Main Menu

Wednesday, August 22nd, 2018

 

साक्षर नेपाल घोषणा अभियानलाई सफल बनाउनुपर्छः शिक्षामन्त्री पोखरेल

भाद्र ६, महोत्तरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई अनिवार्यरुपमा विद्यालय भर्ना गराउनका लागि सबैमा आग्रह गर्नुभएको छ । आज महोत्तरीको बर्दिवासमा ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा उहाँले विस २०८६ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुविधा नपाउने हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको पहुँचमा पुर्याउन आग्रह गर्नुभएको हो । मन्त्री पोखरेलले आफू निजी विद्यालयको पक्षमा नरहेको बताउँदै जनशक्तिको अभाव भयो भन्दैमा शिक्षाको गुणस्तरमा सम्झौता गर्न नसक्ने दृढता व्यक्त गर्नुभयो । स्थानीय सरकारलाई बलियो बनाउनु सङ्घीय सरकारको पहिलो प्राथमिकता हो, उहाँले भन्नुभयो, “साक्षर नेपाल घोषणा अभियानलाई सफल बनाउनु हरेक नेपालीको पहिलो दायित्व हो ।”पूरा पढ्नुहोस्


‘बिम्स्टेक जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्छ’

भाद्र ६, काठमाडौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिएका छन् । परराष्ट्र मन्त्रालयमा पूर्वराजदूत तथा कूटनीतिक सेवाबाट निवृत्त व्यक्ति तथा वरिष्ठ सञ्चारकर्मीसँग आज भएको छलफलमा उहाँहरुले सबै सदस्य राष्ट्रलाई सतह, जल र हवाईमार्गबाट जोड्न अपरिहार्य भएको बताउनुभयो । व्यापार विस्तारका निम्ति त्यसो गर्नु अत्यावश्यक भएको उहाँहरुको तर्क थियो । चौथो बिम्स्टेक शिखर सम्मेलन तयारीबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशको चौतर्फी विकासमा सघाउन बिम्स्टेक विकास कोष स्थापना, दुई दशक पार गरेको सङ्गठनको बडापत्र निर्माण, समग्र बिम्स्टेक क्षेत्रलाईपूरा पढ्नुहोस्


गोसाइँकुण्ड मेलामा स्वास्थ्य शिविर

भाद्र ६, रसुवा गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी गोसाइँकुण्डलगायत आवश्यक स्थानमा आजदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धार्मिक मार्गका गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, लौरीविनायकमा अक्सफोर्ड युनिभर्सिटी क्लिनिक रिसर्च युनिटअन्तर्गतको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, गणेश गौँडामा सक्षम नेपाल नामक, चोलाङ्पाटी र चन्दनबारीमा लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणले स्वास्थ्य शिविर शुरु गरेको बताइएको छ । पौराणिक कथनअनुसार समुद्रमन्थन गर्दा कालकूट विष निस्केको र त्यसले संसार दग्ध गर्न आँटेकाले देवताहरूको आग्रहमा महादेव सो विष पिईँ सबै प्राणीजगत्को रक्षा गरेका थिए । विषको असरले डाहा भएपछि शीतलता खोज्दै शङ्करले गोसाइँकुण्डमा विश्रामपूरा पढ्नुहोस्


विद्यालय भर्ना कार्यशाला

भाद्र ६, बर्दिवास शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै तहको आपसी समन्वय र तत्परताले मात्र सबैका लागि शिक्षा कार्यक्रम सफल हुनसक्ने बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा विद्यालय भर्ना तथा साक्षरता अभिवृद्धिसम्बन्धी सरोकारवालाको एक दिने कार्यशालालाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय पुर्याउन स्थानीय तहले विशेष जिम्मेवारी लिनुपर्ने बताउनुभयो । जिल्लाका स्थानीय तहका प्रमुख\उपप्रमुख तथा अध्यक्ष\उपाध्यक्ष, स्थानीय तहका शिक्षा शाखाका प्रमुख, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहभागी रहेका सो कार्यशालामा मन्त्री पोखरेलले स्पष्ट योजना बनाएर काममा लागे मात्र अपेक्षित उपलब्धि हासिल हुने स्पष्ट पार्नुभयो । ‘‘तपाईहरु तत्काल विद्यालय रहेका बस्तीमा विद्यालय जानेपूरा पढ्नुहोस्


सुपरजोनका कृषक आधुनिक कृषितर्फ अग्रसर

भाद्र ६, बनियानी, झापा झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् । परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीतर्फ अग्रसर हुँदै गएका हुन् । धान रोपाइँका लागि खेत जोत्ने, हिल्याउने, सम्याउने, रोप्ने, काट्ने, झार्ने सबै कामका लागि यहाँका कृषकले आधुनिक कृषि आंैजारको प्रयोग गर्न थालेका छन् । कचनकवल–६ बनियानीका कृृषक कालीबहादुर लिम्बूले परम्परागतशैली छाडेर आधुनिक प्रविधिबाट धानखेती गर्नुभएको छ ,उहाँले ड्रम सिडर मेसिनको प्रयोगबाट छरुवा धानखेती गर्नुभएको हो । ‘न धानको ब्याड राख्नुपर्ने, न त उखेल्नु नै पर्ने, साह्रै सजिलो लाग्यो’, कृषक लिम्बूले भन्नुभयो, “पहिला धेरै खेताला लगाउनुपथ्र्यो, त्यो भन्दा पनि कामपूरा पढ्नुहोस्


