Main Menu

Thursday, August 30th, 2018

 

एशियाका हस्तकला व्यवसायी काठमाडौँमा

भदाै १४, काठमाडौँ एशिया प्रशान्त क्षेत्रको हस्तकलाको विकास र विस्तारका लागि एशियाका हस्तकला व्यवसायी काठमाडौँमा भेला भएका छन् । राजधानीमा विहिबारदेखि शुरु भएको विश्व कला परिषद् एशिया प्रशान्त क्षेत्रको ३७ औं साधारण सभा र अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा विभिन्न १६ मुलुकका कालीगढ तथा कलाकारले आ–आफ्ना मुलुकका कला, संस्कृतिसँग हस्तकला र वास्तुकलाका सामाग्रीसहित उनीहरु भेला भएका हुन् । नेपाल हस्तकला महासंघको संयोजनमा आयोजित सम्मेलन यही भदौ १७ गतेसम्म चल्नेछ । सम्मेलनसँगै गरिएको प्रदर्शनीमा करीब १०० प्रतिनिधि सहभागी छन् । सन् १९६४ मा स्थापना भएको विश्वकला परिषद्ले नेपालमा पहिलोपटक सम्मेलन गरेको हो । जनावरका हाड, पक्षीका प्वाख, भेँडाका ऊनबाट बनाइएको विभिन्न कपडा, काठबाटपूरा पढ्नुहोस्


बिम्स्टेक शिखर सम्मेलन-पर्यटन प्रवद्र्धनको आधार

भदाै १४, काठमाडौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । अन्तर्राष्ट्रिय सभासम्मेलनले नेपालको प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान गर्ने जनाउँदै यस क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्थाले पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन् । दक्षिण एशियाका पाँच र दक्षिणपूर्वी एशियाका दुई देशको साझा संस्था बिम्स्टेक क्षेत्रीय सहयोग प्रवद्र्धन तथा साझेदारीलाई सफलतापूर्वक अघि बढाउने माध्यम बन्न सक्छ । हिमाच्छादित सेता हिमालदेखि नभ झैँ नीला समुद्रसहित विविध भूबनोट भएको यो क्षेत्र पर्यटन विकासको अथाह सम्भावनाले भरिपूर्ण छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता एवं मानव संसाधनले परिपूर्ण बिम्स्टेककापूरा पढ्नुहोस्


प्रेसमैत्री कानून बनाउन माग

भदाै १४, बागलुङ हालै लागू भएका मुलुकी (फौजदारी) र (देवानी) संहिता २०७४ का कतिपय प्रावधानले प्रेसको अधिकारलाई अंकुश लगाउने देखिएको भन्दै त्यसलाई सच्याउन यहाँको प्रेस जगत् र सरोकार भएका पक्षले माग गरेका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आयोजना गरेको ‘मुलुकी संहिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा संविधानमै मौलिक हकका रुपमा व्यवस्था भएको सूचना र सञ्चारको हकको प्रतिकूल हुने गरी कानून बन्न नहुने नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताउनुभयो । उहाँले नयाँ कानूनले भय नभई आशङ्का जन्माएको भन्दै त्यसलाई संशोधन गरी प्रेसमैत्री बनाउन माग गर्नुभयो ।पूरा पढ्नुहोस्


महिला मुक्तिको प्रश्न

बलात्कारको जरो के हो ?

हिन्दूहरूले तीनजना मूल देवता भनेर मानेकामा सृष्टिकर्ता भनेर मानेका देवता हुन् व्रह्मा । व्रह्मा स्वयंले आफ्नै छोरी सरस्वतीसँग यौन सम्बन्ध गरेको प्रसङ्ग आउँछ । हिन्दूहरू छोरीसँग यौन सम्वन्ध राख्ने बाउलाई भयानक व्यभिचारी मान्छन् र हो पनि । तर, आफ्नै छोरीसँग यौन सम्बन्ध राखेका भनिएका व्रह्मालाई हिन्दूहरु घृणा गर्दैनन्, वरु सृष्टिकर्ता मानेर पूजा गर्छन् । ठूलावडाले जे गरे पनि छुट हुने कुरालाई हिन्दूहरूले सुरुदेखि नै मान्दै आएको देखिन्छ । देशमा दिनदिनै बलात्कारका घटनाहरू घटिरहेका छन् । बलात्कारविरुध्द आवाज पनि उठिरहेको छ । जति आवाज उठे पनि बलात्कारका घटनामा कमी आएको छैन बरु झनझन् बढिरहेको छ । बलात्कारीलाई कारवाही गर्ने कडा कानुनकोपूरा पढ्नुहोस्


एशिया कप क्रिकेट-नेपालसामु २५५ रनको लक्ष्य

भदाै १४, काठमाडौँ एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको छ । युएइका लागि ओपनर चिराग सुरीले सात चौका र एक छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रनको योगदा दिए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । सन्दीपले १० ओभरमा दुई मेडनसहित २४ रन खर्चेका थिए । वसन्त रेग्मी र सोमापाल कामीले समान दुई\दुई विकेट लिए । पहिलो खेलमापूरा पढ्नुहोस्


