Main Menu

Monday, July 23rd, 2018

 

बालश्रमविरुद्धको रणनीति तय

साउन ७, काठमाडौँ सश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बालश्रमविरुद्धको गुरुयोजनाको प्रभावकारी कार्यान्वयनका लागि पाँच रणनीति तय गरेको छ । संघीय तहमा गुरुयोजना कार्यान्वयनको मुख्य जिम्मेवारी पाएका मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा गठित बालश्रम निवारण समितिले उक्त रणनीति तय गरेको हो । रणनीतिमा बालश्रमसम्बन्धी नीतिगत, कानूनी र संस्थागत सुधार गर्ने, सम्बद्ध सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्ने, बालश्रममा परेका बालबालिकाको नियमित खोजी, अनुगमन, उद्धार र पुनःस्थापना गर्ने, प्रत्यक्ष लक्षित कार्यक्रममार्फत बालश्रमको जोखिममा परेका बालबालिका तथा तिनका परिवारका लागि आवश्यक सहयोग उपलब्ध गराउने तथा सरोकारवालाबीच सहकार्य, समन्वय र सञ्जाल स्थापना एवं सञ्चालन गर्ने उल्लेख गरिएको छ । संविधानको परिकल्पना तथा दिशा निर्देश रपूरा पढ्नुहोस्


निगमको जहाजको परीक्षण उडान

साउन ७, काठमाडौँ नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले आज परीक्षण उडान गरेको छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले आज अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरेको जानकारी दिनुभयो । सो उडानलाई निगमले ‘पुफिङ फ्लाइट’ को नाम दिएको छ । गत असार २४ गते काठमाडौँ आइपुगेको ‘अन्नपूर्ण’ नाम दिइएको सो जहाजलाई विदेशी चालक फ्रान्सिको र निगमका चालक श्रवण रिजालले उडाउनु भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । निगमले वाइडबडी ए ३३०–२२० सिरिजको जहाजमार्फत अन्तर्राष्ट्रिय उडानमा आफ्नो हिस्सा बढाउने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठनको छाता संगठन (आइकाओ)ले व्यावसायिक उडान अघि परीक्षण उडानपूरा पढ्नुहोस्


यस्तो छ परराष्ट्र मन्त्री ज्ञवालीको युरोप भ्रमण तालिका

साउन ७, काठमाडौँ पोर्चुगलका विदेशमन्त्री अगष्टो सान्टोस सिल्भाको निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पोर्चुगलको औपचारिक भ्रमणमा आज राति लिस्बनतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । उहाँले आफ्ना पोर्चुगी समकक्षीसँग पर्सि बुधबार द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई दिवसीय लिस्बन बसाइपछि उहाँले बेल्जियम र लग्जेम्बर्गको भ्रमण गर्नुहुनेछ । बेल्जियमका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री डिडाएर रेयान्डर्ससँग उहाँले साउन १० गते ब्रसेल्समा नेपाल–बेल्जियम सम्बन्धका विविध विषयमा विचारविमर्श गर्नहुनेछ । सोही दिन उहाँले ब्रसेल्सस्थित नेपाली दूतावास र एशियाली अध्ययनका निम्ति युरोपेली प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गर्ने ‘नेपालका प्रमुख राष्ट्रिय एजेण्डा-राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट दिगोपना प्रदान’ विषयमा प्रवचन दिनु हुनेछ । साउन १२पूरा पढ्नुहोस्


