिल्लो वर्ष विभिन्न कारणले २६ गैंडा मरेको तथ्याङ्क निकुञ्जसँग छ । जसमा बाढीले बगाएर ४ गैंडा मरेका थिए । पछिल्लो समयमा जुधेर र अन्य कारणले गैंडाको मृत्यु बढेको भन्दै यहाँका संरक्षणकर्मीले चिन्ता प्रकट गरेका थिए ।पूरा पढ्नुहोस्


बाल मन्दिरको भवन जीर्ण

भाद्र १, डडेल्धुरा करीब तीन दशक पहिले जिल्ला सदमुकामा निर्माण गरिएको एक मात्र बाल मन्दिर मर्मत सम्भार नहुँदा पूर्णरूपमा जीर्ण भएको छ । नेपाल बाल संगठनअन्तर्गत बाल मन्दिरका नाममा चार कोठा र एक बैठक कक्ष रहेको भवनको भित्री भाग चर्किनाका साथै छाना पनि भत्किएको छ । अपाङ्गता भएका सुस्तमनस्थितिका विद्यार्थी अध्ययन गरिरहेका यस बाल मन्दिर जीर्ण भएपछि आवासीयरूपमा पठनपाठन गराउन समस्या भएको छ । बाल मन्दिरमा अहिले सुस्तमनस्थितिका छ विद्यार्थी अध्ययन गरिरहेका छन् । आवाससमेत यसै बाल मन्दिरमै रहेकाले भवन कतिखेर भत्किने भन्ने चिन्ताले सताएको शिक्षक प्रेमराज पाठक बताउनुहुन्छ । बाल मन्दिरमा कक्षा पाँचसम्मको पढाई हुने गरेकोमा पछिल्लो समय विद्यार्थीपूरा पढ्नुहोस्