हात्तीको आक्रमणबाट माउतेको मृत्यु

भदाै १४, चितवन चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट आज बिहान माउतेको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदार रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार सरदार सौराहास्थित हात्तीसारमा रहेको मोतीप्रसाद (ख) नाम गरेको हात्ती लिएर घाँस काट्नका लागि निस्किएका थिए । सोही क्रममा नजिकैको वन क्षेत्रमा हात्तीले माउतेलाई आक्रमण गरेको हो । घाँस काट्न गएका दुईमध्ये अर्का एक रुखमा चडेर बाँच्न सफल भएका थिए । सरदार यही भदौ ५ गते सोही हात्तीको माउतेका रुपमा करारमा नियुक्त भएका थिए ।


एयरलाइन्स कम्पनी र नाट्टाबीच छलफल

भदाै १४, काठमाडौँ नेपाली एयरलाइन्स र ट्राभल एण्ड ट्रेडले एयरलाइन्स कम्पनी र नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा) ले संयुक्त कार्यदल बनाएर अगाडि बढ्ने भएका छन् ।ती दुईसंसथाबीच बुधबार भएको छलफलमा एयरलाइन्स र ट्राभल एण्ड टे«डले भोग्नुपरेका समस्या समाधनका लागि संयुक्त कार्यादल बनाएर अगाडि बढ्ने निर्णय भएको हो । संयुक्त कार्यदलले समस्या समाधानका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, अध्यागमन विभाग, नागरिक उड्डयान प्राधिकरणलगायत सरोकारवाला संस्थासँग छलफल गर्ने निर्णय भएको प्रेसिन्डेन्ट ट्राभलका सञ्चालक भोला थापाले जानकारी दिनुभयो । बैठकमा विमानस्थल अवतरण शुल्कमा छुट दिनुपर्ने, एयरलाइन्सले विदेशबाट तेल हालेर आउने भएकाले स्वदेशमै सस्तो दरमा तेलपूरा पढ्नुहोस्


अस्पताललाई डायलाइसिस उपकरण प्रदान

भदाै १४, बेनी यहाँका एक परिवारले दिवंगत आमाको स्मृतिमा बेनी अस्पताललाई रु ३० लाख मूल्य बराबरको दुई थान डायलाइसिस उपकरण प्रदान गरेको छ । रघुगङ्गा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत आमा धनीदेवी सुवेदीको स्मृतिमा मिर्गौला पीडित रोगीको उपचारका लागि सो उपकरण उपलब्ध गराउनुभएकोे हो । अस्पतालमा बुधवारआयोजित कार्यक्रममा सहयोगदाता सुवेदी परिवारका तर्फबाट माधव र उहाँकी धर्मपत्नी सपना सुवेदीले अस्पतालका निमित्त प्रमुख डा अनिल पाण्डे र अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष माधवप्रसाद रेग्मीलाई ती उपकरण हस्तान्तरण गर्नुभयो । अष्टे«लियामा बसोबास गर्दै आउनुभएका सहयोगदाता माधव सुवेदीले आफ्नो आमा मिर्गौलाबाट पीडित भई लामो समयसम्म उपचार गराउनुपरेको संझना गर्दै दुर्गम र पिछडिएकापूरा पढ्नुहोस्


बिम्स्टेकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागत

भदाै १४, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको स्वागत गर्नुभएको छ । आजदेखि राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सिलसिलामा सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख काठमाडौँमा अवतरण गर्नुभएको सन्दर्भमा उहाँहरूलाई ट्वीटमार्फत प्रधानमन्त्रीले हार्दिक स्वागत गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बिम्स्टेकलाई शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध क्षेत्र बनाउन शिखर सम्मेलनबाट उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।


नेपालमा भिजन ट्वान्टी-ट्वान्टी

भदाै १४, नेपालगञ्ज नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी-ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबैको पहुँच पुग्न थालेको छ । संयुक्त राष्ट्रसंघले सन् १९९९ फेबु्रअरीमा ‘दृष्टिका लागि अधिकार’ नारासहित विश्वका करीब पाँच करोड नागरिकलाई अन्धोपनबाट जोगाउन भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम तर्जुमा गरेकामा नेपालले पनि सोही वर्षको नोभेम्बरमा उक्त कार्यक्रम अनुमोदन गरेको थियो । सो कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्पmत मुलुकभर सञ्चालनमा ल्याइएको हो । सन् २०२० सम्म सञ्चालन हुने उक्त कार्यक्रमका लागि मन्त्रालयले नेपाल नेत्र ज्योति सङ्घ, तिलगङ्गा आँखा केन्द्र र आँखा उपचारका क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई सहयोगी संस्थाका रूपमा लिएको छ । भिजन ट्वान्टी—ट्वान्टीले मोतियाविन्दु, जलविन्दु,पूरा पढ्नुहोस्