Main Menu

July, 2018

 

समाजवाद उन्मुख शिक्षाको खाका कोर्दै शिक्षा आयोग

साउन १५, काठमाडौँ नवगठित उच्चस्तरीय शिक्षा आयोगले समाजवाद उन्मुख समृद्ध र संघीय नेपाल अनुकूल शिक्षा नीति निर्माणका लागि कार्यारम्भ गरेको छ । प्रारम्भिक बाल विकासदेखि उच्च शिक्षासम्म गुणस्तर, पहुँच, समता, समावेशिता, सान्दर्भिकता र उत्थानशीलता सुनिश्चित गर्न कानूनी, संरचनात्मक र संस्थागत रुपान्तरणका लागि सिफारिश गर्ने अधिकार पाएको आयोगले विषयगत समूह बनाई काम थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको आयोगको बुधबार बस्ने पहिलो बैठकले विगतको उच्चस्तरीय शिक्षा आयोगको मस्यौदा सुझावलाई आधार मानेर पुनः विषयगत समूह बनाई काम शुरु गर्ने शिक्षा मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिनुभयो । चिकित्सक डा गोविन्द केसीको अनशन, वार्ता र सहमतिका लागि शिक्षापूरा पढ्नुहोस्


स्वास्थ्यचौकीलाई एक लाख सहयोग

साउन १५, म्याग्दी जलजला गाउँपालिका–७ धाइरिङस्थित स्वास्थ्यचौकी भवन निर्माण गर्न एक ज्येष्ठ नागरिकले रु एक लाख ११ हजार सहयोग गरेका छन् । धाइरिङ घर भई हाल बेनी नगरपालिका– ७ शान्ति टोल बस्दै आएका ९० वर्षीय बोमबहादुर केसीले सो रकम सहयोग गर्नुभएको हो । केसीले मिलनचोक आमा समूहलाई समेत रु दश हजार सहयोग गर्नुभएको उहाँका छोरा शेरबहादुरले जानकारी दिनुभयो । वडाध्यक्ष टुंगनाथ आचार्यका अनुसार स्वास्थ्यचौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान थालिएको छ । भवन निर्माण गर्न रु बीस लाखमा दुई रोपनी जग्गा खरिद गरिएको छ ।


बेपत्ता भएको ४७ वर्षपछि घर फिर्ता

साउन १४, बेसीशहर, लमजुङ घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि एक वृद्ध घर फर्कनुभएको छ । बेँशीशहर नगरपालिका–२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर फर्किनुभएको हो । करीब पाँच दशकसम्म घर परिवारसँग सम्पर्कविहीन खड्का बुढ्यौलीसँगै अशक्त अवस्थामा पुगेपछि सोधखोज गर्दै गाउँसम्म आई पुग्नुभएको हो । खड्कालाई गाउँ आउँदा बूढापाकाले मात्र चिन्न सकेका थिए । उहाँले पनि थोरै मात्र बूढापाकालाई चिन्न सकेको बताउनुभयो । खड्काले भारतको मेघालयको एउटा गाउँ नजिकै रहेको जंगलमा गाई फारममा काम गर्दै आएको बताउनुभयो । “बाचेर गाउँ फर्कन्छु भन्ने सोचेको थिइन् जन्मथलो आए, सबैसँग भेटघाट भयो, खुशी लागेको छ” खड्काले भन्नुभयो । प्रेमबहादुरको उमेर ७० वर्ष नाघेपूरा पढ्नुहोस्


बसपार्क निर्माणमा ठेकेदारको लापर्बाही

साउन १४, बाँके नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो । पन्ध्र महिनाभित्र निर्माण सक्ने गरी युनाइटेड बिल्डर्सले अप्रिल २०१६ मा जिम्मा लिएको थियो । अव्यवस्थित रुपमा सञ्चालित नेपालगञ्जको बसपार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउन १५ महिनाभित्र निर्माण सक्ने सम्झौता भए पनि सम्झौताअनुरुप निर्माण सम्पन्न नहुँदा दुई महिनाअघि पुनः म्याद थप गरिएको थियो । ठेकेदार कम्पनीको लापर्बाहीका कारण नेपालगञ्जको यातायात व्यवस्थापनमा समेत समस्या देखिएको छपूरा पढ्नुहोस्


रातु नदीको पुल बन्यो, साउनभित्रै सवारी चल्ने

साउन १४, बर्दिवास पूर्वपश्चिम राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुमा निर्धारित अवधिभन्दा १६ महिनाअघि नै नयाँ पुल निर्माण कार्य सम्पन्न हुने भएको छ । २०७३ साल असार २९ मा सम्झौतापत्रमा हस्ताक्षर गरेको निर्माण कम्पनी कालिका टु दी रसुवा जेवी काठमाडौँले २०७६ साल पुस मसान्तमा पुल निर्माण सम्पन्न गर्ने बताएको थियो । २५० मिटर लम्बाइ र १०.९० मिटर चौडाइको यो पुल निर्माण काम सकिएर यसै साउन मसान्तभित्रै प्रयोगमा ल्याउने तयारी भएपछि अहिले निर्माण कम्पनीको तत्परताको सबैले सराहना गरेका छन् । “पूर्वपश्चिम राजमार्ग र राजधानी काठमाडौँसँग जोड्ने यो पुल लाइफलाइन नै हो” निर्माण कम्पनीका साइट इञ्चार्ज कृष्ण ढुंगेलले सञ्चारकर्मीसँग भन्नुभयो–,पूरा पढ्नुहोस्


