Main Menu

Friday, August 3rd, 2018

 

विश्व तापमान बृद्धिको असर : जापानमा डरलाग्दो तातो हावा

साउन १८,  टोकियो, जापान विश्व तापमान बृद्धिको परिणाम स्वरुप जापानमा मुलुकभर डरलाग्दो तातो हावा चल्दा जनजीवन कष्टकर बनेको छ । जापानी अधिकारीले आफ्ना नागरिकलाई मुलुकका धेरैजसो भूभागमा फैलिएको उष्ण वायुको प्रभावबाट जोगिन स्थानीय जातका रसिला फलफुल तथा खाना खाने र छाता र छहारीको प्रयोग गर्न आग्रह गरेका छन् । जापानमा गत महिनादेखि महशुस गरिएको उष्ण वायुका कारण शुक्रबारसम्म ११९ जनाको मृत्यु भएसकेको छ भने गर्मीका कारण विरामी परेका ४९ हजार व्यक्तिले अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् । तापक्रममा देखिएको अस्वभाविक वृद्धि अझै पनि कायमै रहेको छ । टोकियोदेखि उत्तरी क्षेत्रमा गर्मीका कारण विरामी हुनेको सङ्ख्या बढ्ने क्रम जारी रहेपछि सरकारीपूरा पढ्नुहोस्


तीन मन्त्री नियुक्त

साउन १८, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचन २०७४ मा मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । यसअघि साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि सो मन्त्रालय मन्त्रीबिहीन भएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार आजै प्रधानमन्त्री ओलीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्ममा अर्याललाई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा सुरेन्द्र यादवलाई नियुक्त गर्नुभएको छ । नवनियुक्त तीन मन्त्रीलाई आजै राष्ट्रपतिपूरा पढ्नुहोस्


तीन प्रज्ञा–प्रतिष्ठानलाई एकापसमा गाभ्न नहुने

साउन १८, काठमाडौँ नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नहुने सरोकारवालाहरुले बताएका छन् । नेपाल ललितकला पत्रकार समाजले यहाँ आज आयोजना गरेको ‘प्रज्ञा–प्रतिष्ठानको औचित्य र नियुक्ति प्रक्रिया’ विषयक अन्तक्र्रियाका कार्यक्रमका वक्ताहरुले प्रज्ञा–प्रतिष्ठान गाभ्नुभन्दा पनि थप गर्नेतर्फ सरकार लाग्नुपर्ने बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य एवं जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई बजेट भाषणमा प्रज्ञा–प्रतिष्ठान गाभ्ने कुरा उपयुक्त नभएको बताउनुभयो । “विसं २०६२÷६३ को जनआन्दोलनमा कला, साहित्य र सांस्कृतिक क्षेत्रले खेलेको भूमिकास्वरुप प्रज्ञा–प्रतिष्ठान खोलिएको छ, यसलाई गाभ्ने कुरा किमार्थ हुन सक्दैन”, उहाँले भन्नुभयो । मुलुकको आवश्यकता र औचित्य भएको कारण प्रज्ञा–प्रतिष्ठान स्थापना भएको उहाँको भनाइ थियो ।पूरा पढ्नुहोस्


थामखर्क विमानस्थल कालोपत्र भएन

साउन १८, खोटाङ गत असारमै म्याद सकिए पनि खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलको कालोपत्र गर्ने काम सकिएको छैन । ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले २०७३ देखि कालोपत्र गर्ने कार्य शुरु गरेको थियो । म्याद सकिएको एक महिना पुग्न लाग्दासमेत कालोपत्र सम्पन्न भएको छैन । हालसम्म ७५ प्रतिशत मात्र काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले जानकारी दिनुभयो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण विमानस्थल कालोपत्रको काम समयमै सम्पन्न हुन नसकेको हो । यस वर्ष छिटो वर्षा शुरु भएकाले असार मसान्तअघि कालोपत्र गर्न नसकिएको इन्जिनियर श्रेष्ठले बताउनुभयो । गत असार मसान्तसम्ममा काम सम्पन्न गर्नेगरी रु नौ करोड २५ लाख २९ हजारपूरा पढ्नुहोस्


दयनीय अवस्थामा पहिलो पुस्तकालय

साउन १८, ललितपुर भूकम्पले भवन भत्किएर सेवा ठप्प भएको नेपालको पहिलो नेपाल राष्ट्रिय पुस्तकालय अझै सञ्चालन हुन सकेको छैन । भवन नबन्दा पूर्णरुपमा सेवा शुरु गर्न नसकिएको पुस्तकालयले जनाएको छ । पुस्तकालयका पुस्तक तीन ठाउँमा रहेको पुस्तकालयका अधिकृत शिवकुमार श्रेष्ठले बताउनुभयो । कालोपुलस्थित महेन्द्र भवन माध्यामिक विद्यालय, सानोथिमिस्थित शैक्षिक जनशक्ति विकास केन्द्र र पुस्तकालयको बाल शाखामा पुस्तक राखिएको छ । विद्यालयमा ५० हजार पुस्तक थन्क्याइएको छ । उहाँले भन्नुभयो, “किताब बिग्रन नपाओस भनेर सुरक्षितरुपमा राखेका छौँ ।” जनशक्ति विकास केन्द्रमा २३ हजार हाराहारी र बाल शाखामा सात हजार पुस्तक छन् । ती पुस्तक भूकम्प आउँदाको वर्षमा बोरामा नै थन्क्याइएकोमा हालपूरा पढ्नुहोस्