केसीको मागमा सम्पादकहरुको समर्थन विवादको घेरामा

साउन ७,काठमाडौँ राष्ट्रिय दैनिकका सम्पादकहरुले कुनै आन्दोलन र मागबारे आफैँ उपस्थित भई समर्थन गर्नु कतिको उचित होला ? व्यावसायिक पत्रकारिताको सिद्धान्त र धर्मअनुसार सम्पादक र पत्रकारले आफूलाई प्रत्यक्षरुपमा संलग्न गराएको विषय पुनःविवादित बनेको छ । पत्रकारले उपयुक्त लागेको विषयमा सम्पादकीय वा लेख, विचारका माध्यमबाट जनमत निर्माण गर्न सक्ने भए पनि कुनै आन्दोलनरत पक्षकोमा पुगेर ऐक्यबद्धता जनाउनु विज्ञहरुको विचारमा उचित होइन । अस्पतालमा आधारित आमरण अनशनरत चिकित्सक डा गोविन्द केसीलाई आइतबार त्रिवि, शिक्षण अस्पतालमा भेटेर विभिन्न सम्पादकले उहाँका मागप्रति ऐक्यबद्धता जनाउँदै अविलम्ब माग पूरा गर्न वक्तव्यसहित सार्वजनिक आह्वान गरेका थिए । राष्ट्रिय दैनिकका १४ जना सम्पादक र पूर्वसम्पादकले त्यसरी गर्नुभएको ऐक्यबद्धतापूरा पढ्नुहोस्


स्रष्टालाई सम्मान र पुरस्कार

साउन ७, काठमाडौँ नेपाल स्रष्टा समाजले योगमाया न्यौपानेको स्मृतिमा स्थापित पुरस्कारबाट दुई स्रष्टालाई पुरस्कृत तथा एक जनालाई सम्मान गरेको छ । नेपाली साहित्य, इतिहास र संस्कृतिको प्रवद्र्धन र विकासमा योगदान पुर्याउने इतिहासविद् ज्ञानमणि नेपाललाई ‘योगमाया अभियन्ता राष्ट्रिय सम्मान– २०७५’ र साहित्यकार नीलम कार्की ‘निहारिका’ लाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान–२०७४’ बाट पुरस्कृत गरिएको हो । पुरस्कृतमध्ये नेपाललाई रु २० हजार १११ र निहारिकालाई रु २५ हजार १११ नगदसहित प्रशंसापत्र रहेको छ । यस्तै सामाजिक अभियन्ता हीरण्यप्रसाद भण्डारीलाई ‘योगमाया विशेष सम्मान’ प्रदान गरिएको छ । विसं १९८९ मा सिक्तेल भोजपुरमा जन्मनुभएका नेपालले संस्कृत विषयमा मध्यमा र नेपालको इतिहासमा विशेष दक्षता हासिलपूरा पढ्नुहोस्


क्यानाडामा बन्दुक आक्रमण, दुईको मृत्यु १२ घाइते

साउन ७, टोरोन्टो, क्यानाडा उत्तरी अमेरिकी देश क्यानाडाको सबभन्दा ठूलो शहर टोरोन्टोको एक फराकिलो व्यस्त सडकमा गए राती एकजना बन्दुकधारीले भिडमाथि अन्धाधुन्ध गोली चलाउँदा दुईजनाको मृत्यु १२ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको स्थिति गम्भीर भएको बिबिसिले जनाएको छ । समाचारमा जनाइए अनुसार आक्रमणकारी बन्दुकधारी पनि मारिएका छन् । तर, उनी प्रहरी कार्वाहीमा मारिएको वा अरु कसैद्वारा मारिएको वा उनले आफै आत्महत्या गरेको हो खुल्न आएको छैन । आक्रमण टोरोन्टो शहरको डानफोर्थ सडकमा आइतवारको साँझ सडकमा हिँडिरहेका मानिसहरुमाझ भएको जनाइएको छ । प्रत्यक्ष देख्नेहरुका अनुसार सुरुमा कालो टोपी र कालै लुगा लगाएको गोरो वर्णका एकजना मानिस हतारहतार सडक क्रसपूरा पढ्नुहोस्