धौलागिरि आधार शिविर पुग्ने पदमार्ग निर्माण

साउन १४, म्याग्दी संसारको साताैँ अग्लो (आठ हजार १६७ मिटर) धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ । पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले धौलागिरि आइसफल पदमार्गको कालीबराह खोलाको दोभानदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण गरेका हुन् । विभागको रु १० लाख सहयोगमा पहाडमा ढुंगाको सिँढीसहितको एक हजार ५०० मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका सदस्य धु्रवकुमार पाइजाले जानकारी दिनुभयो । चिमखोलाका ४८ मजदूरले २७ दिनसम्म जंगलमै बास बसेर पदमार्ग निर्माण गरेका हुन् । थप ५० मिटर पहाड काट्ने र दुई किलोमिटर भिरमा पदमार्ग बनाएपछि धौलागिरि पहिलो हिमालको आधार शिविरमा सहजै पुग्न सकिने पाइजाले बताउनुभयो । यसअघिपूरा पढ्नुहोस्


अघि बढेन बहुस्वामित्व भएका लाभग्राहीको घर निर्माण

साउन १४, ललितपुर कानूनीरुपमा भिन्न भए पनि संयुक्त पूर्जा भएका र एउटै घरमा बसोबास गर्दे आएका धेरै लाभग्राहीको निजी आवास निर्माण अघि बढ्न सकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बहु–स्वामित्व पुनःनिर्माण लाभग्राहीका रुपमा थप भएका लाभग्राहीले घर बनाउने फरक–फरक जग्गा नहुँदा घर निर्माण अघि बढाउन नसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ, भूकम्प आवास पुनःनिर्माण आयोजनाले जनाएको छ । भूकम्पभन्दा पहिले नै अंशबण्डा भएर छुट्टाछुट्टै भान्सा गरेकालाई फरक लाभग्राही मानेर सम्झौता भएको एकाइमा कार्यरत सूचना तथा प्रविधि विशेषज्ञ राकेश महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुले पहिलो किस्ता लिए पनि घर निर्माण अघि बढाउन नसक्दा दोस्रो किस्ता लिन पाउनुभएको छैन ।” भिन्दै भएपूरा पढ्नुहोस्


ओलम्पियनलाई आजीवन मासिक भत्ता

साउन १४, काठमाडौँ राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले हालसम्मका नेपाली ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ । राखेपद्वारा हिजो यहाँ आयोजित एक कार्यक्रममा शुरुआतका रुपमा ओलम्पियनलाई साउनको भत्ता उपलब्ध गराइयो । असी ओलम्पियनलाई जनही रु तीन हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ मा टोकियोमा भएको ओलम्पिकदेखि सहभागिता जनाउन शुरु गरेको थियो । त्यस्तै पहिलो दक्षिण एसियाली खेलकूद (साग) देखि १२ औँ सागका स्वर्ण विजेतालाई पनि सोही कार्यक्रममा पुरस्कृत गरियो । (चौरानब्बे) ९४ स्वर्ण पदकधारीलाई मासिक रु पाँच हजारका दरले कूल रु ४० लाख वितरण गरियो । विसं २०७४ मंसिरदेखि २०७५ असारसम्म जम्मा आठ महिनाकोपूरा पढ्नुहोस्


बुटवल पाल्पा सडक अवरुद्ध

साउन १३, बुटवल बिहानदेखि परेको अविरल वर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानदेखि नै सडक अवरुद्ध भएको हो । सो स्थानमा पटक पटक पहिरो खस्ने गरेको छ । यस वर्ष मात्र हेडबक्समा पहिरो खसेको यो छैटाैँ पटक हो । सडक अवरुद्ध हुँदा बुटवल हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र विभिन्न स्थानबाट बुटवलतर्फ आइरहेका सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् । लगातार परेको भारी वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको र डोजरले पहिरो पन्छाउन पनि समस्या भएको पश्चिम क्षेत्रीयपूरा पढ्नुहोस्


नेपाल–चीन आवतजावत बन्द

साउन १३, रसुवा रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पुर्याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा आजबाट अध्ययन कार्य शुरु गरिएको छ । गत शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा बेजोडसँग पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जग क्षति पुर्याएको स्थानीयवासीले बताए । सवारीसाधन नगुडेपछि भन्सार राजश्वमा दैनिक रु एक करोड घाटा हुन गएको भन्सार कार्यालयले जनाएको छ । चीन सरकारद्वारा निर्माण गरिएको उक्त पुल क्षतिको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ चिनियाँ प्राविधिकसँग पनिपूरा पढ्नुहोस्