Main Menu

Saturday, July 14th, 2018

 

पूर्वप्रम सरिफ पक्राउ, पाकिस्तानमा नयाँ राजनीतिक उतारचढाव

असार ३०, पेसावर पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ पक्राउ पर्नुभएको छ । उहाँलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो । उहाँलाई शुक्रबार पाकिस्तानको पेसावरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो । पूर्वप्रधानमन्त्री सरिफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताउनुभएको थियो । सरिफलाई हालैमात्र यहाँको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उहाँलाई १० वर्ष कारावासको फैसला गरेको हो । सो फैसलाको समयमा लन्डनमा रहनुभएका सरिफलाई हिजो स्वदेश फर्किएलगत्तै निणन्त्रणमा लिइएको छ । उहाँलाई यसरी पक्राउ गरिएपछि यहाँको राजनीतिमा भने नयाँ उतार चढाव आएको छ । पाकिस्तानमा यही जुलाई २५ मा संसदको निर्वाचन हुनपूरा पढ्नुहोस्


शौचालयको अभावमा पाँच वटा वडा दिसामुक्त क्षेत्र घोषणा भएन

असार ३०, वीरगञ्ज प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेका चार हजार २२० घरधुरीले आफ्नो घरमा शौचालय बनाउन नसक्दा पाँच वटा वडा दिसामुक्त क्षेत्र घोषणा हुन सकेका छैनन् । वीरगञ्ज महानगरपालिकामा गाभिएको वडा नं १९ को विन्दवासिनी, वडा नं १३ प्रसौनी बिर्ता, वडा नं २४ रामगढवा, वडा नं २५ बलुवा टोल र वडा नं २३ उदयपुरघुर्मीका चार हजार २२० घरधुरीमध्ये अधिकांश घरमा शौचालय नभएपछि सो ठाउँ दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको वीरगञ्ज महानगरपालिकाअन्तर्गत रहेको खानेपानी शाखाले जनाएको छ । उनन्तिस हजार ९६३ जनसंख्या रहेको ती वडामा केही घरमा शौचालय बने पनि केही घरमा शौचालय नबन्दा तथा जनप्रतिनिधिको उदासीनताकापूरा पढ्नुहोस्


पहिरोले पाँच परिवार विस्थापित ,सयौँ रोपनीमा लगाएको धान नष्ट

असार ३०, जाजरकोट यहाँको नलगाड नगरपालिका–८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ । आज बिहान आएको पहिरोले धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन् । हुमप्रकाश सिंह, हिरालाल खत्री, खर्कबहादुर शाहीलगायत पाँचजनाको घरपरिवार पहिरोका कारण घर छाडेर विस्थापित भएका छन् । त्यस्तै पहिरोले मकैलगायतको जग्गा पुर्दा मकैबालीसमेत नष्ट भएको छ । कायखेत–जिकुवा सडकबाट आएको पहिरोले यहाँका स्थानीयवासीको उठीबास लागेको हो । मापदण्डविपरीत डोजरद्वारा निर्माण गरिएको यो सकडबाट यहाँका दर्जनौँ अन्य घरसमेत जोखिममा परेका छन् । सडक निर्माण गर्दादेखि नै यातायातका साधन सञ्चालन गर्न समस्या परेको यो सडकबाट अहिले दर्जनभन्दा बढी घर जोखिममा पर्नुका साथै सयौँ रोपनी जग्गामापूरा पढ्नुहोस्


कनकाईमा प्रमुख आवास कार्यक्रम

असार ३०, सुरुङ्गा, झापा कनकाई नगरपालिकामा घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम शुरु भएको छ । नगरपालिका र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा प्रमुख आवास कार्यक्रम शुरु भएको हो । नगरपालिकाबाट रु २५ लाख, सहारा नेपाल सहकारी संस्थाबाट रु १४ लाख र नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रु दुई लाख गरी रु ४१ लाखको लागतमा नगरपालिका–७ स्थित रेडक्रस टोलमा १५ परिवारका लागि घर निर्माण शुरु गरिएको छ । कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र २०५० सालभन्दा पहिलादेखि बसोबास गर्दै आएका तथा जमीन र घर नभएका परिवारलाई जमीन तथा घर निर्माण गरेर राखिने बताइएको छ । यस्ता परिवारको पहिचानका लागि नगरका नौवटै वडामापूरा पढ्नुहोस्


कीर्ते नागरिकता बनाउने पक्राउ

असार ३०, गुलरिया, बर्दिया नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ । बडाध्यक्ष तुलप्रसाद गौतमले जन्मदर्ताका आधारमा नागरिकताकोे सिफारिश गरेका थिए । गत चैत २ गते शर्माले वडा कार्यालयको त्यही सिफारिश इलाका प्रशासन बाँसगढीमा पेश गरी ६५१२७४१२२२२ नंको नेपाली नागरिकता लिएकी थिइन् । विसं २०५५ फागुन ७ गते जन्मिएकी शर्माले नागरिकता प्राप्त गरेलगत्तै राहदानीका लागि सिफारिस लिएकी थिइन् । नागरिकता छानवीनकैपूरा पढ्नुहोस्