तालीमबाट महिलाको क्षमता र ज्याला वृद्धि

भाद्र ६, दाङ पुरुषसरह काम गर्दा पनि समान ज्याला पाउनबाट वञ्चित मनचली चौधरीलाई अब भने त्यस्तो समस्या नपर्ने भएको छ । बिहानै उठी दिनभर काममा घोटिँदा पनि उहाँको ज्याला उहाँसँगै काम गर्ने पुरुषसरह हुँदैनथ्यो तर अब भने समान ज्याला पाउने भएपछि उहाँ निकै खुशी हुनुहुन्छ । लामो समयसम्म स्थानीय भूपेन्द्र चौधरीसँग लेबर काम गर्दै आएको र दुई वर्ष पहिले सीप विकास तालीम केन्द्र तुलसीपुरले महिलालाई लक्षित गरी आयोजना गरेको डकर्मी तालीममा सहभागी भएपछि पुनःभूपेन्द्रकै सहयोगमा घरको गारो लगाउने काम गर्नसक्ने भएपछि पुरुषसरह उहाँले समान ज्याला पाउन थाल्नुभएको हो । “बिहानदेखि साँझसम्म दिनभर काममै लाग्दा पनि पुरुषसरह ज्याला नदिएर हामीलाई कामपूरा पढ्नुहोस्


तरकारी बजार केन्द्र निर्माण हुने

भाद्र ६,  दाङ तुलसीपुर उपमहानगरपालिकाले आधुनिक तुलसीपुर तरकारी तथा फलफूल कृषि बजार केन्द्र निर्माण गर्ने भएको छ । बजार क्षेत्रभित्र रहेका अव्यवस्थित तरकारी तथा फलफूललगायत कृषि उपज बजारलाई व्यवस्थित गर्नका लागि बजार केन्द्र निर्माण गर्न लागेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । रु एक करोड ८० लाखको लागतमा निर्माण हुनथालेको बजार केन्द्र तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको सेन्टर माविको १० कठ्ठा जमीनमा निर्माण गरिने नगर प्रमुख पाण्डेले जानकारी दिनुभयो । सो बजार केन्द्रको निर्माणका लागि यहाँका तरकारी तथा फलफूल व्यवसायीले रु ८० लाख र अन्य बाँकी रकम उपमहानगरपालिकाले लगानी गर्ने अधिकृत ललितबहादुर घर्तीले जानकारी दिनुभयो । बजार केन्द्रको स्थापना भएपछि सडकपूरा पढ्नुहोस्


भीमदत्तनगर तनावग्रस्त

भाद्र ६, कञ्चनपुर कञ्चनपुर सदरमुकाम भीमदत्तनगर आज पनि तनावग्रस्त रहेको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले सडकमा विरोध प्रर्दशन गरेका छन् । बजार बन्द गरिएको छ । भीमदत्त बजार क्षेत्रमा प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन भइरहेको छ । प्रहरीले सोमबार मानसिक सन्तुलन गुमाएका एक व्यक्तिलाई हत्यारा भएको भन्दै सार्वजनिक गरेपछि स्थानीय बासिन्दाले मुख्य दोषीको खोजी गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् । जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच केही समय अगाडि झडपसमेत भएको छ । प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि दुई सेल अश्रुग्यास प्रहार गरेको छ । जिल्लापूरा पढ्नुहोस्


चाइनिज ताइपेइसँग भलिबल खेल्दै

भाद्र ६, काठमाडौँ इण्डोनेसीयाको जकार्तामा जारी अठारौँ एशियाली खेलकूदको पाँचौ दिन आज नेपालले पुरुष भलिबलमा आज पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दैछ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ रहेका छन् । नेपालले दोस्रो खेल यही भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो । एशियाली खेलकूद प्रतियोगितामा पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालको राष्ट्रिय भलिबल टोलीले ३२ वर्षपछि एशियाली खेलकूदमा सहभागिता जनाएको हो । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो । नेपाल टोलीमा क्याप्टेन इमबहादुर मगर, हरिबहादुर अधिकारी, ईश्वरपूरा पढ्नुहोस्


४९ विद्यार्थी पढाउन पाँच शिक्षक

भाद्र ६, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० स्थित त्रिमूर्ति आधारभूत विद्यालयमा पाँच शिक्षकले ४९ विद्यार्थीलाई पढाउँदै आएका छन् । नगरपालिका कार्यालयदेखि झण्डै दुई किलोमिटरको दूरीमा रहेको उक्त विद्यालय लामो समयदेखि विद्यार्थी अभाव झेल्दै आएको छ । पचास विद्यार्थी बरावर एक शिक्षक हुनुपर्ने नियमअनुसार पनि एउटा शिक्षकले पढाउन मिल्ने विद्यार्थी सङ्ख्या छैन । हाल बालकक्षामा १८, कक्षा एकमा चार, कक्षा दुईमा १०, कक्षा तीनमा छ, कक्षा चारमा पाँच र कक्षा पाँचमा ६ विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थीमध्ये पनि कम मात्रै विद्यालय आउने गरेको प्रधानाध्यापक अमरराज उपाध्ययले बताउनुभयो । विद्यालयको पहुँच क्षेत्र कम, नीजि विद्यालयको चाप बढ्नु तथा अन्य सामुदायिक विद्यालयपूरा पढ्नुहोस्