विद्युत् चोरी गर्ने ११ पक्राउ

साउन ७, तुलसीपुर, दाङ तुलसीपुर उपमहानगरपालिका–१३ को फुलवारीमा विद्युत् चोरी गर्ने ११ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पक्राउ पर्नेहरूमा सोही ठाउँका दिपक नेपाली, जितराम विश्वकर्मा, कमल विक, प्रेम डाँगी, भरत विक, छविलाल खडका, नरबहादुर विश्वकर्मा, सुरज विक, खोपीराम खत्री र पोषण न्यौपानेलगायत छन् । उनीहरूलाई नेपाल विद्युत् वितरण कार्यालय तुलसीपुरका प्रमुख दिपक चौधरीको नेतृत्वमा गएको टोलीले आज पक्राउ गरेको हो । फुलवारी क्षेत्रबाट व्यापकरुपमा विद्युत् चुहावट भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो । पक्राउ परेका ११ जनालाई विद्युतीय ऐनअनुसार कारबाही गरिने इलाकापूरा पढ्नुहोस्


पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु

साउन ७, चितवन खैरहनी नगरपालिका–३ को लदरी खोलामा पौडी खेल्ने क्रममा दुई बालिकाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–३ का रवि विकका छोरीहरू १३ वर्षीया करुणा विक र १० वर्षीया रीया विकको लदरी खोलामा डुबेर मत्यु भएको चितवन प्रहरीले जनाएको छ । आज दिउँसो १ बजे पौडी खेल्ने क्रममा खोलामा डुबेर बेहोस भएका उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । उनीहरूसँगै पौडी खेल्ने अर्की बालिका काठमाडौं इमाडोलकी १५ वर्षीया अस्मिता गौतमको भने जीवितै उद्धार गरेको छ । गौतमको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


शारीरिक सम्बन्ध राख्न नमानेपछि युवतीको हत्या

साउन ७, वीरगन्ज शारीरिक सम्बन्ध राख्न नमानेपछि पर्सामा एक युवतीलाई उनकै प्रेमीले हत्या गरेको पर्सा प्रहरीले जनाएको छ । भारत बगहा घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्दै आएकी १८ वर्षीया बनिताकुमारी चौधरीको हत्या उनकै प्रेमी सोही ठाँउमा बस्ने प्रमेन्द्र चौधरीले गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गत असार २८ गते दिउँसो १ बजे प्रमेन्द्रले बनितालाई भलुवाही खोला नजिकको खयरबारीमा भेट्न बोलाएका थिए । प्रेमी प्रमेन्द्रलाई भेट्न पुगेकी बनितासँग शारीरिक सम्बन्ध राख्न गरेको प्रस्तावलाई बनिताले नमानेपछि प्रमेन्द्रले बनिताको घाँटीमा सल बेरेर हत्या गरेका थिए । हत्या पश्चात प्रमेन्द्रले बनिताको शब घिसारेर खोला किनारमा लगि खाल्डोमा गाडेको पर्साका प्रहरीपूरा पढ्नुहोस्


बिरामीको सेवा रोकी आन्दोलनमा नउत्रन आग्रह

साउन ७, काठमाडौँ नेपाल निजामती कर्मचारी संगठनले त्रिवी शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकलाई बिरामीको सेवा रोकी आमहडतालमा नउत्रन आग्रह गरेको छ । संगठनको चौथो केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदार देवकोटाले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आमहडताल गर्दा बिरामीको उपचारमा    गम्भीर असर पर्ने भएकाले चिकित्सकलाई अस्पतालमा हडताल, जुलुसजस्ता कार्य नगर्न आग्रह गर्नुभएको हो । उहाँले डा गोविन्द केसीले उठाउनु भएका कतिपय माग जायज भएको र चिकित्सा शिक्षा विधेयक संसद्मा दर्ता भएकाले संसदबाटनै समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । “एकजना व्यक्तिले राखेको माग राज्यले पूरा गर्न सक्दैन”, उहाँले भन्नुभयो, “कुन ठाउँमा कुन कलेज र शिक्षा दिनेपूरा पढ्नुहोस्