Main Menu

Sunday, August 19th, 2018

 

असोजमा मेलम्चीको पानी काठमाडौँ नआउने

भाद्र ३, सुन्दरीजल, काठमाडौँ उपत्यकावासीको प्यास मेटाउन मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो । चैतमा सुरुङ निर्माण सम्पन्न भएपछि तीन महिना काम रोकिएका कारण सुरुङको अन्तिम सजावट (फिनिसिङ) को काममा ढिलाइ भएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताउनुभयो । “तीन महिनासम्म कम्पनीले आन्तरिक समस्याका कारण काम गर्न सकेन, समस्या समाधान भएपछि डेढ महिनादेखि काम शुरु भएको छ, तीव्र गतिमा काम गर्दा पनि अझै दुई महिनाभन्दापूरा पढ्नुहोस्


‘मिथिला सिने रत्न’ पुरस्कार

भाद्र ३, काठमाडौँ मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव धर्मात्माको स्मृतिमा ‘मिथिला सिने रत्न’ नामक पुरस्कार स्थापना गरिएको छ । मैथिली सिने संसार पत्रिकाले मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव धर्मात्माको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलि सभामा सो पुरस्कार घोषणा गरिएको हो । सिने संसारका प्रकाशक तथा सम्पादक कमल मण्डलले पुरस्कारको राशि रु पाँच हजार १०० रहेको जानकारी दिनुभयो । सो पुरस्कार सिने संसारले प्रत्येक वर्ष पत्रिकाको स्थापना दिवसका अवसरमा मधेशका एक उत्कृष्ट कलाकर्मीलाई प्रदान गरिने मण्डलले जानकारी दिनुभयो । वरिष्ठ शास्त्रीय सङ्गीत तथा गायक देव कामतले निर्देशक धर्मात्माको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मैथिली कला क्षेत्रले एउटा निर्देशक गुमाएकामा दुःख व्यक्त गर्दै मैथिलीपूरा पढ्नुहोस्


बहिरा अपाङ्गताको पक्षको ऐन कार्यान्वयन माग

भाद्र ३,  भक्तपुर कानूनमा व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिको हक अधिकारलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइएको छ । भक्तपुर बहिरा सङ्घको आज भएको ११ औँ अधिवेशन तथा २२ औँ वार्षिक साधारणसभामा प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सरकारले बहिरा अपाङ्गताको हकहित र अधिकार संरक्षण गर्नुपर्ने बताउनुभयो । सञ्चारविहीन अवस्थामा समस्या भोगिरहेका बहिराको हितका लागि सरकारले दोभाषेको व्यवस्था गर्नुपर्ने तथा उनीहरुलाई रोजगारमूलक सीप विकासमा लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बहिरा महासंघका अध्यक्ष केपी अधिकारी र भक्तपुर बहिरा सङ्घका अध्यक्ष सूर्यबहादुर बुढाथोकीले विभिन्न १० प्रकारका अपाङ्गतामध्ये बहिरा अपाङ्गता संवेदनशील भएकाले हरेक स्थानीय तह र उद्योगमा उनीहरुलाई रोजगारी प्रदान गरिनुपर्नेमा जोड दिनुभयो । सङ्घले बहिरापूरा पढ्नुहोस्


प्रादेशिक राजधानीका लागि पाँच जिल्ला प्रस्तावित

भाद्र ३, काठमाडौँ प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ ।मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्लालाई समितिले प्रस्ताव गरेको हो । प्रदेशसभाले गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो । सडक सञ्जाल, क्षेत्रफल, आवतजावतको सुगमतालगायत विषयलाई दृष्टिगत गरी समितिले ती १३ जिल्लामध्ये पाँच जिल्ला उपयुक्त हुने ठहर गरेको संयोजक निरौलाले जानकारी दिनुभयो । सम्बन्धित जिल्लाका विभिन्न राजनीतिक दल तथा नेताले राजधानी आ–आफ्नो जिल्लामा बनाउन प्रयत्न गरिरहेका छन् । असारको तेस्रो हप्तामा अध्ययनपूरा पढ्नुहोस्


गाउँपालिका अध्यक्षको तलब बालबालिकाको शिक्षामा

भाद्र ३, म्याग्दी म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गर्नुभएको हो । गाउँ कार्यपालिकाको बैठकबाट परिवारका सदस्यको हक नलाग्ने गरी कोष स्थापना गर्ने निर्णय गराउनुभएका भण्डारीले १३ महिनाको सुविधाबापत पाएको रकम कोषमा जम्मा गरिसकेको जानकारी दिनुभयो । “म पदमा रहँदासम्म सरकारले उपलब्ध गराउने रकम यही कोषमा जम्मा गरेर पालिकाको आठवटै वडाका गरीब, विपन्न र अनाथ बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने निर्णय गरेको छु”, अध्यक्ष भण्डारीले भन्नुभयो, “विकटपूरा पढ्नुहोस्