नेपाल टस जितेर ब्याटिङ गर्दै

साउन १८, काठमाडौँ नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा उक्त खेल भइरहेको छ । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार पहिलो खेलमा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल छन् । नेदरल्यान्ड्स टोलीमा पिटर सिलार (कप्तान), वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मीकेरेन, म्याक्सपूरा पढ्नुहोस्


चार दिनसम्म पनि खुलेन पासाङल्हामु राजमार्ग

साउन १८, नुवाकोट पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१० भेसैनजिकैको तिरतिरेको भिरमा गएको पहिरोका कारण अवरुद्ध सडक चार दिनसम्म पनि सञ्चालन हुन नसक्दा रसुवाका नागरिकलाई असहज भएको छ । पहिरोका कारण रसुवा र राजधानी काठमाडौँबीचको सडकयात्रा रोकिँदा यात्रुले सास्ती झेल्नुपरेको हो । पहिरोले सडक अवरुद्ध भएपछि रसुवाबाट भैँसेसम्म बसमा आएर त्रिशूली नदीको झोलुंगे पुल तरेर तुप्चेपट्टी गएर अर्को बस चढेर आवतजावत गर्न बाध्य भएका छन् । झोलुंगे पुलबाट वारपार गरेर सवारी साधन परिवर्तन गरी आवातजावत गरे पनि खाद्य सामग्री, तरकारी, दुग्धजन्य पदार्थ रसुवातर्फ निकासी हुन रोकिएको फलफूल व्यापारी गोपी न्यौपानेले बताउनुभयो । झण्डै सय मिटर सडक पहिरोले पुरिएको छ भनेपूरा पढ्नुहोस्


अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग उप्किएपछि…

साउन १८, काठमाडौँ धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान\अवतरण अहिले नियमितरुपमा सञ्चालन भएको छ । धावनमार्गमा समस्या देखिएपछि आज बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान अवतरण रोकिएको हो । जहाज अवतरण गर्ने कोटेश्वरतर्फको धावनमार्गमा कालोपत्र उप्किएको विमानस्थलले जनाएको छ । करीब २० मिनेटको समयपछि सेवा पुनःशुरु भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले राससलाई जानकारी दिनुभयो । खासगरी वर्षाको समयमा यस्तो समस्या पटक–पटक निम्तिने गरेको छ । केही दिन पहिले नेपालगञ्जबाट काठमाडौँ आउनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सवार विमानसमेत धावनमार्ग उप्किएका कारण करीब ४५ मिनेट आकाशमै घुम्ने (होल्ड) मा पर्नुभएको थियो । विमानस्थलको धावनमार्ग मर्मतकापूरा पढ्नुहोस्


दरबार हाइस्कूल भवन शिलान्यास

साउन १८, काठमाडौँ नेपालको आधुनिक शिक्षाको अग्रणी शैक्षिक संस्था दरबार हाइस्कूल (भानु माध्यामिक विद्यालय) भवनको भूकम्प गएको तीन वर्षछि शिलान्यास भएको छ । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले १६५ वर्ष पुरानो सो विद्यालयको भवनलाई क्षति पुर्याएको थियो । सो भवनमा संस्कृत मावि पनि सञ्चालित रहेको थियो । हाल ती दुवै विद्यालय वाल्मीकि विद्यापीठको भवन रहेको चौरमा प्रि–फ्यावमा सञ्चालित छ । आज यहाँ आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चीनका राजदूत यु होङ्ले संयुक्तरुपमा भवनको शिलान्यास गर्नुभयो । ऐतिहासिक रानीपोखरीको पश्चिम दिशामा रहेको करीब नौ रोपनी जमीनमा भवन बन्नेछ । चारतले यस भवनमा ४० कक्षाकोठा बन्नेछन्पूरा पढ्नुहोस्


विपन्नका छाना फेर्दै वडा

साउन १८, बागलुङ काठखोला गाउँपालिका–७ का खरले छाएका विपन्न परिवारका घर जस्तापाताले छाउन थालिएको छ । खरको झुपडीमा जीवन गुजारीरहेका परिवारलाई वडा कार्यालयले सुरक्षित छानोमुनी ल्याउन लागेको हो । आउँदो दुई वर्षभित्र खरले छाएका सबै घरमा जस्तापाताको छानो राखिने कार्यालयले जनाएको छ । विपन्न, एकल महिला र दलित समुदायको खरको घर विस्थापन गर्ने योजनामा वडा कार्यालय छ । वडाअध्यक्ष प्रेम लामिछानेका अनुसार गत आवमा १४ वटा घर जस्तापाताले छाइएको थियो । अहिले थप ३० खरले छाएका घरमा एकैसाथ जस्तापाता राख्ने काम शुरु भएको छ । बहत्तर विपन्न परिवारका घर पहिचान गरी स्थानीयसँग मिलेर जस्तापाताले छानो छाउने काम गरिएको वडाअध्यक्ष लामिछानेलेपूरा पढ्नुहोस्