आफ्नै मेहनतमा उभिने अपांगता भएकाहरुको इच्छा

असार ३०, बर्दिवास ‘भाग स ठगायल हम अपन पयर में ठार होब चाहैछि, मिहिनेत हम करब साथ अहाँक चाहैछि’ (भाग्यले ठगिएकी म आफ्नै खुट्टामा उभिन चाहन्छु, मेहनत म आफैँ गर्छु, साथ तपार्इँको चाहन्छु) । न्यून दृष्टियुक्त भएर पनि मुढा र अगरबत्ती बनाउने सीप सिकेकी महोत्तरी जिल्ला गौशाला नगरपालिका–९ बिसरपुरकी २५ वर्षीया ललितासिंह दनुवारले आफ्नै नगरप्रमुख शिवनाथ महतो र नेपाल नेत्रहीन संघ पुनःस्थापन कार्यक्रम महोत्तरीका कार्यकारी निर्देशक अमृत राईसँग अनुरोध गरिन् । नगरपालिकाको सहयोगमा नेपाल नेत्रहीन संघ पुनःस्थापन कार्यक्रम महोत्तरी र महोत्तरी नेत्रहीन संघ बर्दिवासले आयोजना गरेको अपांगता भएकाहरुका लागि आयोजित २१ दिने तालीमबाट भर्खरै मुढा बनाउन सिकेकी ललिताले सीप सिकेपूरा पढ्नुहोस्


‘साक्षरण कर्णाली प्रदेश’ घोषणा गर्ने अभियान

असार ३०, सुर्खेत कर्णाली प्रदेश सरकारले आगामी तीन वर्षभित्र ‘साक्षरण कर्णाली प्रदेश’ घोषणा गर्ने अभियान थाल्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले आगामी साउन महिनादेखि कार्यविधि तयार गरेर कार्यान्वयन प्रक्रियामा जाने तयारी गरेको छ । अभियान सफल बनाउन अनौपचारिक शिक्षा तथा साक्षरता अभियानसम्बन्धी कार्यक्रम गर्न स्थानीय तहसँगको समन्वयमा कार्य ढाँचा तथा कार्य पद्धति निर्माण गरिने सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो । “निर्माण गरिने कार्य ढाँचा र पद्धति यथाशक्य कायान्वयनमा लैजान नीति, कार्यक्रम, बजेट र रातो किताबमै उल्लेख छ जसका लागि मन्त्रालयले रु दुई करोड बजेट पनि विनियोजन गरेको छ,” मन्त्री रावलले भन्नुभयो । उहाँले कर्णालीका निरक्षर प्रौढपूरा पढ्नुहोस्


जिल्ला अस्पताल एक महिनादेखि प्रमुखविहीन

असार ३०, फलेवास, पर्वत कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापा सरुवा भएर गएको झण्डै एक महिनासम्म पनि अर्को प्रमुख आएका छैनन् । डा थापाका ठाउँमा कार्यालय प्रमुख नआउँदा अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाका साथै जनस्वास्थ्य कार्यालयबाट सम्पादन हुने विभिन्न कामकाज प्रभावित बनेको कर्मचारीको गुनासो छ । डा थापाका ठाउँमा बुटवलबाट नयाँ डा आउने गरी सरुवा भए पनि अहिलेसम्म कार्यालयमा हाजिर नभएका कारण आवको समाप्तिमा पूरा गरिने कागजी प्रक्रियामा असर परेको जनस्वास्थ्य अधिकृत सजिना महर्जनले जानकारी दिनुभयो । तत्कालका लागि केही कामका लागि जनस्वास्थ्य अधिकृत महर्जनलाई निमित्तपूरा पढ्नुहोस्


११ झोलुंगे पुल निर्माण

असार ३०, बागलुङ झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल बनेका छन् । जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत नौ र ‘टिबिएसयू÷हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा दुई पुल बनेका हुन् । जीर्ण बनेका, बाढीले बगाएका र केही नयाँ ठाउँमा पुल निर्माण गरिएको हो । रु तीन करोड १५ लाख ६२ हजारको लागतमा बनेका पुलबाट ११ हजार ७०० जनसंख्या प्रत्यक्ष लाभान्वित भएको छ । जिप्राकाको झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–१० पाण्डवखानीको ल्याङ्गुरेघाट, ताराखोला गाउँपालिका–२ अर्गलको बराहघाटखोला र वडा नं ३ अमरभूमिको खालीखोलाघाटमा पुल निर्माण भएको छ । त्यस्तै जैमिनी नगरपालिकाका दमेकस्थित जुठेखाल्टाघाट र कौशिनीघाट, ढोरपाटन नगरपालिका, अधिकारीचौरको बुढाथोकघाट, बोवाङकोपूरा पढ्नुहोस्


खोला आसपासका बासिन्दा सतर्क रहन मौसम विभागको आग्रह

असार ३०, काठमाडौँ जल तथा मौसम विज्ञान विभागले बूढानीलकण्ठ आसपासमा ठूलो वर्षा भइरहेको र विष्णुमती नदीमा समेत बहाव बढ्ने सम्भावना भएको भन्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । विभागका अनुसार काठमाडौँको धोवीखोला, बागमती, सालिनदी, मनोहरा लगायतका नदीक्षेत्रमा आकस्मिक बाढी आउने सम्भावना रहेको छ । विभागका अनुसार काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा ठूलो वर्षा शुरु भएको छ भने शिवपुरी, सुन्दरीजल, साँखु लगायतको क्षेत्रमा समेत वर्षा शुरु भएको छ ।