छ पत्रकार सम्मानित

भाद्र ३,  पर्वत पर्वतबाट सञ्चालित ‘अनलाइन पत्रिका सूचना केन्द्र डटकम’ले यहाँका छ जना पत्रकारलाई सम्मानित गरेको छ । पाँचौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सूचना केन्द्र डटकमले शनिबार एक कार्यक्रमको आयोजना गरी छ जना पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नेपाल पत्रकार महासङ्घ पर्वतका पूर्वअध्यक्ष ओमप्रसाद घायल, पत्रकार महासङ्घ पर्वतका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, ठूलो पर्दा अनलाइन टिभीका सञ्चालक जीवन पराजुली रहेका छन् । उनीहरुलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यस्तै पत्रकार महासङ्घ पर्वतका उपाध्यक्ष रञ्जना खत्री, रेडियो कुसुमका स्टेशन प्रमुख कृष्ण अखेली र पर्वत खबर साप्ताहिकका सम्पादक गणेश पौडेललाई पनि सम्मान गरिएको छ । कार्यक्रममा गायक शिवपूरा पढ्नुहोस्


वरिष्ठ पत्रकार तथा अधिकारकर्मी एवं वामनेता तुलाधरबारे बिचार गोष्ठी सम्पन्न

भदौ ३,  काठमाडौँ अभिव्यक्ति स्वतन्त्रताका लागि मिसन पत्रकारिता र समावेशी पत्रकारिताका अगुवा पद्मरत्न तुलाधरले नेपाली पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानकाबारे हिजो भदौ २ गते समीक्षा गरियो । झण्डै ७८ वर्षको उमेर हुन लाग्दै गरेका पद्मरत्न तुलाधरको परिचय पत्रकार मात्र नभई अधिकारकर्मी, स्वतन्त्र वामपन्थी नेता, साहित्यकार र राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याती भएका राजनीतिक एवं सामाजिक अभियन्ता समेत रहेको छ । नेवा: पत्रकार राष्ट्रिय दबूले हिजो राजधानीमा आयोजना गरेको अन्तर्क्रियामा सहभागी वक्ताहरुले मुलुकमा राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि पत्रकारिताको माध्यमबाट अधिकारकर्मी तुलाधरले महत्वपूर्ण भूमिका निर्वाह गरेकाेमा जोड दिए । परराष्ट्रविद एवं वौद्धिक व्यक्तित्व हिरण्यलाल श्रेष्ठले पञ्चायतकालमा उहाँले नेपाल भाषाबाट प्रकाशित हुनेपूरा पढ्नुहोस्


पैँतालीस हजार युवालाई रोजगारका लागि दक्ष बनाइने

भाद्र ३, इटहरी वल्डवाइड टेक्निकल संस्थाले सन् २०१४ देखि २०१९ भित्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको(सिटिइभिटी) सहकार्यमा नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गरी श्रम बजारमा आपूर्ति गर्ने लक्ष्य लिएको बताएको छ । वल्डवाइडले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी)को सहकार्यमा भइरहेको सीप विकास परियोजना कार्यक्रमका विषयमा शनिबार इटहरीमा सम्बन्धित सरोकार भएकासँग एकदिने अन्तक्र्रिया कार्यक्रममा सो कुराको जानकारी गराएको हो । नेपाली श्रम बजारमा रोजगारीको अवसर छ तर दक्ष जनशक्तिको आपूर्तिको अभाव छ भन्ने विषयसँग तालमेल गर्दै आपसमा रोजगार प्रवद्र्धनमा कसरी सँगसँगै मिलेर काम गर्न सकिन्छ भन्ने निक्र्योल निकाल्न उक्त अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो ।पूरा पढ्नुहोस्


सामाजिक सेवाको सिफारिश निःशुल्क -चन्द्रागिरि नगरपालिका

भाद्र ३, काठमाडौँ चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ । नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका सबै कार्य निःशुल्क गरेको छ । नगरपालिका अन्तर्गतका सबै १५ वडा कार्यालयले ती सामाजिक सेवाका कर (सिफारिश शुल्क) लाई यस वर्ष पनि निःशुल्क बनाइ अन्य स्थानीय सरकारको लागि अनुकरणीय र उदाहरणीय कार्य गरेको छ । यसले नगरवासीलाई थप सहुलियत प्रदान गरेको छ । “सामाजिक सेवासँगसम्बन्धी प्रमुख सेवाका सिफारिशमा शुल्क लिने नीति नगरपालिकाको छैन । नागरिकताको प्रमाणपत्र सिफारिश,पूरा पढ्नुहोस्


सामुदायिक विद्यायलमा सिभिल इञ्जिनियरिङ पढाइ हुने

भाद्र ३, पाल्पा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी) बाट तीनवर्षे सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमति पाएपछि पाल्पाको पश्चिम भेगमा सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन हुन लागेको हो । सिभिल इञ्जिनियरिङ पढाइका लागि सदरमुकाम तानसेन लगायतका स्थानमा जानुपर्ने विद्यार्थीको बाध्यता थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थर्कबहादुर पुनले सिभिल इञ्जिनियरिङ विषयको पढाइले धेरै विद्यार्थीले रोजगारी पाउने सम्भावना रहेकाले प्राविधिक विषयको कक्षा सञ्चालन गर्न गएको बताउनुभयो । विद्यालयका प्रअ जनार्दन पाण्डेयले यस वर्ष ४८ जना विद्यार्थीलाई विद्यालयमा पढाउन सकिने गरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।पूरा पढ्नुहोस्